प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 जनवरी पृ. ७
  • हातेपर्चाहरूको पूर्ण सदुपयोग गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हातेपर्चाहरूको पूर्ण सदुपयोग गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं हातेपर्ची चलाउनुहुँदैछ?
    हाम्रो राज्य सेवकाई—२००५
  • “छुटकारा नजिकै छ!” जिल्ला अधिवेशनको विज्ञापन गर्ने विश्‍वव्यापी अभियान
    हाम्रो राज्य सेवकाई—२००६
  • “ख्रीष्टको पछि लागौं!” जिल्ला अधिवेशनको विश्‍वव्यापी विज्ञापन सबै प्रकाशकले विशेष निम्तोपर्ची यसपाली पनि बाँड्‌नेछन्‌
    हाम्रो राज्य सेवकाई—२००७
  • आफ्नो मण्डलीको आम-सभा कार्यक्रमलाई पूर्ण समर्थन दिनु होस्‌
    हाम्रो राज्य सेवकाई—१९९४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९८
km98 जनवरी पृ. ७

हातेपर्चाहरूको पूर्ण सदुपयोग गर्नुहोस्‌

१ आफ्नो इलाकाका मानिसहरूलाई राज्यभवनको ठेगाना तथा सभाहरू हुने सही समयबारे जानकारी दिन मण्डली हातेपर्चा फाइदाजनक हुन्छन्‌। तपाईंले भेट्‌नुहुने हरेक व्यक्‍तिलाई एउटा हातेपर्चा दिनसके बेस हुनेथियो। त्यसैकारण, प्रत्येक मण्डलीले आफ्नो स्टकमा प्रशस्त मात्रामा हातेपर्चाहरू राख्नुपर्ने हो। मण्डलीले सभा गर्ने ठाउँ वा समय परिवर्तन गर्न लागेको छ भने यो फेरबदल हुनुभन्दा करिबन तीन महिनाअघि नै नयाँ हातेपर्चाहरू अर्डर गर्नुपर्छ। यसो गर्दा सभाहरू सञ्चालन भइरहेको सही समय उल्लेख गरिएका हातेपर्चाहरू सधैं समयमै उपलब्ध हुनेछन्‌। हातेपर्चा माग फारम यही अर्डर गर्नको लागि हो। प्रत्येक १,००० हातेपर्चाहरूको दर रु. ४०.०० हो र अर्डर १,००० को थानमा मात्र गर्नुपर्छ। ती हातेपर्चाहरू प्राप्त भइसकेपछि त्यसको पूरापूर सदुपयोग कसरी गर्न सकिन्छ?

२ कुनै पनि व्यक्‍तिलाई हातेपर्चा थमाइसकेपछि आफ्नो परिचय दिन र वार्तालाप थाल्न निकै प्रभावकारी साबित भएको धेरैजसो प्रकाशकहरूले अनुभव गरेका छन्‌। सभाको तालिका वा पछाडिपट्टि भएको सन्देश देखाउँदा पनि हाम्रो काम र उद्देश्‍यबारे कुराकानी थाल्ने बाटो खुल्छ। आमाबाबुले आफ्ना छोराछोरीलाई ढोकामा हातेपर्चा प्रस्तुत गर्ने तरिका सिकाएर तिनीहरूलाई पनि सेवकाईमा लानसक्छन्‌। पत्राचार गरेर साक्षी दिने प्रकाशकहरूले पनि पत्रसँगसँगै एउटा हातेपर्चा पनि पठाउनसक्छन्‌ र त्यस व्यक्‍तिलाई सभाहरूमा उपस्थित हुन निम्त्याउनसक्छन्‌। घरमा कोही मानिस नभेटिएका ठाउँहरूमा पनि हातेपर्चाहरू छोड्‌न सकिन्छ तर ती बाहिरबाट कसैले टिपेर लान नमिल्ने गरी होस पुऱ्‍याएर ढोकामुनिबाट भित्र छिराउनुपर्छ।

३ इमानदार हृदय भएकाहरूलाई सत्यतर्फ डोऱ्‍याउन हातेपर्चाहरू अत्यन्तै उपयोगी साबित भएका छन्‌। बाइबल बुझ्ने वर्षौंदेखिको चाहना हातेपर्चाकै कारण तृप्त भएकोले हातेपर्चाप्रति एउटी आइमाई निकै कृतज्ञ छिन्‌। तिनको अनुभव यसप्रकार छ: परमेश्‍वरलाई रातभर प्रार्थना गरिसकेपछि त्यसको भोलिपल्ट बिहान यहोवाका एक साक्षी दम्पतीले तिनको ढोका ढकढकाएछन्‌। बाहिर को आएको रहेछ भनेर ढोकाको प्वालबाट हेर्दै तिनले ढोका खोल्न मिल्दैन भनिछन्‌। त्यसपछि यहोवाका ती साक्षीहरूले ढोकामुनिबाट एउटा हातेपर्चा छिराइदिएछन्‌। त्यसमा यसो लेखिएको थियो: “बाइबलमा के छ, थाह पाउनुहोस्‌।” तिनले त्यो देखिन्‌ र ढोका खोलिन्‌। तुरुन्तै बाइबल अध्ययन थालियो र पछि तिनले बप्तिस्मा पनि लिइन्‌। परमेश्‍वरको आत्माको शक्‍तिलाई कहिल्यै हलका नठान्‍नुहोस्‌। आफ्नो सेवकाई पूरा गर्दा यी हातेपर्चाहरूको नियमित तवरमा पूरापूर सदुपयोग गर्नसकौं।—फेब्रूअरी १९९४ हाम्रो राज्य सेवकाई, पृष्ठ १ पनि हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने