प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • येशूबारे सत्य कुरा बताउनुहोस्‌
    राज्य सेवकाई—२००२ | नोभेम्बर
    • येशूबारे सत्य कुरा बताउनुहोस्‌

      १ अरू भेडा र अभिषिक्‍त मसीहीहरू मिलेर ‘येशूको साक्षी दिन्छन्‌।’ (प्रका. १२:१७) येशूद्वारा मात्रै मुक्‍ति सम्भव भएकोले यो कार्य एकदमै महत्त्वपूर्ण छ।—यूह. १७:३; प्रेरि. ४:१२.

      २ ‘बाटो, सत्य, र जीवन’: येशूले यसो भन्‍नुभयो, “बाटो, सत्य, र जीवन मै हुँ। मबाहेक अरू कोहीद्वारा पिताकहाँ जानसक्‍तैन।” (यूह. १४:६) “बाटो” अर्थात्‌ येशूद्वारा मात्रै हामी प्रार्थनामा परमेश्‍वरलाई पुकार्न सक्छौं र उहाँसँग अनुमोदन प्राप्त सम्बन्ध गाँस्न सक्छौं। (यूह. १५:१६) येशू “सत्य” हुनुहुन्छ किनभने हिब्रू धर्मशास्त्रमा उल्लेखित अगमवाणी तथा छायाँ उहाँमा पूरा भयो। (यूह. १:१७; कल. २:१६, १७) निस्सन्देह, साँचो अगमवाणीको प्रमुख उद्देश्‍य परमेश्‍वरको उद्देश्‍यमा येशूको निर्णायक भूमिकाबारे प्रकाश पार्नु हो। (प्रका. १९:१०) यसबाहेक, येशू “जीवन” हुनुहुन्छ। अनन्त जीवनको आशिष्‌ प्राप्त गर्न चाहन्छौं भने, सबैले उहाँको छुटकाराको बलिदानमा विश्‍वास गर्नै पर्छ।—यूह. ३:१६, ३६; हिब्रू २:९.

      ३ शिर अनि शासनारूढ राजा: यहोवाले आफ्नो पुत्रलाई सुम्पनुभएको अथाह अख्तियारलाई पनि मानिसहरूले स्वीकार्नै पर्छ। येशू परमेश्‍वरको राज्यको राजा नियुक्‍त हुनुभएको छ अर्थात्‌ ‘मानिसहरू उहाँको आज्ञाकारी बन्‍नुपर्छ।’ (उत्प. ४९:१०) यसको अलावा, यहोवाले उहाँलाई मण्डलीको शिरको रूपमा पनि नियुक्‍त गर्नुभएको छ। (एफि. १:२२, २३) येशूले कसरी मण्डलीको रेखदेख गर्नुका साथै “ठीक समयमा” आध्यात्मिक खाना जुटाउन “विश्‍वासी र बुद्धिमान दास” प्रयोग गर्नुहुन्छ, त्यसबारे बुझ्न हामीले आफ्ना बाइबल विद्यार्थीहरूलाई सिकाउनु जरुरी छ।—मत्ती २४:४५-४७.

      ४ दयालु प्रधान पूजाहारी: मानवको रूपमा परीक्षा तथा दुःखकष्टहरू भोगिसक्नुभएको कारण येशूले “परीक्षित हुनेहरूलाई सहायता गर्नसक्नुहुन्छ।” (हिब्रू २:१७, १८) मानवहरूको कमी-कमजोरीप्रति येशूले सहानुभूति देखाउनुका साथै दयापूर्वक उनीहरूको लागि अन्तरबिन्ती गर्नुहुन्छ भन्‍ने कुरा जान्‍न पाउनु असिद्ध मावनजातिको लागि कत्ति हृदयस्पर्शी कुरा हो! (रोमी ८:३४) येशूको बलिदानको आधारमा र प्रधान पूजाहारीको हैसियतमा उहाँले गर्नुहुने सेवामार्फत हामी “निर्भयसँग . . . दरकारको समयमा” यहोवालाई पुकार्न सक्छौं।—हिब्रू ४:१५, १६. नयाँ संशोधित संस्करण।

      ५ येशूबारे सत्य कुरा अरूलाई थाह दिने हाम्रो प्रयासले उनीहरूलाई पनि हामीसँगसँगै उहाँको आज्ञापालन तथा सेवा गर्न उत्प्रेरित गरोस्‌।—यूह. १४:१५, २१.

  • मण्डली पुस्तक अध्ययन निरीक्षकलाई सहयोग गर्नुहोस्‌
    राज्य सेवकाई—२००२ | नोभेम्बर
    • मण्डली पुस्तक अध्ययन निरीक्षकलाई सहयोग गर्नुहोस्‌

      १ हामी सबैले मण्डली पुस्तक अध्ययनबाट धेरै लाभ उठाउँछौं। गत महिना हामीले मण्डली पुस्तक अध्ययन निरीक्षकले आफ्नो भूमिका कसरी निर्वाह गर्छन्‌ भन्‍ने कुरा छलफल गऱ्‍यौं। तर तिनलाई सहयोग गरेर हामी कसरी आफू र अरूलाई फाइदा पुऱ्‍याउन सक्छौं?

      २ प्रत्येक हप्ता उपस्थित हुनुहोस्‌: पुस्तक अध्ययन साना-साना समूहमा गरिने भएकोले तपाईंको उपस्थितिले फरक पार्न सक्छ। प्रत्येक हप्ता उपस्थित हुने लक्ष्य बनाउनुहोस्‌। समयनिष्ठ भएर पनि तपाईं मदत गर्न सक्नुहुन्छ किनभने यसो गर्दा निरीक्षकले सभा व्यवस्थित ढंगमा सुरु गर्न सक्नेछन्‌।—१ कोरि. १४:४०.

      ३ उत्थानदायी टिप्पणी: तपाईंले सहयोग गर्न सक्ने अर्को तरिका राम्ररी तयारी गर्नुका साथै उत्थानदायी टिप्पणीहरू गरेर हो। प्रायजसो एउटा बुँदा मात्र प्रकाश पार्ने टिप्पणी गर्नु बेस हुन्छ र यसले अरूलाई पनि टिप्पणी दिन प्रोत्साहित गर्छ। अनुच्छेदमा दिइएको सबै कुरा ढाक्ने कोसिस नगर्नुहोस्‌। यदि छलफल गरिएको बुँदाले तपाईंको हृदय छोएको छ भने, यसबारे टिप्पणी दिएर पनि तपाईं छलफललाई अझ रोचक बनाउन सक्नुहुन्छ।—१ पत्रु. ४:१०.

      ४ समूहको फाइदाको लागि अनुच्छेदहरू पढ्‌ने सुअवसर पाउनुभएको छ भने, त्यो जिम्मेवारी पूरा गर्न लगनशील हुनुहोस्‌। राम्रो पढाइले अध्ययन सफल बनाउन योगदान पुऱ्‍याउँछ।—१ तिमो. ४:१३.

      ५ सामूहिक साक्षीकार्य: पुस्तक अध्ययन हुने थुप्रै ठाउँहरूमा क्षेत्र सेवाका लागि सभाहरू हुन्छन्‌ र यी प्रबन्धहरूमा तपाईंले सहयोग गर्नुहुँदा निरीक्षकलाई सुसमाचार प्रचार गर्ने कार्यमा नेतृत्व लिन सजिलो हुन्छ। यी प्रबन्धहरूलाई आफ्ना भाइहरूसित नजिक हुने र उनीहरूलाई प्रोत्साहन दिने सुअवसरको रूपमा लिनुहोस्‌।

      ६ क्षेत्र सेवा रिपोर्ट: प्रत्येक महिनाको अन्तमा नबिर्सिकन आफ्नो क्षेत्र सेवा रिपोर्ट बुझाउनु पनि निरीक्षकलाई सहयोग गर्ने अर्को तरिका हो। तपाईं आफ्नो रिपोर्ट सीधै निरीक्षकलाई दिन सक्नुहुन्छ वा राज्यभवनमा सेवा रिपोर्टको लागि भनेर राखिएको बाकसमा खसाल्न सक्नुहुन्छ। पुस्तक अध्ययन निरीक्षकले जम्मा गरेका क्षेत्र सेवा रिपोर्ट बटुल्न सचिवले यो बाकस प्रयोग गर्न सक्छन्‌।

      ७ आफ्नो मण्डली पुस्तक अध्ययन निरीक्षकलाई तपाईंले गर्नुहुने सहयोगको ठूलो मूल्यांकन गरिनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा त, यहोवाको ‘आत्मा तपाईंसित’ हुनेछ।—फिलि. ४:२३.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने