प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रचारकार्यले हामीलाई धीरजी हुन मदत गर्छ
    राज्य सेवकाई—२००५ | जून
    • प्रचारकार्यले हामीलाई धीरजी हुन मदत गर्छ

      १ परमेश्‍वरको वचनले हामीलाई “हाम्रा सामनेमा राखिदिएको दौड धीरजसँग” दौडने सल्लाह दिन्छ। (हिब्रू १२:१) सफलतासाथ दौड पूरा गर्न एक जना धावकलाई धीरजको खाँचो परेजस्तै अनन्त जीवनको पुरस्कार पाउन हामीलाई पनि धीरज चाहिन्छ। (हिब्रू १०:३६) मसीही सेवकाईले कसरी हामीलाई अन्तसम्मै विश्‍वासीपूर्वक स्थिर रहन मदत गर्न सक्छ?—मत्ती २४:१३.

      २ आध्यात्मिक तवरमा सुदृढ: धार्मिक नयाँ संसारबारे बाइबलको सानदार प्रतिज्ञा घोषणा गर्दा हामी आफ्नो आशालाई उज्ज्वल राखिराख्न सक्छौं। (१ थिस्स. ५:८) क्षेत्र सेवकाईमा नियमित रूपमा भाग लिंदा हामी आफूले बाइबलबाट सिकेको सत्य कुरा घोषणा गर्ने मौका पाउँछौं। हामीसित आफ्नो विश्‍वासको पक्षमा बोल्ने मौका छ, जसले हामीलाई आध्यात्मिक तवरमा सुदृढ पार्न मदत गर्छ।

      ३ अरूलाई प्रभावकारीसाथ सिकाउन, पहिला हामी आफैले बाइबल सत्य छर्लङ्‌गसित बुझेको हुनै पर्छ। कुनै पनि विषयवस्तुलाई लिएर हामीले अनुसन्धान र मनन गर्नुपर्छ। जति लगनशील प्रयास गर्छौं उति नै हाम्रो ज्ञानको भण्डार बढ्‌छ, हाम्रो विश्‍वास दरिलो हुन्छ र आध्यात्मिक तवरमा स्फूर्ति प्राप्त हुन्छ। (हितो. २:३-५) यस प्रकार, अरूलाई मदत गर्ने कोसिस गर्दा हामीले आफैलाई बलियो बनाइरहेका हुन्छौं।—१ तिमो. ४:१५, १६.

      ४ सेवकाईमा जोसिलो भई भाग लिनु “परमेश्‍वरको सारा हात-हतियार[को]” एउटा अभिन्‍न भाग हो र दियाबल तथा त्यसका प्रेतहरू विरुद्ध दृढ भई खडा हुन सक्नको लागि हामीलाई यसको आवश्‍यकता छ। (एफि. ६:१०-१३, १५) पवित्र सेवामा व्यस्त रहँदा त्यसले हामीलाई उत्थानदायी कुरामा ध्यान केन्द्रित गर्न र शैतानको संसारद्वारा भ्रष्ट हुनदेखि जोगिन मदत गर्छ। (कल. ३:२) अरूलाई यहोवाका तौरतरिकाहरू सिकाउँदा, स्वयम्‌ हामीले पवित्र चालचलन कायम राख्नुपर्ने आवश्‍यकता स्मरण भइरहन्छ।—१ पत्रु. २:१२.

      ५ परमेश्‍वरद्वारा बलियो पारिएका: अन्तमा, प्रचारकार्यमा भाग लिंदा हामी यहोवामाथि भर पर्न सिक्छौं। (२ कोरि. ४:१, ७, NW) यो साँच्चै एउटा आशिष्‌को कुरा हो! यस किसिमको भरोसा विकास गर्दा हामी आफ्नो सेवकाई पूरा गर्न मात्र होइन तर जीवनमा आइपर्न सक्ने जस्तोसुकै परिस्थितिको पनि डटेर सामना गर्न सुसज्जित हुन्छौं। (फिलि. ४:११-१३) साँच्चै, यहोवामाथि पूर्णतया भर पर्न सिक्नु धीरज धारण गर्ने कुञ्जी हो। (भज. ५५:२२) थुप्रै तरिकामा प्रचारकार्यले हामीलाई धीरजी हुन मदत गर्छ।

  • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
    राज्य सेवकाई—२००५ | जून
    • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने

      भाग १०: घर-घरको सेवकाईमा विद्यार्थीलाई प्रशिक्षण दिने

      १ कुनै बाइबल विद्यार्थी बप्तिस्मा अप्राप्त प्रकाशक बन्‍न योग्य छन्‌ भन्‍ने कुरा प्राचीनहरूले पक्का गरिसकेपछि तिनले मण्डलीसित मिलेर जन प्रचारकार्यमा भाग लिन थाल्न सक्छन्‌। (अर्गनाइज्ड टु डु जेहोभाज्‌ विल, पृ. ७९-८१ हेर्नुहोस्‌।) घर-घरमा प्रचार गर्दा आइपर्ने चुनौतीको सामना गर्न हामी कसरी विद्यार्थीलाई मदत गर्न सक्छौं?

      २ सँगै तयारी गर्ने: राम्रो तयारी अत्यावश्‍यक छ। हाम्रो राज्य सेवकाई र रीजनिङ पुस्तकमा सुझावित प्रस्तुतिहरू कहाँ पाउन सकिन्छ, विद्यार्थीलाई देखाउनुहोस्‌ र स्थानीय इलाकामा व्यावहारिक हुने खालको सरल परिचय छान्‍न तिनलाई मदत गर्नुहोस्‌। सेवकाईमा बाइबल चलाउन तिनलाई सुरुदेखि नै प्रोत्साहन दिनुहोस्‌।—२ तिमो. ४:२.

      ३ सँगै पूर्वाभ्यास गर्नु नयाँ प्रकाशकको लागि निकै लाभदायी हुन्छ। विद्यार्थीले प्रस्तुति पूर्वाभ्यास गर्दा, प्रचार इलाकाका मानिसहरूले अक्सर देखाउने प्रतिक्रियाको कसरी कौशलतासाथ सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (कल. ४:६) घरधनीले सोध्न सक्ने हरेक प्रश्‍नको जवाफ मसीही सेवकहरूलाई थाह हुनै पर्छ भन्‍ने छैन भनेर तिनलाई ढुक्क पार्नुहोस्‌। अनुसन्धान गरेर थप छलफलको लागि फेरि आउनेछु भन्‍नु यस्ता प्रश्‍नहरूको जवाफ दिने उत्तम तरिका हो—हितो. १५:२८.

      ४ सँगै प्रचार गर्ने: विद्यार्थीले पहिलो चोटि घर-घरको सेवकाईमा भाग लिंदा तपाईंहरू दुवै मिलेर तयार पारेको प्रस्तुति तपाईंले प्रस्तुत गर्नुहुँदा तिनलाई हेर्न लगाउनुहोस्‌। त्यसपछि तिनलाई पनि प्रचार गर्न लगाउनुहोस्‌। कुनै-कुनै अवस्थामा नयाँ प्रकाशकलाई प्रस्तुतिको थोरै अंश मात्र प्रस्तुत गर्न दिनु बेस हुन्छ; जस्तै: शास्त्रपद पढेर त्यसबारे टिप्पणी गर्न लगाउने। विद्यार्थीको व्यक्‍तित्व अनि क्षमतालाई विचार गर्नुहोस्‌। (फिलि. ४:५) प्रचारकार्यको विभिन्‍न पक्षमा तिनलाई प्रगतिशील ढङ्‌गमा प्रशिक्षण दिनुहुँदा तिनको सराहना गर्न कन्जुस्याइँ नगर्नुहोस्‌।

      ५ सेवकाईमा भाग लिनको लागि नियमित तालिका बनाउन नयाँ प्रकाशकलाई मदत गर्नु महत्त्वपूर्ण छ र सम्भव भए हप्तैपिच्छे यसो गर्नु बेस हुन्छ। (फिलि. ३:१६) सेवकाईमा सँगै काम गर्ने निश्‍चित प्रबन्ध मिलाउनुहोस्‌ र अरू जोसिला भाइबहिनीहरूसँग पनि काम गर्न तिनलाई प्रोत्साहन दिनुहोस्‌। उनीहरूको उदाहरण अनि संगतिले तिनलाई आफ्नो कौशलता विकास गर्न र घर-घरको प्रचारकार्यबाट आनन्द प्राप्त गर्न मदत गर्नेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने