प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 जनवरी पृ. १
  • सारा पृथ्वीमा यहोवाको नाउँ प्रचार गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सारा पृथ्वीमा यहोवाको नाउँ प्रचार गर्ने
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • सुसमाचार प्रचार गर्ने तरिकाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • प्रचार गर्ने तरिका—मानिसहरूलाई प्रचार गर्न हर माध्यम प्रयोग गर्दै
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • घर-घरको प्रचार—अहिले किन महत्त्वपूर्ण?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • सबै ठाउँमा सुसमाचार प्रचार गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 जनवरी पृ. १

सारा पृथ्वीमा यहोवाको नाउँ प्रचार गर्ने

१ आफ्ना चेलाहरूलाई “पृथ्वीको अन्तसम्म” साक्षी दिने काम अह्राउनुभन्दा पहिल्यै येशूले तिनीहरूको लागि उदाहरण बसालिसक्नुभएको थियो। (प्रेरित १:८) उहाँले जुनसुकै समयमा, जुनसुकै ठाउँमा भेट्‌नुभएका व्यक्‍तिहरूसित मानिसजातिको लागि परमेश्‍वरको उद्देश्‍यबारे बताउनुभयो। येशूको अनुकरण गर्दै विश्‍वासी दास वर्गले यहोवाको नाउँ “सारा पृथ्वीमा” प्रचार गर्न विभिन्‍न तरिकाहरू अपनाइरहेका छन्‌।—यशै. १२:४, ५.

२ बितेका समयमा के के गरियो: गत वर्षहरूमा सुसमाचार प्रचार गर्न अखबारहरूमा धर्मोपदेश प्रकाशित गरियो; “फोटो ड्रामा अफ क्रिएशन” बनाएर लाखौं मानिसहरूलाई देखाइयो; स्पिकर जडान गरिएका गाडीहरू प्रयोग गरियो अनि फोनोग्राफ र केही समयसम्म त रेडियोको पनि व्यापक प्रयोग गरियो। यी सबै गर्नुको एउटै उद्देश्‍य थियो, सुसमाचार प्रचार गर्नु। निस्सन्देह, जिज्ञासु व्यक्‍तिहरूलाई राम्ररी पुनःभेट गर्न तिनीहरूलाई व्यक्‍तिगत तवरमा भेट्‌न सधैं जोड दिइँदै आएको छ। फलस्वरूप, यहोवाको नाउँ प्रचार गर्न घर-घरको सेवकाई नै सबै ठाउँमा सबैभन्दा प्रभावकारी साबित भएको छ।—प्रेरि. ५:४२.

३ हाम्रो समयमा के हुँदैछ: अहिलेको बदलिंदो समयसँगसँगै यो संसारमा कसैलाई सास फेर्नेसम्म फुर्सत छैन अनि थुप्रै ठाउँहरूमा मानिसहरूलाई घरमा भेट्‌न गाह्रो हुँदैछ। कसै कसैले मात्र आध्यात्मिक कुराहरू पढ्‌नुका साथै मनन गर्छन्‌। त्यसकारण, हामीले परिस्थितिअनुसार सेवकाईमा छाँटकाँट गर्नुपर्छ। पहिलाजस्तै घर-घरमा गएर सबैलाई प्रचार गर्नुका साथै मानिसहरू जहाँ हुन्छन्‌, त्यहाँ गएर हाम्रो विश्‍वासको पक्षमा बोल्न “सधैं तयार” रहन हामीलाई प्रोत्साहन दिइएको छ। (१ पत्रु. ३:१५) यसको मतलब, सहकर्मी र स्कूलका साथीलाई प्रचार गर्ने अनि सडक, पार्क, पार्किङ क्षेत्र, पसल पसलमा र मानिसहरू हुने अन्य सबै ठाउँहरूमा प्रचार गर्ने प्रयास गर्नु हो। यहोवाको मदतद्वारा हाम्रा प्रयासहरू सफल भइरहेका छन्‌। के तपाईं पनि मानिसहरू भएका हरेक ठाउँमा प्रचार गर्नुहुँदैछ?

४ आफ्नो क्षेत्रमा यहोवाको नाउँ प्रचार गर्न हामी प्रत्येकले सम्भाव्य हर तरिका अपनाउन कुनै कसर नछोडौं। स्वच्छ हृदय भएका मानिसहरूलाई खिंच्न यहोवामा भर पऱ्‍यौं भने हाम्रो सेवकाई पूरा गरेर हामी सन्तुष्ट हुनसक्छौं।—यूह. ६:४४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने