प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मण्डली पुस्तक अध्ययन
    राज्य सेवकाई—१९९६ | अक्टोबर
    • मण्डली पुस्तक अध्ययन

      आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तकको मण्डली अध्ययन तालिका।

      अक्टोबर ७: अध्याय ११-१३

      अक्टोबर १४: अध्याय १४-१६

      अक्टोबर २१: अध्याय १७-१९

      अक्टोबर २८: अध्याय २०-२२

  • सन्‌ १९९७ का लागि ईश्‍वरतान्त्रिक सेवकाई पाठशालाको तालिका
    राज्य सेवकाई—१९९६ | अक्टोबर
    • सन्‌ १९९७ का लागि ईश्‍वरतान्त्रिक सेवकाई पाठशालाको तालिका

      निर्देशन

      सन्‌ १९९७ को दौडान ईश्‍वरतान्त्रिक सेवकाई पाठशालाको प्रबन्ध निम्नानुसार हुनेछ।

      पाठ्यपुस्तक: भाषणहरूका लागि पवित्र धर्मशास्त्रको नयाँ विश्‍व अनुवाद [bi12] (अंग्रेजी), एक मात्र साँचो परमेश्‍वरको उपासनमा एकताबद्ध [uw-NP], “सम्पूर्ण धर्मशास्त्र परमेश्‍वरबाट प्रेरित र लाभदायी छ” (१९९० संस्करण) [si] (अंग्रेजी), ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ [kl-NP] र धर्मशास्त्रबाट तर्क गर्ने [rs] (अंग्रेजी) पुस्तकहरूलाई आधार मानिनेछ।

      गीत, प्रार्थना तथा स्वागत टिप्पणीहरूद्वारा पाठशाला समयमै सुरु भएपछि यसप्रकार कार्यक्रम अघि बढ्‌नेछ:

      भाषण न. १: १५ मिनेट। एक मात्र साँचो परमेश्‍वरको उपासनमा एकताबद्ध अथवा “सम्पूर्ण धर्मशास्त्र परमेश्‍वरबाट प्रेरित र लाभदायी छ”-मा आधारित यो भाषण प्राचीन वा सेवकाई सेवकले दिनेछन्‌। यस निर्देशन भाषण १० देखि १२ मिनेटसम्म दिएपछि पुस्तकका मुद्रित प्रश्‍नहरू चलाउँदै ३ देखि ५ मिनेटसम्म मौखिक पुनरावृत्ति गरेर यो भाग पूरा गर्नुपर्छ। भाषणको उद्देश्‍य विषयवस्तुलाई ढाक्ने मात्र नभई मण्डलीलाई सबैभन्दा मदतकारी हुने बुँदामा जोड दिंदै छलफल गरिएका कुराहरूको व्यवहारिक मूल्यमाथि ध्यानकेन्द्रित गराउनु हो। दिइएको शीर्षकलाई चलाउनुहोस्‌। भाषणको विषयवस्तुबाट श्रोतागणले पूर्णतया लाभ उठाओस्‌ भनेर सबैलाई राम्ररी अग्रिम तयारी गर्न प्रोत्साहित गरिन्छ।

      यस भाषण दिन नियुक्‍त गरिएको भाइले निर्धारित समयभित्र भाषण सिध्याउनुपर्छ। आवश्‍यक परेमा अथवा वक्‍ताले अनुरोध गरेमा व्यक्‍तिगत सल्लाह दिन सकिन्छ।

      बाइबल पढाइका विशेषताहरू: ६ मिनेट। स्थानीय आवश्‍यकताअनुसार विषयवस्तुलाई प्रभावकारी ढंगमा प्रस्तुत गर्नसक्ने कुनै प्राचीन वा सेवकाई सेवकले यो भाग सँभाल्नुपर्छ। यो भाषण निर्धारित पढाइको सारांश मात्र हुनु हुँदैन। निर्धारित अध्यायहरूको पुनरावृत्ति गर्न ३० देखि ६० सेकेण्ड लिन सकिन्छ। तथापि, यस भाषणको मुख्य उद्देश्‍य बाइबलमा दिइएको जानकारी किन र कसरी लाभदायी छ भनेर श्रोतागणलाई बुझाउनु हो। त्यसपछि पाठशाला निरीक्षकले विद्यार्थीहरूलाई विभिन्‍न कक्षाकोठामा पठाउनेछन्‌।

      भाषण न. २: ५ मिनेट। यो भाषण कुनै भाइले बाइबल पढाइको निर्धारित अंशबाट पढ्‌नेछन्‌। यो प्रबन्ध मुख्य पाठशालाका साथै अन्य कोठामा सञ्चालित कक्षाहरूमा लागू हुनेछ। पढ्‌नुपर्ने भाग प्रायजसो छोटो हुने हुँदा विद्यार्थीले भाषणको सुरु र अन्तमा संक्षिप्त टिप्पणीहरू दिनसक्छन्‌। त्यस्ता टिप्पणीहरूमा ऐतिहासिक पृष्ठभूमि, भविष्यसूचक वा धर्मसैद्धान्तिक महत्त्व र सिद्धान्तहरूको उपयोग समावेश गर्न सकिन्छ। दिइएका सबै पदहरूलाई बीचमा कतै नरोकी पढ्‌नुपर्छ। तर पढ्‌नुपर्ने पदहरू क्रमानुसार छैनन्‌ भने कहाँदेखि पढ्‌नुपर्ने हो, विद्यार्थीले अवश्‍य उल्लेख गर्नसक्छन्‌।

      भाषण न. ३: ५ मिनेट। यो भाषण बहिनीले दिनेछिन्‌। यस भाषणको विषयवस्तु ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ-मा आधारित हुनेछ। यो भाषण दिने विद्यार्थी साक्षर हुनुपर्छ। विद्यार्थीले उभिएर वा बसेर नै भाषण दिनसक्छन्‌। यो भाषण दिने बहिनीले व्यवहारिक भूमिकामा र अझ विशेषगरि क्षेत्र सेवकाई वा अनौपचारिक प्रचारलाई आधार बनाएर शीर्षक र विषयवस्तु तयार पार्नुपर्छ। पाठशाला निरीक्षकले एक जना सहायक नियुक्‍त गर्नेछन्‌ तर थप सहायक पनि राख्न सक्छन्‌। भूमिकाभन्दा विषयवस्तुलाई प्रभावकारी ढंगमा प्रयोग गर्न विशेष ध्यान दिनुपर्छ।

      भाषण न. ४: ५ मिनेट। यो भाषण भाइ वा बहिनीले दिनेछन्‌ र धर्मशास्त्रबाट तर्क गर्ने अथवा नयाँ विश्‍व अनुवाद-मा दिइएको “चर्चाका लागि बाइबलका विषयहरू”-मा (अंग्रेजी) आधारित हुनेछ। यो भाग कुनै भाइलाई दिइएको छ भने तिनले सारा श्रोतागणलाई सम्बोधन गर्दै भाषण दिनुपर्छ। राज्यभवनमा उपस्थित श्रोतालाई ध्यानमा राखेर भाइले यो भाषण तयार गर्नु बेस हुनेछ। यसो गर्दा राज्यभवनमै बसेर सुन्‍नेहरूका लागि भाषण जानकारीमूलक र लाभकारी साबित हुनेछ। यो भाषण कुनै बहिनीलाई दिइएको छ भने, तिनले भाषण न. ३ का लागि दिइएको सल्लाहअनुरूप प्रस्तुत गर्नुपर्छ।

      सल्लाह तथा टिप्पणी: प्रत्येक विद्यार्थीले भाषण दिएपछि पाठशाला निरीक्षकले खास सल्लाह दिनेछन्‌। तर त्यो वाक्‌कौशल सल्लाह सूचीमा उल्लिखित सल्लाहको क्रमानुसार हुनुपर्छ भन्‍ने छैन। बरु, तिनले ती क्षेत्रहरूमा विशेष ध्यान दिनुपर्छ जहाँ विद्यार्थीले उन्‍नति गर्नु आवश्‍यक छ। विद्यार्थी “G” [राम्रो] पाउन योग्य छन्‌ र वाक्‌कौशलको अरू कुनै बुँदामा “I” [उन्‍नति] वा “W” [फेरि मेहनत गर्नुहोस्‌] चिह्न लगाइएको छैन भने अर्को पटक भाषण दिंदा विद्यार्थीले वाक्‌कौशलको जुन बुँदामाथि काम गर्नेछन्‌, त्यसै बुँदाको “G”, “I”, “W” चिह्न लगाउने पेटीमा गोलाकार कोर्नुपर्छ। त्यसै साँझ तिनले विद्यार्थीलाई सल्लाह दिनेछन्‌ र अर्को ईश्‍वरतान्त्रिक पाठशाला दत्तकार्य पर्चीमा (S-89) त्यसको उल्लेख गर्नेछन्‌। भाषण दिने व्यक्‍तिहरू भवनको अगाडि राखिएका कुर्सीहरूमा बस्नुपर्छ। यसो गर्दा समयको बचत हुनुका साथै पाठशाला निरीक्षकले प्रत्येक विद्यार्थीलाई सोझै हेरेर सल्लाह दिनसक्नेछन्‌। आवश्‍यक मौखिक सल्लाह दिएपछि समयले भ्याएमा विद्यार्थीले छुटाएका जानकारीमूलक अनि व्यवहारिक बुँदाहरूमाथि सल्लाहकारले टिप्पणी दिनसक्छन्‌। प्रत्येक विद्यार्थीको भाषणपश्‍चात्‌ सल्लाह दिन अनि संक्षेपमा थप टिप्पणीहरू गर्न जम्माजम्मी दुइ मिनेट मात्र लिन सकिन्छ। बाइबल पढाइका विशेषताहरू प्रस्तुत गर्ने भाइलाई सल्लाह चाहिएमा व्यक्‍तिगत तवरमा दिन सकिन्छ।

      भाषणहरूको तयारी: आफ्नो भाषण तयारी गर्नुअघि आफूले काम गर्नुपर्ने वाक्‌कौशलको गुनबारे विद्यार्थीले पाठशाला निर्देशन पुस्तक-बाट (अंग्रेजी) राम्ररी पढ्‌नुपर्छ। भाषण न. २ दिने विद्यार्थीहरूले पढ्‌नुपर्ने बाइबलको भागसित सम्बन्धित उपयुक्‍त विषय रोज्न सक्नेछन्‌। अरू भाषणहरूलाई चाहिं मुद्रित तालिकामा दिइएको शीर्षकअनुसार नै तयार गर्नुपर्छ।

      समय: कुनै पनि भाषण अथवा सल्लाहकारको सल्लाह र टिप्पणी तोकिएको समयभन्दा लामो हुनु हुँदैन। भाषण न. २, ३ र ४ ले तोकिएभन्दा बढी समय लिन थालेमा कौशलतापूर्वक बीचैमा रोक्नुपर्छ। रोक्ने संकेत दिन खटाइएको व्यक्‍तिले तुरुन्तै रोकिहाल्नुपर्छ। भाषण न. १ र बाइबल पढाइका विशेषताहरू प्रस्तुत गर्ने भाइहरूले बढी समय लिएमा व्यक्‍तिगत सल्लाह दिनुपर्छ। गीत र प्रार्थनाबाहेक बाँकी सम्पूर्ण कार्यक्रम ४५ मिनेटको हुनेछ।

      लिखित पुनरावृत्ति: समय समयमा लिखित पुनरावृत्ति गरिनेछ। यसको लागि तयारी गर्दा तोकिएको विषयवस्तुको पुनरावृत्ति अनि तालिकाअनुसार दिइएको बाइबल पढाइलाई पूरा गर्नुहोस्‌। पच्चीस मिनेटको यस पुनरावृत्तिमा बाइबल मात्र चलाउन सकिन्छ। बाँकी रहेको समय प्रश्‍नोत्तर छलफलमा प्रयोग गरिनेछ। प्रत्येक विद्यार्थीले आफै उत्तरपत्र जाँच गर्नेछन्‌। पाठशाला निरीक्षकले श्रोताहरूसित पुनरावृत्तिको लागि दिइएका प्रश्‍नहरू छलफल गर्नेछन्‌ र अलिक गाह्रो प्रश्‍नहरूमाथि बढी ध्यान दिएर राम्ररी जवाफहरू बुझ्न सबैलाई मदत गर्नेछन्‌। स्थानीय कारणहरूले गर्दा आवश्‍यक देखिएमा लिखित पुनरावृत्तिलाई तालिकामा तोकिएको समयभन्दा एक हप्ता पछाडि सार्न सकिन्छ।

      ठूला मण्डलीहरू: पचास वा सोभन्दा बढी विद्यार्थीहरू हुने मण्डलीहरूले विद्यार्थीहरूलाई अन्य सल्लाहकारहरूसमक्ष तोकिएको भाषण दिन थप समूहहरूको प्रबन्ध गर्नसक्छन्‌। बप्तिस्मा नलिएको तर मसीही सिद्धान्तअनुरूप जीवन बिताउने व्यक्‍तिहरू पनि पाठशालामा भर्ना भएर अवश्‍य भाषण दिनसक्छन्‌।

      गयल हुनेहरू: मण्डलीका सबैले हरेक हप्ता उपस्थित भएर आफूलाई दिइएका भाषणहरूको तयारी गरेर अनि प्रश्‍नोत्तर कार्यक्रममा भाग लिएर यस पाठशालाप्रति मूल्यांकन व्यक्‍त गर्नसक्छन्‌। सबै विद्यार्थीहरूले आफूलाई दिइएको भाषणलाई मन लगाएर दिनेछन्‌ भन्‍ने आशा गरिन्छ। तालिकाअनुसार उपस्थित हुनुपर्ने विद्यार्थी अनुपस्थित भएमा अरू कसैले स्वेच्छापूर्वक सो भाषण दिनसक्छन्‌। कम समयमा तयारी गर्नुपरेको हुँदा तिनले आफ्नो क्षमताअनुसार सो भाषण दिनसक्छन्‌। अथवा श्रोतागणसित प्रश्‍नोत्तर गर्दै पाठशाला निरीक्षकले सो विषयवस्तु प्रस्तुत गर्नसक्छन्‌।

      तालिका

      जनवरी ६ बाइबल पढाइ: जकरिया १ देखि ५

      गीत न. ८५ (४४)

      न. १: जकरिया पुस्तकको परिचय (si पृ. १६८-९ अनु. १-७)

      न. २: जकरिया २:१-१३

      न. ३: मानिस मर्नको निम्ति बनाइएको थिएन (kl-NP पृ. ५३ अनु. १-३)

      न. ४: यस संसारको आत्मा के हो र यो किन खतरनाक छ? (rs पृ. ३८९ अनु. ५–पृ. ३९० अनु. ४)

      जनवरी १३ बाइबल पढाइ: जकरिया ६ देखि ९

      गीत न. २१५ (११७)

      न. १: येशूसित मृत्यु र हेडिसका साँचोहरू छन्‌ (uw-NP पृ. ७३-७ अनु. ८-१५)

      न. २: जकरिया ७:१-१४

      न. ३: एउटा दुष्ट षड्यन्त्र (kl-NP पृ. ५५-६ अनु. ४-७)

      न. ४: घमण्ड र विद्रोही आचरणमा यस संसारको आत्मा झल्किन्छ (rs पृ. ३९१ अनु. १-२)

      जनवरी २० बाइबल पढाइ: जकरिया १० देखि १४

      गीत न. ९८ (९१)

      न. १: जकरिया—किन लाभदायी छ (si पृ. १७१-२ अनु. २३-७)

      न. २: जकरिया १२:१-१४

      न. ३: शैतानले आफ्नो षड्यन्त्र कसरी सफल बनायो (kl-NP पृ. ५६-८ अनु. ८-१२)

      न. ४: यस संसारको आत्माले शारीरिक इच्छाहरू बढाउँछ (rs पृ. ३९१ अनु. ३)

      जनवरी २७ बाइबल पढाइ: मलाकी १ देखि ४

      गीत न. ११८ (९९)

      न. १: मलाकी पुस्तकको परिचय अनि यो किन लाभदायी छ (si पृ. १७२-३ अनु. १-६; पृ. १७४-५ अनु. १३-१७)

      न. २: मलाकी १:६-१४

      न. ३: पाप र मृत्यु कसरी फैलियो (kl-NP पृ. ५८-९ अनु. १३-१५)

      न. ४: संसारको आत्माले भौतिकवादलाई बढाउँछ (rs पृ. ३९२ अनु. १-२)

      फेब्रुअरी ३ बाइबल पढाइ: मत्ती १ देखि ३

      गीत न. १३२ (७०)

      न. १: मत्ती पुस्तकको परिचय (si पृ. १७५-७ अनु. १-१०)

      न. २: मत्ती २:१-१५

      न. ३: शैतानका धूर्त चालहरूदेखि होशियार हुनुहोस्‌ (kl-NP पृ. ५९-६० अनु. १६-१८)

      न. ४: शरीरका कार्यहरू विरुद्ध कडा संघर्ष गर्नुहोस्‌ (rs पृ. ३९२ अनु. ३)

      फेब्रुअरी १० बाइबल पढाइ: मत्ती ४ र ५

      गीत न. ३६ (१४)

      न. १: परमेश्‍वरको स्थायी राज्यको मूल्यांकन गर्नुहोस्‌ (uw-NP पृ. ७८-८१ अनु. १-९)

      न. २: मत्ती ४:१-१७

      न. ३: विश्‍वास गर्नुहोस्‌ र विरोधको लागि तयार हुनुहोस्‌ (kl-NP पृ. ६०-१ अनु. १९-२१)

      न. ४: मानव शासकहरूमा होइन, यहोवामाथि भरोसा राख्नुहोस्‌ (rs पृ. ३९२ अनु. ४–पृ. ३९३ अनु. १)

      फेब्रुअरी १७ बाइबल पढाइ: मत्ती ६ र ७

      गीत न. २२२ (११९)

      न. १: परमेश्‍वरको राज्यले के सम्पन्‍न गर्नेछ (uw-NP पृ. ८१-२ अनु. १०-१२)

      न. २: मत्ती ७:१-१४

      न. ३: मानिसजातिलाई बचाउने परमेश्‍वरको माध्यम (kl-NP पृ. ६२-३ अनु. १-५)

      न. ४: मानव दुःखकष्टको दोषी को हो? (rs पृ. ३९३ अनु. २–पृ. ३९४ अनु. १)

      फेब्रुअरी २४ बाइबल पढाइ: मत्ती ८ र ९

      गीत न. १६२ (८९)

      न. १: परमेश्‍वरको राज्यले के सम्पन्‍न गरिसकेको छ (uw-NP पृ. ८३-६ अनु. १३-१५)

      न. २: मत्ती ८:१-१७

      न. ३: मसीहको मृत्यु किन हुनु थियो (kl-NP पृ. ६३-५ अनु. ६-११)

      न. ४: मानव दुःखकष्ट कसरी सुरु भयो (rs पृ. ३९४ अनु. २-३)

      मार्च ३ बाइबल पढाइ: मत्ती १० र ११

      गीत न. १७२ (९२)

      न. १: हामी सर्वप्रथम परमेश्‍वरको राज्यको खोजी कसरी गर्छौं (uw-NP पृ. ८७-९ अनु. १-६)

      न. २: मत्ती ११:१-१५

      न. ३: छुटकाराको मोल कसरी चुकाइयो (kl-NP पृ. ६५-८ अनु. १२-१६)

      न. ४: दुःखकष्ट भोगिरहेका मानिसजातिलाई मदत गर्न परमेश्‍वरले के गर्नुभएको छ (rs पृ. ३९५ अनु. १-२)

      मार्च १० बाइबल पढाइ: मत्ती १२ र १३

      गीत न. १३३ (६८)

      न. १: प्रारम्भिक चेलाहरूको नमुना पछ्याउनुहोस्‌ (uw-NP पृ. ९०-१ अनु. ७-९)

      न. २: मत्ती १२:२२-३७

      न. ३: ख्रीष्टले चढाउनुभएको छुडौतीको बलिदान र तपाईं (kl-NP पृ. ६८-९ अनु. १७-२०)

      न. ४: परमेश्‍वरले दुःखकष्ट किन रहिरहन दिनुभएको छ? (rs पृ. ३९५ अनु. ४–पृ. ३९७ अनु. १)

      मार्च १७ बाइबल पढाइ: मत्ती १४ र १५

      गीत न. १२९ (६६)

      न. १: तपाईंको जीवनमा परमेश्‍वरको राज्यलाई प्राथमिकता दिनुहोस्‌ (uw-NP पृ. ९१-४ अनु. १०-१५)

      न. २: मत्ती १४:१-२२

      न. ३: के परमेश्‍वर मानव दुःखकष्टको जिम्मेवार हुनुहुन्छ? (kl-NP पृ. ७०-१ अनु. १-५)

      न. ४: हामीले जन्म दोषहरूबारे के थाह पाउनुपर्छ (rs पृ. ३९७ अनु. २-५)

      मार्च २४ बाइबल पढाइ: मत्ती १६ र १७

      गीत न. १५१ (२५)

      न. १: यूहन्‍नाले दिएको बप्तिस्माबारे धर्मशास्त्रले के भन्छ (uw-NP पृ. ९५-६ अनु. १-५)

      न. २: मत्ती १७:१४-२७

      न. ३: सिद्ध सुरुआत र एउटा द्वेषपूर्ण चुनौती (kl-NP पृ. ७२-३ अनु. ६-१०)

      न. ४: परमेश्‍वरले किन “प्राकृतिक प्रकोपहरू” हुन दिनुहुन्छ? (rs पृ. ३९८ अनु. १-३)

      मार्च ३१ बाइबल पढाइ: मत्ती १८ र १९

      गीत न. ९७ (५०)

      न. १: मरणसम्मको बप्तिस्मा के हो? (uw-NP पृ. ९७-८ अनु. ६-८)

      न. २: मत्ती १९:१६-३०

      न. ३: वास्तविक विवादहरू र ती टुंग्याउने यहोवाको तरिका (kl-NP पृ. ७४-६ अनु. ११-१५)

      न. ४: के परमेश्‍वरले सजाय दिनुभएको हुँदा मानिसहरूले दुःखकष्ट भोगिरहेका हुन्‌? (rs पृ. ३९८ अनु. ४–पृ. ३९९ अनु. ३)

      अप्रिल ७ बाइबल पढाइ: मत्ती २० र २१

      गीत न. १०७ (५७)

      न. १: “पिता, पुत्र र पवित्र आत्माको” नाउँमा बप्तिस्मा लिनुको अर्थ के हो? (uw-NP पृ. ९८ अनु. ९)

      न. २: मत्ती २०:१-१६

      न. ३: परमेश्‍वरले दुष्टता रहिरहन दिनुभएर के प्रमाणित भएको छ (kl-NP पृ. ७६-७ अनु. १६-१९)

      न. ४: के विभिन्‍न भाषाहरूमा बोल्नुको अर्थ पवित्र आत्माले भरिनु हो? (rs पृ. ४०० अनु. ३–पृ. ४०१ अनु. २)

      अप्रिल १४ बाइबल पढाइ: मत्ती २२ र २३

      गीत न. ५६ (३३)

      न. १: हाम्रो बप्तिस्माको उद्देश्‍यअनुसार जीवन बिताउने (uw-NP पृ. ९९-१०२ अनु. १०-१४)

      न. २: मत्ती २३:१-१५

      न. ३: तपाईं कसको पक्ष लिनुहुन्छ? (kl-NP पृ. ७८-९ अनु. २०-३)

      न. ४: प्रथम शताब्दीका केही मसीहीहरूले किन विभिन्‍न भाषाहरू बोले? (rs पृ. ४०१ अनु. ३–पृ. ४०२ अनु. १)

      अप्रिल २१ बाइबल पढाइ: मत्ती २४ र २५

      गीत न. १९३ (१०३)

      न. १: ठूलो भीडलाई चिन्‍ने (uw-NP पृ. १०३-४ अनु. १-४)

      न. २: मत्ती २४:३२-४४

      न. ३: हाम्रा प्रिय मृतजनहरूलाई के हुन्छ? (kl-NP पृ. ८०-१ अनु. १-६)

      न. ४: परमेश्‍वरको आत्मा पाएकाहरूलाई हामी कसरी चिन्‍नसक्छौं? (rs पृ. ४०२ अनु. ३-६)

      अप्रिल २८ लिखित पुनरावृत्ति। जकरिया १ देखि मत्ती २५ सम्म

      गीत न. ६ (४)

      मे ५ बाइबल पढाइ: मत्ती २६

      गीत न. १४ (६)

      न. १: महासंकष्टबाट बच्न के गर्नुपर्छ? (uw-NP पृ. १०५ अनु. ५)

      न. २: मत्ती २६:३१-३५, ६९-७५

      न. ३: वास्तवमा माटोमा फर्कनुको अर्थ के हो (kl-NP पृ. ८२-३ अनु. ७-१०)

      न. ४: आज साँचो मसीहीहरू कसरी चिनिन्छन्‌ (rs पृ. ४०३ अनु. १-३)

      मे १२ बाइबल पढाइ: मत्ती २७ र २८

      गीत न. १०२ (५३)

      न. १: मत्ती—किन लाभदायी छ (si पृ. १८०-१ अनु. २९-३३)

      न. २: मत्ती २७:११-२६

      न. ३: मृत व्यक्‍तिहरू कुन अवस्थामा हुन्छन्‌? (kl-NP पृ. ८३-४ अनु. ११-१४)

      न. ४: विभिन्‍न भाषाहरूमा बोल्ने वरदान कतिञ्जेल रहिरहने थियो? (rs पृ. ४०३ अनु. ४–पृ. ४०४ अनु. ३)

      मे १९ बाइबल पढाइ: मर्कूस १ र २

      गीत न. १८० (१००)

      न. १: मर्कूस पुस्तकको परिचय (si पृ. १८१-३ अनु. १-११)

      न. २: मर्कूस १:१२-२८

      न. ३: यहोवाको सम्झनामा हुने सबैको पुनरुत्थान हुनेछ (kl-NP पृ. ८५-७ अनु. १५-१८)

      न. ४: त्रिएकको धर्मसिद्धान्त के हो र यसको सुरुआत कहाँबाट भयो? (rs पृ. ४०५ अनु. १–पृ. ४०६ अनु. ३)

      मे २६ बाइबल पढाइ: मर्कूस ३ र ४

      गीत न. ४६ (२०)

      न. १: ठूलो भीड महासंकष्टबाट किन बच्छ (uw-NP पृ. १०६-७ अनु. ६-८)

      न. २: मर्कूस ३:१-१५

      न. ३: पुनरुत्थानपछि कहाँ जाने? (kl-NP पृ. ८८–९ अनु. १९-२२)

      न. ४: के पवित्र आत्मा एक व्यक्‍ति हो? (rs पृ. ४०६ अनु. ४–पृ. ४०७ अनु. ३)

      जून २ बाइबल पढाइ: मर्कूस ५ र ६

      गीत न. २२० (१९)

      न. १: हामी आफ्नो आध्यात्मिक प्रमोदवनलाई किन मूल्यवान्‌ ठान्छौं (uw-NP पृ. १०७-९ अनु. ९-१३)

      न. २: मर्कूस ५:२१-२४, ३५-४३

      न. ३: परमेश्‍वरको राज्य र यसको उद्देश्‍य (kl-NP पृ. ९०-१ अनु. १-५)

      न. ४: के येशू र यहोवा एउटै व्यक्‍ति हुनुहुन्छ? (rs पृ. ४०७ अनु. ४–पृ. ४०९ अनु. २)

      जून ९ बाइबल पढाइ: मर्कूस ७ र ८

      गीत न. २०७ (११२)

      न. १: परमेश्‍वरको राज्यका उत्तराधिकारीहरू आज पृथ्वीमा किन थोरै मात्र बाँकी छन्‌? (uw-NP पृ. ११०-१२ अनु. १-७)

      न. २: मर्कूस ७:२४-३७

      न. ३: परमेश्‍वरको राज्य एउटा सरकार हो (kl-NP पृ. ९१-२ अनु. ६-७)

      न. ४: के बाइबलले यहोवा, येशू र पवित्र आत्मा सबै समान हुन्‌ भनेर सिकाउँछ? (rs पृ. ४०९ अनु. ३–पृ. ४११ अनु. १)

      जून १६ बाइबल पढाइ: मर्कूस ९ र १०

      गीत न. ११ (१२)

      न. १: आत्मिक सन्तान—तिनीहरूलाई कसरी थाह हुन्छ? (uw-NP पृ. ११२-१३ अनु. ८-१०)

      न. २: मर्कूस ९:१४-२९

      न. ३: परमेश्‍वरको राज्य वास्तविक हो भनेर हामी कसरी थाह पाउँछौं (kl-NP पृ. ९२-३ अनु. ८-११)

      न. ४: के बाइबलले तथाकथित त्रिएकका सबै भाग परमेश्‍वर हुनुहुन्छ भनेर सिकाउँछ? (rs पृ. ४११ अनु. २–पृ. ४१२ अनु. १)

      जून २३ बाइबल पढाइ: मर्कूस ११ र १२

      गीत न. ८७ (४७)

      न. १: स्मरणार्थ उत्सवको महत्त्व के हो? (uw-NP पृ. ११४-१६ अनु. ११-१४)

      न. २: मर्कूस ११:१२-२५

      न. ३: परमेश्‍वरको राज्य किन मानिसजातिको एक मात्र आशा हो? (kl-NP पृ. ९४-५ अनु. १२-१३)

      न. ४: त्रिएकमा विश्‍वास गर्नेहरूले धर्मशास्त्रको कसरी गलत अर्थ लाउँछन्‌ (rs पृ. ४१२ अनु. २–पृ. ४१४ अनु. १)

      जून ३० बाइबल पढाइ: मर्कूस १३ र १४

      गीत न. ३८ (६५)

      न. १: यहोवाको दृश्‍य संगठनलाई चिन्‍ने (uw-NP पृ. ११७-१८ अनु. १-३)

      न. २: मर्कूस १४:१२-२६

      न. ३: येशूले स्वर्गारोहण हुने बित्तिकै किन शासन गर्न थाल्नुभएन (kl-NP पृ. ९५-६ अनु. १४-१५)

      न. ४: यहोवालाई संकेत गर्ने केही शास्त्रपदहरू किन ख्रीष्टमा पनि लागू गर्न सकिन्छ (rs पृ. ४१४ अनु. २-३)

      जुलाई ७ बाइबल पढाइ: मर्कूस १५ र १६

      गीत न. १८७ (९३)

      न. १: मर्कूस—किन लाभदायी छ (si पृ. १८६ अनु. ३१-३)

      न. २: मर्कूस १५:१६-३२

      न. ३: अन्यजातिहरूको समय कहिले सुरु तथा अन्त भयो? (kl-NP पृ. ९६-७ अनु. १६-१८)

      न. ४: त्रिएकमा विश्‍वास गर्नेहरूले दुरुपयोग गरेका शास्त्रपदहरू (rs पृ. ४१४ अनु. ४–पृ. ४१५ अनु. ५)

      जुलाई १४ बाइबल पढाइ: लूका १

      गीत न. २१२ (११०)

      न. १: लूका पुस्तकको परिचय (si पृ. १८७-८ अनु. १-९)

      न. २: लूका १:५-१७

      न. ३: यी अन्तिम दिन हुन्‌ (kl-NP पृ. ९८-९ अनु. १-४)

      न. ४: यूहन्‍ना १:१ र ८:५८ ले किन त्रिएकलाई समर्थन गर्दैन (rs पृ. ४१६ अनु. १–पृ. ४१८ अनु. २)

      जुलाई २१ बाइबल पढाइ: लूका २ र ३

      गीत न. ८९ (४९)

      न. १: परमेश्‍वरको संगठन ईश्‍वरतान्त्रिक हो (uw-NP पृ. ११८-२० अनु. ४-७)

      न. २: लूका २:१-१४

      न. ३: अन्तिम दिनका केही विशेषताहरू के हुन्‌? (kl-NP पृ. ९९-१०३ अनु. ५-७)

      न. ४: धर्मशास्त्रको प्रसंगलाई विचार गर्नु किन अत्यावश्‍यक छ (rs पृ. ४१८ अनु. ४–पृ. ४२१ पृ. १)

      जुलाई २८ बाइबल पढाइ: लूका ४ र ५

      गीत न. ९२ (५१)

      न. १: नेतृत्व लिनेहरूका धर्मशास्त्रीय भूमिका (uw-NP पृ. १२०-२ अनु. ८-१२)

      न. २: लूका ४:३१-४४

      न. ३: अन्तिम दिनमा हुने पतित मानव स्वभावबारे अगमवाणी गरिएको थियो (kl-NP पृ. १०३-४ अनु. ८-१२)

      न. ४: येशू ख्रीष्ट तथा यहोवा बेग्लै र छुट्टाछुट्टै व्यक्‍ति हुनुहुन्छ (rs पृ. ४२१ अनु. २–पृ. ४२३ अनु. १)

      अगस्त ४ बाइबल पढाइ: लूका ६ र ७

      गीत न. २१३ (३६)

      न. १: परमेश्‍वरको संगठनप्रति हाम्रो मूल्यांकनको विश्‍लेषण गर्ने (uw-NP पृ. १२३-४ अनु. १३-१४)

      न. २: लूका ६:३७-४९

      न. ३: अन्तिम दिनका दुइ अनुपम विशेषताहरू (kl-NP पृ. १०५ अनु. १३-१४)

      न. ४: येशूले आफैलाई मृत्युबाट बिउँताउनुभएन र परमेश्‍वरसित समानताको दाबी कहिल्यै गर्नुभएन (rs पृ. ४२३ अनु. ३–पृ. ४२४ अनु. २)

      अगस्त ११ बाइबल पढाइ: लूका ८ र ९

      गीत न. ६७ (३८)

      न. १: सल्लाह किन सुन्‍नुपर्छ? (uw-NP पृ. १२५-७ अनु. १-४)

      न. २: लूका ९:२३-३६

      न. ३: यी अन्तिम दिनका प्रमाणलाई स्वीकार्नुहोस्‌ (kl-NP पृ. १०६-७ अनु. १५-१७)

      न. ४: त्रिएकमा विश्‍वास गरिरहनु किन खतरनाक छ (rs पृ. ४२४ अनु. ३–पृ. ४२५ पृ. २)

      अगस्त १८ बाइबल पढाइ: लूका १० र ११

      गीत न. ३४ (८)

      न. १: सल्लाह स्वीकार्नेहरूका असल उदाहरणहरू (uw-NP पृ. १२७-८ अनु. ५-६)

      न. २: लूका ११:३७-५१

      न. ३: दुष्टात्माहरू साँच्चै छन्‌! (kl-NP पृ. १०८ अनु. १-३)

      न. ४: यति धेरै दुष्टता हुनुको कारण के हो? (rs पृ. ४२७ अनु. १-५)

      अगस्त २५ लिखित पुनरावृत्ति। मत्ती २६ देखि लूका ११ सम्म

      गीत न. १६० (८८)

      सेप्टेम्बर १ बाइबल पढाइ: लूका १२ र १३

      गीत न. १६३ (९४)

      न. १: अमूल्य गुनहरू खेती गर्नुहोस्‌ (uw-NP पृ. १२८-३० अनु. ७-११)

      न. २: लूका १३:१-१७

      न. ३: दुष्ट स्वर्गदूतहरूले शैतानको पक्ष लिन्छन्‌ (kl-NP पृ. १०९ अनु. ४-५)

      न. ४: परमेश्‍वरले दुष्टता किन रहिरहन दिनुहुन्छ? (rs पृ. ४२८ अनु. १–पृ. ४२९ अनु. १)

      सेप्टेम्बर ८ बाइबल पढाइ: लूका १४ देखि १६

      गीत न. १२४ (७५)

      न. १: यहोवाको अनुशासनलाई इन्कार नगर्नुहोस्‌ (uw-NP पृ. १३०-१ अनु. १२-१४)

      न. २: लूका १४:१-१४

      न. ३: सबै प्रकारको प्रेतवादलाई इन्कार गर्नुहोस्‌ (kl-NP पृ. १११ अनु. ६-८)

      न. ४: परमेश्‍वरले दुष्टता रहिरहन दिनुभएर हामीले कसरी लाभ उठाएका छौं (rs पृ. ४२९ अनु. २-३)

      सेप्टेम्बर १५ बाइबल पढाइ: लूका १७ र १८

      गीत न. २०० (१०८)

      न. १: प्रेमले साँचो मसीहीहरूलाई चिनाउँछ (uw-NP पृ. १३२-३ अनु. १-५)

      न. २: लूका १७:२२-३७

      न. ३: बाइबलले किन प्रेतवादको निन्दा गर्छ (kl-NP पृ. ११२-१३ अनु. ९-११)

      न. ४: बाइबलले स्त्रीहरूप्रति कस्तो दृष्टिकोण राख्छ (rs पृ. ४३१ अनु. २-४)

      सेप्टेम्बर २२ बाइबल पढाइ: लूका १९ र २०

      गीत न. १४५ (११५)

      न. १: समस्याहरू उठ्‌दा के गर्नुपर्छ (uw-NP पृ. १३४ अनु. ६-९)

      न. २: लूका १९:११-२७

      न. ३: दुष्टात्माहरूले कसरी कार्य गर्छन्‌ भनेर बाइबलले प्रकट गर्छ (kl-NP पृ. ११३-१४ अनु. १२-१३)

      न. ४: शिरत्वको कार्यभार पुरुषहरूलाई दिंदा के स्त्रीहरूको अपमान हुन्छ? (rs पृ. ४३२ अनु. १-३)

      सेप्टेम्बर २९ बाइबल पढाइ: लूका २१ र २२

      गीत न. ८६ (४५)

      न. १: धर्मशास्त्रअनुसार समस्याहरू सुल्झाउनुहोस्‌ (uw-NP पृ. १३५-६ अनु. १०-१३)

      न. २: लूका २२:२४-३८

      न. ३: दुष्टात्माहरूको कसरी विरोध गर्ने (kl-NP पृ. ११४-१५ अनु. १४-१५)

      न. ४: के स्त्रीहरू सेवकहरू हुनुपर्छ? (rs पृ. ४३२ अनु. ४–पृ. ४३३ अनु. १)

      अक्टोबर ६ बाइबल पढाइ: लूका २३ र २४

      गीत न. ८८ (४२)

      न. १: लूका—किन लाभदायी छ (si पृ. १९२-३ अनु. ३०-५)

      न. २: लूका २३:३२-४९

      न. ३: तपाईंको विश्‍वासलाई कसरी बलियो पार्ने (kl-NP पृ. ११५-१६ अनु. १६-१७)

      न. ४: कुनै कुनै अवसरहरूमा मसीही स्त्रीहरूले किन आफ्नो शिर ढाक्छन्‌? (rs पृ. ४३३ अनु. २–पृ. ४३४ अनु. १)

      अक्टोबर १३ बाइबल पढाइ: यूहन्‍ना १ देखि ३

      गीत न. ३१ (१०)

      न. १: यूहन्‍ना पुस्तकको परिचय (si पृ. १९३-५ अनु. १-९)

      न. २: यूहन्‍ना १:१९-३४

      न. ३: दुष्टात्माहरूको विरोध गर्न नछाड्‌नुहोस्‌ (kl-NP पृ. ११६-१७ अनु. १८-२०)

      न. ४: के स्त्रीहरूले सिंगारपटार गर्नु वा गरगहना लगाउनु उचित हो? (rs पृ. ४३५ अनु. १-३)

      अक्टोबर २० बाइबल पढाइ: यूहन्‍ना ४ र ५

      गीत न. ३५ (१५)

      न. १: प्रेममा “ठूला मनका” हुने तरिकाहरू खोज्नुहोस्‌ (uw-NP पृ. १३७-८ अनु. १४-१७)

      न. २: यूहन्‍ना ४:३९-५४

      न. ३: ईश्‍वरीय भक्‍तिसाथ बिताइएको जीवन आनन्ददायी हुन्छ (kl-NP पृ. ११८-१९ अनु. १-४)

      न. ४: यस संसार र यसको शासकको भविष्य कस्तो छ? (rs पृ. ४३६ अनु. १–पृ. ४३७ अनु. २)

      अक्टोबर २७ बाइबल पढाइ: यूहन्‍ना ६ र ७

      गीत न. १५० (८३)

      न. १: घरमै ईश्‍वरीय भक्‍तिको अभ्यास गर्नुहोस्‌ (uw-NP पृ. १३९ अनु. १-२)

      न. २: यूहन्‍ना ६:५२-७१

      न. ३: इमानदारीको परिणाम आनन्द हो (kl-NP पृ. ११९-२० अनु. ५-६)

      न. ४: साँचो मसीहीहरूले यस संसारप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ? (rs पृ. ४३७ अनु. ३–पृ. ४३८ अनु. ४)

      नोभेम्बर ३ बाइबल पढाइ: यूहन्‍ना ८ र ९

      गीत न. ४८ (२८)

      न. १: बाइबलले विवाह, पारपाचुके र छुट्टिएर बस्ने सन्दर्भमा के भन्छ (uw-NP पृ. १४० अनु. ३)

      न. २: यूहन्‍ना ९:१८-३४

      न. ३: उदारताले आनन्द बढाउँछ (kl-NP पृ. १२० अनु. ७-८)

      न. ४: *td 15A स्वर्गमा १,४४,००० मात्र जान्छन्‌

      नोभेम्बर १० बाइबल पढाइ: यूहन्‍ना १० र ११

      गीत न. ११७ (७५)

      न. १: सफल वैवाहिक जीवनका महत्त्वपूर्ण तत्त्वहरू (uw-NP पृ. १४०-१ अनु. ४-५)

      न. २: यूहन्‍ना १०:२२-३९

      न. ३: सोचविचार गर्ने क्षमतालाई सुरक्षित राख्नुहोस्‌ र खराब कुरालाई त्याग्नुहोस्‌ (kl-NP पृ. १२१ अनु. ९-१०)

      न. ४: *td 16B आगो विनाशको चिह्न हो

      नोभेम्बर १७ बाइबल पढाइ: यूहन्‍ना १२ र १३

      गीत न. १५८ (८५)

      न. १: परमेश्‍वरको पारिवारिक प्रबन्धमा आफ्नो भूमिका निर्वाह गर्नुहोस्‌ (uw-NP पृ. १४२-३ अनु. ६-१०)

      न. २: यूहन्‍ना १२:१-१६

      न. ३: दम्पतीहरू एकअर्कोप्रति वफादार भए वैवाहिक जीवनमा आनन्द हुन्छ (kl-NP पृ. १२२-३ अनु. ११-१३)

      न. ४: *td 17A वार्षिक चाडहरू र यहोवाका साँचो सेवकहरू

      नोभेम्बर २४ बाइबल पढाइ: यूहन्‍ना १४ देखि १६

      गीत न. ६३ (३२)

      न. १: बाइबललाई सल्लाहको स्रोत बनाउनुहोस्‌ (uw-NP पृ. १४४ अनु. ११-१३)

      न. २: यूहन्‍ना १६:१-१६

      न. ३: यस संसारको भाग नहुनुहोस्‌ (kl-NP पृ. १२३-५ अनु. १४-१५)

      न. ४: *td 18B मूर्तिपूजा इस्राएलको लागि पासो थियो

      डिसेम्बर १ बाइबल पढाइ: यूहन्‍ना १७ र १८

      गीत न. ११४ (६१)

      न. १: मोशालाई दिइएको व्यवस्थामा हामी किन चासो लिन्छौं (uw-NP पृ. १४६-७ अनु. १-४)

      न. २: यूहन्‍ना १८:१-१४

      न. ३: साँचो मसीहीहरूले क्रिस्मस वा जन्मोत्सवहरू किन मनाउँदैनन्‌ (kl-NP पृ. १२६ अनु. १६-१७)

      न. ४: *td 19A एउटै मात्र साँचो धर्म छ

      डिसेम्बर ८ बाइबल पढाइ: यूहन्‍ना १९ देखि २१

      गीत न. १३८ (७१)

      न. १: यूहन्‍ना—किन लाभदायी छ (si पृ. १९८-९ अनु. ३०-५)

      न. २: यूहन्‍ना १९:२५-३७

      न. ३: प्रभुको साँझको भोज मनाउँदै गर्नुहोस्‌ (kl-NP पृ. १२७ अनु. १८)

      न. ४: *td 20A परमेश्‍वरको नाउँबारे थाह दिनुहोस्‌

      डिसेम्बर १५ बाइबल पढाइ: प्रेरित १ देखि ३

      गीत न. ४१ (२२)

      न. १: प्रेरित पुस्तकको परिचय (si पृ. १९९-२०० अनु. १-८)

      न. २: प्रेरित १:१-१४

      न. ३: रोजगारी र मनोरञ्जनमा बाइबलका सिद्धान्तहरू कसरी लागू हुन्छन्‌ (kl-NP पृ. १२७-८ अनु. १९-२०)

      न. ४: *td 20C परमेश्‍वरका प्रमुख गुनहरू के हुन्‌?

      डिसेम्बर २२ बाइबल पढाइ:प्रेरित ४ देखि ६

      गीत न. ११३ (६२)

      न. १: मोशालाई दिइएको व्यवस्थाको अधीनमा हामी छैनौं भन्‍ने सन्दर्भमा धर्मशास्त्रीय कारणहरू (uw-NP पृ. १४७-८ अनु. ५-६)

      न. २:प्रेरित ५:२७-४२

      न. ३:जीवन तथा रगतप्रति आदर देखाउनुहोस्‌ (kl-NP पृ. १२८-९ अनु. २१-३)

      न. ४:*td 21A यहोवाका साक्षीहरूको सुरुआत कसरी भयो?

      डिसेम्बर २९लिखित पुनरावृत्ति। लूका १२ देखि प्रेरित ६ सम्म

      गीत न. १४४ (७८)

  • घोषणाहरू
    राज्य सेवकाई—१९९६ | अक्टोबर
    • घोषणाहरू

      ▪ प्रस्तुत गरिने साहित्यहरू अक्टोबर: प्रहरीधरहरा वा ब्यूँझनुहोस्‌!-को (अंग्रेजी) ग्राहक बनाउने। अर्धमासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर रु. ९०.०० मात्र। मासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर र अर्धमासिक संस्करणको अर्धवार्षिक ग्राहक शुल्क दर रु. ४५.०० मात्र। मासिक संस्करणहरूका लागि अर्धवार्षिक ग्राहक सुविधा उपलब्ध छैन। ग्राहक बन्‍न अस्वीकार गरेमा प्रति पत्रिका चन्दास्वरूप रु. ४.०० मा प्रस्तुत गर्नुपर्छ। ग्राहक बनाउनुहुँदा कृपया नबिर्सनुहोस्‌, (मासिक प्रकाशित हुने) पंजाबी र उर्दूबाहेक अर्धमासिक प्रहरीधरहरा सबै भारतीय भाषाहरू तथा नेपालीमा छ। हाल ब्यूँझनुहोस्‌! तामिल र मल्यालममा अर्धमासिक तर कन्‍नडा, गुजराती र तेलगुमा मासिक प्रकाशित हुन्छ। उर्दू, नेपाली, बंगाली, मराठी र हिन्दीमा ब्यूँझनुहोस्‌!-को ग्राहक सुविधा उपलब्ध छैन तर यी पाँच भाषाहरूमा त्रैमासिक वितरणको लागि पत्रिकाहरू मण्डलीहरूमा उपलब्ध छन्‌। नोभेम्बर: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक चन्दास्वरूप रु. २०.०० मा। प्रस्तुत गरिएका सबै ठाउँहरूमा बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राखेर फेरि भेट्‌न विशेष प्रयास गरिनेछ। डिसेम्बर: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २५.०० मा (ठूलो साइजको रु. ४५.००)। अन्यथा आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष वा बाइबलका कथाहरू भएको मेरो पुस्तक चन्दास्वरूप रु. ४५.०० मा प्रस्तुत गर्न सकिन्छ। जनवरी: कुनै पनि पुराना १९२ पृष्ठ भएका पुस्तकहरू विशेष प्रस्तुतिको रूपमा प्रत्येक प्रति चन्दास्वरूप रु. १०.०० मा प्रस्तुत गर्ने। (अग्रगामी दर रु. ५.०० हो) उक्‍त मूल्यमा प्रस्तुत गर्न हामीसित अझै उपलब्ध पुस्तकहरूका सूचीको लागि जनवरी १९९६, हाम्रो राज्य सेवकाई-को ‘घोषणाहरू’ स्तम्भ हेर्नुहोस्‌। नेपाली वा बंगाली पढ्‌न रुचाउने व्यक्‍तिहरूलाई कुनै पनि ३२ पृष्ठ भएका ठूलो पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ। मल्यालम पढ्‌न चाहनेलाई तपाईंको पारिवारिक जीवन सुखी बनाउने पुस्तक चन्दास्वरूप रु. २०.०० मा र पंजाबी पढ्‌न चाहनेलाई ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक चन्दास्वरूप रु. २०.०० मा प्रस्तुत गर्न सकिन्छ। कृपया स्मरण रहोस्‌, यी दुइ माथि उल्लिखित पुस्तकहरू विशेष दरमा प्रस्तुत गर्नका लागि होइन।

      ▪ हाम्रो राज्य सेवकाई-को यस अंकको परिशिष्टांक “सन्‌ १९९७ का लागि ईश्‍वरतान्त्रिक सेवकाई पाठशालाको तालिका” हो र यो सन्‌ १९९७ को वर्षभरि तालिका हेर्न राख्नुपर्छ।

      ▪ सोसाइटीले सबै भाषाहरूको लागि र विशेषगरि, कन्‍नडा, तेलगु, पंजाबी, बंगाली र मराठीका लागि अझै अनुवादकहरू खोजिरहेको छ। बेथेल सेवाको निम्ति उपलब्ध भाइबहिनीहरूले सोसाइटीलाई आफ्नो भाषामा परीक्षाको विषयवस्तुको लागि आग्रह गर्दै निवेदन दिनसक्छन्‌।

      ▪ जनवरी ८, १९९७ देखि ब्यूँझनुहोस्‌!-को अंक मराठी र हिन्दीमा मासिक रूपमा उपलब्ध हुनेछ। यी दुइ संस्करणहरूका अर्डरमा काँटछाँट गर्न चाहने मण्डलीहरूले तुरुन्तै गरिहाल्नुपर्छ। नोभेम्बर, १९९६ देखि यी दुइ संस्करणहरू रु. ४५.०० मा वार्षिक ग्राहक बन्‍न प्रस्तुत गर्न सकिनेछ। तर घरधनीलाई जनवरी ८, १९९७ को अंक नै पहिलो अंक हुनेछ भनेर बताउन नबिर्सनुहोस्‌।

      ▪ उपलब्ध नयाँ प्रकाशनहरू:

      कुरूक्षेत्रदेखि आरमागेडोनसम्म—अनि तपाईंको बचावट —तेलगु

      मुक्‍तितर्फ लैजाने ईश्‍वरीय सत्यको मार्ग —तेलगु

      ▪ पुनः उपलब्ध प्रकाशनहरू:

      कुरूक्षेत्रदेखि आरमागेडोनसम्म—अनि तपाईंको बचावट —गुजराती, तामिल, मराठी, मल्यालम, हिन्दी

      जीवनमा अझ बढी केही छ! —तामिल, मराठी

      मुक्‍तितर्फ लैजाने ईश्‍वरीय सत्यको मार्ग —तामिल, मल्यालम

  • प्रश्‍न पेटी
    राज्य सेवकाई—१९९६ | अक्टोबर
    • प्रश्‍न पेटी

      ▪ कुनै एक जना व्यक्‍तिसित कति लामो समयसम्म ज्ञान पुस्तकबाट औपचारिक गृह बाइबल अध्ययन सञ्चालन गर्नुपर्छ?

      यहोवाले आज आफ्नो संगठनलाई आशिष्‌ दिइरहनुभएको छ। हरेक वर्ष हजारौं नयाँ व्यक्‍तिहरूले सच्चाइको लागि लिएको अडानबाट हामी यसको प्रमाण देख्छौं। यो सम्पन्‍न गर्न ज्ञान पुस्तक प्रभावकारी औजार साबित भइरहेको छ। जनवरी १५, १९९६ को प्रहरीधरहरा-ले औंल्याएअनुसार यो पुस्तक बाइबल विद्यार्थीलाई चाँडचाँडो आध्यात्मिक प्रगति गर्न अर्थात्‌ केही महिनाभित्रै बप्तिस्मा लिने हदसम्म पुऱ्‍याउन मदत दिने ढंगमा लेखिएको हो।

      यसैकारण सोही प्रहरीधरहरा-को पृष्ठ १७ मा यस्तो सल्लाह दिइएको थियो: “कुनै व्यक्‍तिविशेषले ज्ञान पुस्तकबाट बाइबल अध्ययन सिध्याएर बप्तिस्मा लिइसकेपछि दोस्रो पुस्तकबाट औपचारिक बाइबल अध्ययन सञ्चालन गर्नु आवश्‍यक नहुनसक्छ।”

      ज्ञान पुस्तकबाट अध्ययन सिद्धिएपछि बप्तिस्मा नलिने व्यक्‍तिबारे के भन्‍न सकिन्छ नि? ज्ञान पुस्तकबाट अध्ययन सिध्याएपछि त्यही विद्यार्थीसित थप पुस्तकहरू अध्ययन नगर्नू भनेर प्रहरीधरहरा-मा उल्लेख गरिएको बुँदाबारे जून १९९६ हाम्रो राज्य सेवकाई-को पृष्ठ ६, अनुच्छेद २३ ले सम्झाएको थियो। यसको अर्थ के हामी बाइबल विद्यार्थीलाई यसपछि मदत गर्न इच्छुक नभएका हौं त? त्यसो होइन। मानिसहरूले सत्यको आधारभूत ज्ञान प्राप्त गरोस्‌ भन्‍ने हामी चाहन्छौं। तथापि, तुलनात्मक रूपमा छोटो समयावधिभित्रै प्रभावकारी शिक्षकले एक जना सामान्य निष्कपट विद्यार्थीलाई यहोवाको सेवा गर्नेसम्बन्धी बुद्धिमत्तापूर्ण निर्णय गर्न यथेष्ट ज्ञान दिनेछन्‌ भन्‍ने आशा राखिन्छ। आफ्नो व्यक्‍तिगत परिस्थितिको कारण कुनै कुनै बाइबल विद्यार्थीहरूले हप्तामा एक चोटिभन्दा धेरै अध्ययन गर्ने इच्छा पनि गर्नसक्छन्‌।

      हो, कुनै कुनै विद्यार्थीहरूले अरूको तुलनामा ढिलो प्रगति गर्नेछन्‌। साधारणतया ज्ञान पुस्तक अध्ययन गर्न लाग्ने समयभन्दा लामो समय लगाएर अध्ययन गरिसकेपछि पनि त्यस व्यक्‍तिले मण्डलीसित संगत गर्न इच्छा गर्दैनन्‌ भने प्रकाशकले यस परिस्थितिबारे मण्डलीको सेवा समितिका कुनै एक प्राचीनसित छलफल गर्नु बेस हुनेछ। माफी दिन मिल्ने वा असाधारण परिस्थितिहरू समावेश छन्‌ भने थप मदत दिनु मिल्ला। यसो गर्नु, जनवरी १५, १९९६, प्रहरीधरहरा-को पृष्ठ १७, अनुच्छेद ११ र १२ मा उल्लिखित सिद्धान्तअनुरूप हो।

      सत्यबारे लिइरहेको आधारभूत ज्ञानप्रतिको मूल्यांकनले मात्रै पनि विद्यार्थी मसीही सभाहरूमा उपस्थित हुन उत्प्रेरित हुनुपर्ने हो। यसले गर्दा यहोवाको सेवा गर्ने तिनको इच्छा स्पष्ट देखिनसक्छ। लामो समयसम्म ज्ञान पुस्तक अध्ययन गरिसकेपछि पनि त्यस्तो आध्यात्मिक मूल्यांकन देखिंदैन भने अध्ययन नगर्नु नै औचित्यपूर्ण हुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने