प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 अप्रिल पृ. १
  • यहोवालाई सर्वोत्तम कुरा चढाउने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवालाई सर्वोत्तम कुरा चढाउने
  • हाम्रो राज्य सेवकाई—२००४
  • मिल्दोजुल्दो सामग्री
  • यहोवालाई प्रसन्‍न तुल्याउने प्रशंसाका बलिदानहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • ‘सत्यको ढाँचाबाट’ सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • यहोवाको लागि तनमनको बलिदान चढाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • निरन्तर स्तुतिका बलिदानहरू चढाएर—पहिले राज्यको खोजी गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००४
km04 अप्रिल पृ. १

यहोवालाई सर्वोत्तम कुरा चढाउने

१ इस्राएलीहरूलाई दिइएको यहोवाको व्यवस्थाअनुसार बलिदानस्वरूप उहाँलाई चढाइने जनावरहरू “निष्खोट” हुनै पर्थ्यो। खोट लागेको जनावर ग्रहणयोग्य हुँदैनथ्यो। (लेवी २२:१८-२०; मला. १:६-९) यसबाहेक, बलिदान चढाउँदा सबै बोसो अर्थात्‌ सबैभन्दा असल भाग यहोवाको हुन्थ्यो। (लेवी ३:१४-१६) इस्राएलीहरूका पिता र महान्‌ मालिकको हैसियतमा यहोवा सर्वोत्तम कुराको हकदार हुनुहुन्थ्यो।

२ पुरातन समयमा जस्तै आज हामीले चढाउने बलिदानहरूको गुणस्तरमा परमेश्‍वर गहिरो चासो राख्नुहुन्छ। हाम्रो सेवाले यहोवाप्रति उचित श्रद्धा झल्काउनुपर्छ। हुन त हो, व्यक्‍तिविशेषपिच्छे परिस्थिति फरक-फरक हुन्छ। यद्यपि, हामीले उहाँलाई सर्वोत्तम कुरा चढाइरहेका छौं कि छैनौं, सो पक्का गर्न आफैलाई राम्ररी जाँचेर हेर्ने हामीसित ठोस कारण छ।—एफि. ५:१०.

३ तनमनको सेवा: हाम्रो सेवकाईले यहोवाको आदर गर्ने र हाम्रा श्रोताहरूको हृदय छुने हो भने, यो झारा टार्ने किसिमको हुनुहुँदैन। परमेश्‍वर अनि उहाँका महान्‌ उद्देश्‍यहरूको सन्दर्भमा हाम्रा अभिव्यक्‍तिहरू कृतज्ञताले ओतप्रोत भएको हृदयबाट निस्कनुपर्छ। (भज. १४५:७) यसले व्यक्‍तिगत बाइबल पढाइ र अध्ययनको राम्रो तालिका कायम राख्नुको महत्त्वलाई प्रकाश पार्छ।—हितो. १५:२८.

४ यहोवालाई सर्वोत्तम कुरा चढाउनुमा मानिसहरूप्रतिको उहाँको प्रेम अनुकरण गर्नु पनि समावेश छ। (एफि. ५:१, २) मानिसहरूप्रतिको प्रेमले हामीलाई सकेसम्म धेरैभन्दा धेरै मानिसहरूलाई सत्यको जीवनदायी सन्देश सुनाउने प्रयास गर्न जुरमुऱ्‍याउनेछ। (मर्कू. ६:३४) यसले हामीलाई, हामीले कुरा गर्ने व्यक्‍तिहरूमा व्यक्‍तिगत चासो देखाउन उत्प्रेरित गर्नुका साथै पहिलो भेटपछि उनीहरूबारे सोचिरहन र चाँडै पुनःभेट गर्न लगाउँछ। यसले हामीलाई आध्यात्मिक तवरमा प्रगति गर्न उनीहरूलाई यथाशक्य मदत दिन प्रेरित गर्छ।—प्रेरि. २०:२४; २६:२८, २९.

५ “स्तुतिको बलिदान”: यहोवालाई सर्वोत्तम कुरा चढाउने अर्को तरिका सेवकाईमा लगनशील भएर हो। सुव्यवस्थित हुँदा र सेवकाईमा ध्यान केन्द्रित गर्दा आफूसँग उपलब्ध समयभित्र हामी असल परिणाम प्राप्त गर्न सक्छौं। (१ तिमो. ४:१०) राम्रो तयारीले हामीलाई स्पष्ट र दृढ निश्‍चयका साथ बोल्न सक्षम बनाउँछ, जसको फलस्वरूप सकारात्मक प्रतिक्रिया आउने सम्भावना बढ्‌छ। (हितो. १६:२१) अरूलाई सुसमाचार सुनाउँदा हाम्रा हार्दिक अभिव्यक्‍तिहरूलाई “स्तुतिको बलिदान” भन्‍न सकिन्छ।—हिब्रू १३:१५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने