प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • rq पाठ २ पृ. ४-५
  • परमेश्‍वर को हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वर को हुनुहुन्छ?
  • परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वर–उहाँ को हुनुहुन्छ?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • परमेश्‍वर र येसुबारे सत्य कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • साँचो परमेश्‍वर को हुनुहुन्छ?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • परमेश्‍वर को हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
rq पाठ २ पृ. ४-५

पाठ २

परमेश्‍वर को हुनुहुन्छ?

साँचो परमेश्‍वर को हुनुहुन्छ र उहाँको नाउँ के हो? (१, २)

उहाँको शरीर कस्तो छ? (३)

उहाँका उल्लेखनीय गुन के के हुन्‌? (४)

उहाँको उपासना गर्दा के हामीले प्रतिमा वा प्रतीकहरू चलाउनु हुन्छ? (५)

परमेश्‍वरबारे सिक्ने दुइ तरिका के के हुन्‌? (६)

१. मानिसहरू थुप्रै कुराहरूको उपासना गर्छन्‌। तर बाइबलले साँचो परमेश्‍वर एउटै हुनुहुन्छ भनेर बताउँछ। उहाँले नै आकाश र पृथ्वीका सबै कुरा सृष्टि गर्नुभयो। उहाँ हाम्रो जीवनदाता हुनुहुन्छ। त्यसैकारण हामीले उहाँको मात्र उपासना गर्नुपर्छ।—१ कोरिन्थी ८: ५, ६; प्रकाश ४:११.

२. परमेश्‍वरका थुप्रै उपनाउँहरू भए तापनि नाउँ एउटै छ। त्यो हो, यहोवा। थुप्रै बाइबलहरूबाट परमेश्‍वरको नाउँ हटाएर परमप्रभु वा परमेश्‍वर भन्‍ने उपनाउँहरू राखिएका छन्‌। तर सुरुमा बाइबल लेखिंदा लगभग ७,००० पटक यहोवा भन्‍ने नाउँ प्रयोग गरिएको थियो। —प्रस्थान ३:१५; भजन ८३:१८.

३. यहोवाको शरीर छ, तर त्यो हाम्रोजस्तो छैन। बाइबलले “परमेश्‍वर आत्मा हुनुहुन्छ” भनेर बताउँछ। (यूहन्‍ना ४:२४) आत्मा भनेको हाम्रोभन्दा कैयौं गुना उत्कृष्ट जीवनको रूप हो। परमेश्‍वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन। यहोवा स्वर्गमा बस्नुहुन्छ तर उहाँले सबै कुरा देख्न सक्नुहुन्छ। (भजन ११:४, ५; यूहन्‍ना १:१८) त्यसोभए, पवित्र आत्मा भनेको के हो त? पवित्र आत्मा परमेश्‍वरजस्तो कुनै व्यक्‍ति होइन बरु परमेश्‍वरको सक्रिय शक्‍ति हो।—भजन १०४:३०.

४. बाइबलले हामीलाई यहोवाको व्यक्‍तित्व कस्तो छ भनेर बताउँछ। उहाँका उल्लेखनीय गुन प्रेम, न्याय, बुद्धि र शक्‍ति हुन्‌ भनेर त्यसले देखाउँछ। (व्यवस्था ३२:४; अय्यूब १२:१३; यशैया ४०:२६; १ यूहन्‍ना ४:८) उहाँ कृपालु, दयालु, क्षमावान्‌, उदार अनि धीरजी हुनुहुन्छ भन्‍ने कुरा पनि बाइबलले प्रकट गर्छ। त्यसकारण आज्ञाकारी केटाकेटीजस्तै भएर हामीले उहाँको नकल गर्ने कोसिस गर्नुपर्छ।—एफिसी ५:१, २.

५. परमेश्‍वरको उपासना गर्दा के हामीले प्रतिमा, चित्र वा प्रतीकहरूसामु झुक्नु वा प्रार्थना गर्नु हुन्छ? अहँ, हुँदैन! (प्रस्थान २०:४, ५) हामीले यहोवाको मात्र उपासना गर्नुपर्छ भनेर उहाँ आफैले भन्‍नुभएको छ। आफूले पाउनुपर्ने महिमा उहाँ अरू कसैलाई दिनुहुन्‍न। अर्को कुरा, प्रतिमाहरूले हामीलाई मदत गर्नसक्दैनन्‌।—भजन ११५:४-८; यशैया ४२:८.

६. परमेश्‍वरलाई अझ राम्ररी कसरी चिन्‍नसक्छौं? एउटा तरिका उहाँले सृष्टि गर्नुभएका कुरालाई हेर्नु अनि त्यसले उहाँका गुनहरूबारे के बताउँछ, त्यसबारे गहिरो मनन गर्नु हो। परमेश्‍वरले सृष्टि गर्नुभएका कुराहरूले उहाँ असाध्यै शक्‍तिशाली र बुद्धिमान हुनुहुन्छ भनेर देखाउँछ। उहाँले बनाउनुभएका सबै कुराहरूमा हामी उहाँको प्रेम देख्छौं। (भजन १९:१-६; रोमी १:२०) परमेश्‍वरबारे राम्ररी सिक्ने अर्को तरिका बाइबल अध्ययन गर्नु हो। उहाँले आफू कस्तो किसिमको परमेश्‍वर हो भनेर त्यसमा थुप्रै कुराहरू बताउनुभएको छ। त्यति मात्र होइन उहाँले आफ्नो उद्देश्‍य अनि हामीले के गरेको चाहनुहुन्छ, त्यो पनि बताउनुभएको छ।—आमोस ३:७; २ तिमोथी ३:१६, १७.

[पृष्ठ ५-मा भएको चित्र]

सृष्टि अनि बाइबलबाट हामी परमेश्‍वरबारे सिक्छौं

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने