प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 नोभेम्बर पृ. १
  • बलको लागि यहोवामा भर पर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बलको लागि यहोवामा भर पर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००१
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले दुर्बलहरूलाई शक्‍ति दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • “परमप्रभु र उहाँको शक्‍तिको खोजी गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • ‘उहाँले तिमीहरूलाई बलियो पार्नुहुनेछ’—कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • यहोवाले तपाईँलाई बल दिनुहुनेछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००१
km01 नोभेम्बर पृ. १

बलको लागि यहोवामा भर पर्नुहोस्‌

१ थुप्रै कारणले गर्दा हामी यहोवामा भर पर्नुपर्छ। “सारा संसारमा” सुसमाचार सुनाउनु एउटा चुनौतीपूर्ण जिम्मेवारी हो। (मत्ती २४:१४) हामी निरन्तर आफ्नो असिद्धतासित संघर्ष गर्छौं। (रोमी ७:२१-२३) यसबाहेक, “हाम्रो यो लडन्त . . . यस अन्धकारका सांसारिक शासकहरू[का] . . . विरुद्धमा हो।” (एफि. ६:११, १२) स्पष्टतः हामीलाई मदतको खाँचो छ। हामी कसरी यहोवाबाट बल पाउनसक्छौं?

२ प्रार्थनाद्वारा: यहोवाले उहाँको शक्‍तिशाली पवित्र आत्मा माग्ने आफ्ना सेवकहरूलाई उदारतासाथ दिनुहुन्छ। (लूका ११:१३) के तपाईं घरघर, सडक वा टेलिफोनमा साक्षी दिन आफूलाई अयोग्य ठान्‍नुहुन्छ? के तपाईंलाई अनौपचारिक साक्षी दिन आफूमा आत्मविश्‍वासको कमी छ जस्तो लाग्छ? कतै आफ्नो इलाकाका मानिसहरूको भावशून्यताले गर्दा तपाईंको जोस त सेलाएको छैन? तपाईंलाई आफ्नो विश्‍वास वा निष्ठासित सम्झौता गर्न दबाउ दिइयो भने नि? यहोवामाथि भरोसा राख्नुहोस्‌। शक्‍तिको लागि प्रार्थना गर्नुहोस्‌।—फिलि. ४:१३.

३ व्यक्‍तिगत अध्ययनद्वारा: हामीले शारीरिक भोजन खाएर शक्‍ति बटुले जस्तै परमेश्‍वरको वचन तथा “विश्‍वासी र बुद्धिमान्‌ दास[द्वारा]” प्रबन्ध गरिएका प्रकाशनहरूबाट नियमित तवरमा खाँदा हामी आध्यात्मिक तवरमा बलियो हुन्छौं। (मत्ती ४:४; २४:४५) चीनमा एकल बन्दी गृहमा वर्षौं बाइबलविना कैदी बनाइँदा, विश्‍वासलाई थामिराख्न तपाईंलाई कुन कुराले मदत गऱ्‍यो भन्‍ने प्रश्‍न सोध्दा, स्टेन्ली जोन्सले यस्तो जवाफ दिए: “हामी विश्‍वासमा अटल रहनसक्छौं। हो, त्यसको लागि हामीले पहिला अध्ययन गर्नुपर्छ। यदि हामीले अध्ययन गरेनौं भने हामीसित आन्तरिक बल नै हुँदैन।”

४ सभामा उपस्थित भएर: प्रथम शताब्दीमा यहूदा र सिलासले मसीही सभामा “भाइहरूलाई धेरै वचनहरूले अर्ती दिएर स्थिर गराए।” (प्रेरि. १५:३२) त्यस्तै गरी आज हामीले मसीही सभाहरूमा जे सुन्छौं, ती कुराहरूले यहोवाप्रतिको हाम्रो मूल्यांकन बढाउँछ, हाम्रो विश्‍वास बलियो बनाउँछ र सेवकाईमा भाग लिन उत्प्रेरित गर्छ। सभाहरूले हामीलाई ‘परमेश्‍वरको राज्यको निम्ति हाम्रा सहकर्मीहरूसित’ नियमित तवरमा भेटघाट गर्ने अवसर प्रदान गर्छ। उनीहरू नै हामीलाई “सान्त्वना दिने मानिसहरू” हुन्‌।—कल. ४:११.

५ यस ‘डरलाग्दो समयमा’ हामीलाई मदत चाहिन्छ। (२ तिमो. ३:१) यहोवाबाट बल प्राप्त गर्ने मानिसहरूबारे हामीलाई यस्तो आश्‍वासन दिइएको छ: “तिनीहरू चीलझैं उँभो उभो उडनेछन्‌, र दगुरेर पनि तिनीहरू थाक्नेछैनन्‌। तिनीहरू हिंडेर जान्छन्‌, तर क्लान्त हुनेछैनन्‌।”—यशै. ४०:३१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने