प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 अप्रिल पृ. ८
  • आध्यात्मिकतामा बलिया परिवारहरू—कसरी?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आध्यात्मिकतामा बलिया परिवारहरू—कसरी?
  • हाम्रो राज्य सेवकाई—२००२
  • मिल्दोजुल्दो सामग्री
  • परिवारहरूका लागि मदत
    हाम्रो राज्य सेवा—२०११
  • मसीही परिवारले कामकुराहरू एकसाथ गर्दछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • परिवारहरू हो, परमेश्‍वरको मण्डलीको भागको हैसियतमा उहाँको प्रशंसा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • परमेश्‍वरको सेवामा एकताबद्ध ठूला परिवारहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००२
km02 अप्रिल पृ. ८

आध्यात्मिकतामा बलिया परिवारहरू—कसरी?

१ ‘आफ्नो परिवारमा ईश्‍वरीय भक्‍ति देखाएको’ हुनाले मसीही परिवारहरूको सराहना गरिन्छ। (१ तिमो. ५:४, NW) तथापि, हाम्रो वरपर विश्‍वासलाई कमजोर तुल्याउन सक्ने थुप्रै खराब प्रभावहरू भएको कारण आध्यात्मिकतामा बलियो रहिरहनको लागि परिवारहरूले कडा परिश्रम गर्नु अत्यावश्‍यक छ। यो कसरी गर्न सकिन्छ?

२ ख्रीष्टको जस्तो शिरत्व अभ्यास गर्नुहोस्‌: आफ्नो घरानालाई बलियो बनाउने जिम्मेवारी बहन गर्ने तरिकामा परिवारका शिरहरूले येशू ख्रीष्टको अनुकरण गर्नु आवश्‍यक छ। बलिदान रूपी मृत्युद्वारा एक पटक मात्र प्रेमको प्रदर्शन नगरी येशूले लगातार मण्डलीको “पालन पोषण” गर्नुहुन्छ। (एफि. ५:२५-२९) मायालु आमाबाबुहरूले यो उदाहरण पछ्याउँदै आफ्नो परिवारको दैनिक आध्यात्मिक आवश्‍यकतालाई ध्यान दिएर कोमल हेरचाह गर्छन्‌। यसमा हरेक हप्ता पारिवारिक बाइबल अध्ययन सञ्चालन गर्नु, सम्भव भएको बेलामा गहिरो आध्यात्मिक छलफल गर्नु र समस्याहरू उठ्‌दा त्यसको समाधान गर्नु समावेश छ।—व्यव. ६:६, ७.

३ क्षेत्र सेवकाईमा: यहोवा तथा उहाँको उद्देश्‍यबारे अरूहरूलाई साक्षी दिनु आफ्नो उपासनाको महत्त्वपूर्ण भाग हो भनी परिवारका सबै सदस्यहरूले बुझ्नुपर्छ। (यशै. ४३:१०-१२) तपाईं आमाबाबुहरू आफ्नो बच्चाहरू यहोवाको विश्‍वासी सेवक भएको चाहनुहुन्छ भने, तपाईंले कलिलै उमेरदेखि तिनीहरूको हृदय सेवकाईको लागि तयार पार्न थाल्नुपर्छ। सेवकाईमा आत्मत्यागी हुनु र हरेक हप्ता यसमा भाग लिनु किन आवश्‍यक छ भनी छलफल गर्नुहोस्‌। (मत्ती २२:३७-३९) त्यसपछि तिनीहरू पनि तपाईंसँगै क्षेत्र सेवकाईमा नियमित रूपमा भाग लिनको लागि प्रबन्धहरू मिलाउनुहोस्‌।

४ प्रभावकारी प्रस्तुति तयार पार्न तथा अभ्यास गर्नको लागि साप्ताहिक पारिवारिक अध्ययनको दौडान समय छुट्याएर प्रचार कार्यप्रति मूल्यांकन जगाउनुहोस्‌। आफ्नो उमेर र क्षमताअनुसार प्रगति गर्न प्रत्येक बच्चाको आवश्‍यकता हेरेर प्रशिक्षण दिनुहोस्‌। सेवकाईमा सँगै समय बिताइसकेपछि, यहोवाको उदारता तिनीहरूले कसरी देखे भनी छलफल गर्नुहोस्‌। विश्‍वासलाई अझ बलियो बनाउने खालका अनुभवहरू सुनाउनुहोस्‌। परिवारहरूले “प्रभु कृपालु हुनुहुन्छ भनी” जति धेरै ‘स्वाद पाउँछन्‌,’ तिनीहरू यहोवासँग त्यतिनै नजिक हुन्छन्‌, “सबै दुष्टता” प्रतिरोध गर्न त्यतिनै दृढ हुन्छन्‌।—१ पत्रु. २:१-३.

५ सभाहरूमा: विशेष गरी परिवारको कुनै सदस्यले थकित महसुस गर्दा, निराश हुँदा वा असाध्यै चिन्तित हुँदा परिवारका सदस्यहरूले सबै सभाहरूमा उपस्थित हुन एकअर्कालाई मदत गर्नु कत्ति राम्रो हो! एक जना जवान बहिनीले यसो भनिन्‌, “कामबाट घर फर्कनुहुँदा मेरो बुबा थाक्नुहुन्छ। तर त्यस साँझ हुने सभामा छलफल गरिने कुनै राम्रो बुँदाबारे म उहाँलाई बताउँछु र उहाँ सभामा जान प्रोत्साहित हुनुहुन्छ। अनि मैले थकित महसुस गर्दा उहाँले मलाई प्रोत्साहन दिनुहुन्छ।”—हिब्रू १०:२४, २५.

६ सबै मिलेर काम गर्ने: परिवार सबै मिलेर घरायसी कामकाज गर्नुपर्छ। सही छनौट गरिएका मनोरञ्जनको लागि पनि समय छुट्याउनुपर्छ। पिकनिक जानु, पैदल यात्रा, खेलहरू खेल्नु र नातेदार वा साथीहरूलाई भेट्‌न जानु रमाइलो हुनुका साथै अविस्मरणीय मीठो सम्झना प्राप्त हुन्छ।—उप. ३:४.

७ बलिया मसीही परिवारले आफ्नो आध्यात्मिकतामाथि आउने दैनिक चुनौतीहरूमाथि विजय हासिल गर्छन्‌। यहोवासँग अझ नजिक भएर तिनीहरू उहाँले दिनुहुने शक्‍ति अनुभव गर्छन्‌।—एफि. ६:१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने