प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “विश्‍वासको वचनमा पुष्ट भएर”
    राज्य सेवकाई—२००५ | जनवरी
    • “विश्‍वासको वचनमा पुष्ट भएर”

      १ ईश्‍वरभक्‍तिको जीवन बिताउन खूबै मेहनत गर्नुपर्छ। (१ तिमो. ४:७-१०) आफ्नो बलबुतामा मात्रै भर पऱ्‍यौं भने त हामी छिटै थकित हुनेछौं र यस्तो मार्गमा हिड्‌ने प्रयास गर्दा-गर्दा थाकेर ढल्नेछौं। (यशै. ४०:२९-३१) यहोवाबाट बल प्राप्त गर्न सक्ने एउटा तरिका “विश्‍वासको वचनमा पुष्ट भएर” हो।—१ तिमो. ४:६, NRV.

      २ प्रशस्त आध्यात्मिक भोजन: आफ्नो वचन तथा “विश्‍वासी र बुद्धिमान दास[मार्फत]” यहोवाले प्रशस्त आध्यात्मिक भोजन पस्कनुहुन्छ। (मत्ती २४:४५) यसबाट लाभ उठाउन के हामीले आफ्नोतर्फबाट गर्नुपर्ने काम गरिरहेका छौं? के हामी दिनहुँ बाइबल पढ्‌छौं? व्यक्‍तिगत अध्ययन र मनन गर्न के हामीले निश्‍चित समय छुट्याएका छौं? (भज. १:२, ३) यस्तो स्वास्थ्यवर्धक आध्यात्मिक खुराकले हामीलाई बल दिन्छ र शैतानको संसारका शिथिल पार्ने असरहरूबाट जोगाउँछ। (१ यूह. ५:१९) स्वास्थ्यवर्धक कुराहरूले आफ्नो मन भऱ्‍यौं र त्यसलाई आफ्नो जीवनमा लागू गऱ्‍यौं भने यहोवा हामीसित हुनुहुनेछ।—फिलि. ४:८, ९.

      ३ मण्डलीका सभाहरू मार्फत पनि यहोवाले हामीलाई बलियो बनाउनुहुन्छ। (हिब्रू १०:२४, २५) यी भेलाहरूमा पाइने आध्यात्मिक निर्देशन तथा स्वास्थ्यवर्धक संगतिले हामीलाई परीक्षाहरूको बावजुद दृढ रहन बलियो बनाउँछ। (१ पत्रु. ५:९, १०) एक जना मसीही युवतीले यसो भनिन्‌: “दिनभरि स्कूलमा बिताइसकेपछि म लखतरान हुन्छु। तर सभाहरू मरुद्यानजस्तै हुन्‌ जहाँ म भोलिपल्ट स्कूल जान फेरि नयाँ स्फूर्ति पाउँछु।” सभाहरूमा उपस्थित हुन प्रयास गर्दा हामीले अवश्‍यै आशिष्‌ पाउँछौं!

      ४ सत्य घोषणा गर्ने: अरूलाई प्रचार गर्नु येशूको लागि भोजनसरह थियो। यसले उहाँलाई बल दियो। (यूह. ४:३२-३४) त्यस्तै गरी, परमेश्‍वरले गर्नुभएका अद्‌भुत प्रतिज्ञाहरूबारे अरूलाई बताउँदा हामी पुनः बलियो भएको महसुस गर्छौं। सेवकाईमा व्यस्त रहँदा पनि हाम्रो हृदय र मन परमेश्‍वरको राज्य अनि चाँडै प्राप्त हुने आशिष्‌हरूमा केन्द्रित रहन्छ। त्यसले हामीलाई साँच्चै स्फूर्ति दिन्छ।—मत्ती ११:२८-३०.

      ५ यहोवाले आज आफ्ना जनहरूलाई पस्केर दिइरहनुभएको प्रशस्त आध्यात्मिक पोषण पाएर हृष्टपुष्ट हुन पाउनु हाम्रो लागि साह्रै ठूलो आशिष्‌को कुरा हो! हर्षविभोर भई हामी निरन्तर उहाँको प्रशंसा गरिरहन सकौं।—यशै. ६५:१३, १४.

  • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
    राज्य सेवकाई—२००५ | जनवरी
    • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने

      भाग ५: कति विषयवस्तु ढाक्ने, सो निर्धारण गर्ने

      १ शिक्षा दिने क्रममा येशूले आफ्ना चेलाहरूको सीमिततालाई ध्यान दिनुभयो र “तिनीहरूले सुन्‍न सकेसम्म” मात्र सुनाउनुभयो। (मर्कू. ४:३३; यूह. १६:१२) त्यस्तै गरी आज परमेश्‍वरको वचनका शिक्षकहरूले पनि बाइबल अध्ययनको दौडान कति विषयवस्तु ढाक्नु उपयुक्‍त हुन्छ, सो निर्धारण गर्नु आवश्‍यक छ। कति विषयवस्तु छलफल गर्ने भन्‍ने कुरा शिक्षक र विद्यार्थी दुवैको क्षमता अनि परिस्थितिमा भर पर्नेछ।

      २ विश्‍वासलाई दह्रो बनाउनुहोस्‌: कोही-कोही विद्यार्थीहरूले एक चोटिको अध्ययनमै सजिलोसँग बुझ्ने विषयवस्तु अरू विद्यार्थीहरूलाई बुझाउन दुई-तीन चोटि अध्ययन गर्नुपर्ने हुन सक्छ। छोटो समयमा धेरै विषयवस्तु ढाक्ने कोसिस गर्नुभन्दा विद्यार्थीलाई विषयवस्तु छर्लङ्‌गसित बुझ्न मदत गर्नु महत्त्वपूर्ण छ। परमेश्‍वरको वचनमाथिको तिनको नयाँ विश्‍वासको लागि हरेक विद्यार्थीलाई एउटा ठोस आधार चाहिन्छ।—हितो. ४:७; रोमी १२:२.

      ३ हरेक हप्ता अध्ययन सञ्चालन गर्नुहुँदा परमेश्‍वरको वचनबाट सिकिरहेको कुरा बुझ्न र स्वीकार्न विद्यार्थीलाई मदत गर्न जति समय लागे पनि लगाउनुहोस्‌। सिकाइँदै गरेको सत्यको महत्त्व विद्यार्थीले बुझ्न नपाउँदै छिट-छिटो अघि नलम्कनुहोस्‌। शिक्षाहरूको आधार बसाल्ने मुख्य बुँदाहरूतिर ध्यान खिच्न र मुख्य शास्त्रपदहरू छलफल गर्न पर्याप्त समय लगाउनुहोस्‌।—२ तिमो. ३:१६, १७.

      ४ मूल विषयमा केन्द्रित रहनुहोस्‌: अध्ययनको दौडान हामी अवश्‍य हतार गर्न चाहँदैनौं तर यसको अलावा हामी मूल विषयदेखि बाहिर पनि जान चाहँदैनौं। यदि विद्यार्थी व्यक्‍तिगत विषयमा लामो कुरा गर्न चाहन्छ भने, अध्ययनपछि त्यसबारे कुरा गर्ने प्रबन्ध मिलाउन सकिन्छ।—उप. ३:१.

      ५ अर्कोतर्फ, सच्चाइप्रतिको हाम्रो आफ्नै जोसले गर्दा अध्ययनको दौडान बढी नबोल्न हाम्रो लागि एउटा चुनौती हुन सक्छ। (भज. १४५:६, ७) कहिलेकाहीं अतिरिक्‍त बुँदा वा अनुभव बताउँदा अध्ययन रोचक हुने भए तापनि आधारभूत बाइबल शिक्षाहरूको सही ज्ञान हासिल गर्न विद्यार्थीलाई नै बाधा पुग्ने गरी यसलाई तीनथुप्रो वा लम्बेतान बनाउन भने चाहँदैनौं।

      ६ हरेक अध्ययनमा ठिक्क मात्रामा विषयवस्तु ढाकेर हामीले बाइबल विद्यार्थीहरूलाई ‘परमप्रभुको ज्योतिमा हिंड्‌न’ मदत गर्छौं।—यशै. २:५.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने