प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bh पृ. २१९-पृ. २२०
  • “महान्‌ बेबिलोन”-को चिनारी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “महान्‌ बेबिलोन”-को चिनारी
  • बाइबलले वास्तवमा के सिकाउँछ?
  • मिल्दोजुल्दो सामग्री
  • बेबिलोनको नाश हुँदा शोक र हर्ष
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • महान शहरको विध्वंस
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
बाइबलले वास्तवमा के सिकाउँछ?
bh पृ. २१९-पृ. २२०

अतिरिक्‍त लेख

“महान्‌ बेबिलोन”-को चिनारी

प्रकाशको किताबमा भएका कतिपय अभिव्यक्‍तिहरूको प्रतीकात्मक अर्थ छ। (प्रकाश १:१) उदाहरणको लागि, एउटी स्त्रीको निधारमा “महान्‌ बेबिलोन” लेखिएको छ। त्यो स्त्री ‘भीड र राष्ट्रमाथि’ बसेकी छे। (प्रकाश १७:१, ५, १५) एउटी स्त्री त्यसरी ‘भीड र राष्ट्रमाथि’ बस्न सक्दैन। त्यसैले महान्‌ बेबिलोन प्रतीकात्मक हुनुपर्छ। त्यसोभए त्यो स्त्री अर्थात्‌ वेश्‍याले केलाई चित्रण गर्छ?

प्रकाश १७:१८ मा त्यही प्रतीकात्मक स्त्रीबारे वर्णन गरिएको छ, जो “ठूलो सहर हो, जसले पृथ्वीका राजाहरूमाथि राज गर्छ।” “सहर” शब्दले मानिसहरूको सङ्‌गठित समूहलाई बुझाउँछ। त्यस “ठूलो सहर”-ले “पृथ्वीका राजाहरूमाथि” अधिकार जमाएकोले महान्‌ बेबिलोन शक्‍तिशाली अन्तरराष्ट्रिय सङ्‌गठन हुनुपर्छ। त्यसलाई विश्‍व साम्राज्य भन्‍नु उपयुक्‍त छ। केको विश्‍व साम्राज्य? धार्मिक साम्राज्य। हामी किन यसो भन्‍न सक्छौं? प्रकाशको किताबमा दिइएका केही विवरण विचार गरौं।

साम्राज्य विभिन्‍न किसिमको हुन सक्छ। जस्तै: राजनैतिक, आर्थिक वा धार्मिक। महान्‌ बेबिलोन राजनैतिक साम्राज्य होइन किनभने “पृथ्वीका राजाहरू” अर्थात्‌ संसारका राजनैतिक तत्त्वहरूले त्यससँग “अवैध यौनसम्बन्ध राखे” भनी बाइबल बताउँछ। त्यस्तो अवैध यौनसम्बन्धले संसारका शासकहरूसितको साँठगाँठलाई बुझाउँछ। त्यसकारण महान्‌ बेबिलोनलाई “महावेश्‍या” भनिएको हो।—प्रकाश १७:१, २; याकूब ४:४.

महान्‌ बेबिलोन एउटा आर्थिक साम्राज्य पनि हुन सक्दैन किनभने “पृथ्वीका व्यापारीहरू”-ले त्यसको विनाशमा बिलौना गर्नेछन्‌। राजा र व्यापारीहरू दुवैले महान्‌ बेबिलोनलाई “टाढै” उभिएर हेर्नेछन्‌। (प्रकाश १८:३, ९, १०, १५-१७) त्यसकारण महान्‌ बेबिलोन राजनैतिक वा आर्थिक साम्राज्य नभई धार्मिक साम्राज्य हो भन्‍ने निष्कर्षमा पुग्नु उचित छ।

महान्‌ बेबिलोनले “तन्त्रमन्त्रद्वारा” सबै राष्ट्रलाई बहकाउँछ भन्‍ने अभिव्यक्‍तिले त्यो धार्मिक साम्राज्य नै हो भनेर पुष्टि हुन्छ। (प्रकाश १८:२३) सबै प्रकारका तन्त्रमन्त्रको स्रोत धर्म र दुष्ट स्वर्गदूतहरू नै भएको हुँदा बाइबलले महान्‌ बेबिलोनलाई “दुष्ट स्वर्गदूतहरू बास गर्ने ठाउँ” भन्‍नु अनौठो कुरा होइन। (प्रकाश १८:२; व्यवस्था १८:१०-१२) यस साम्राज्यले साँचो धर्मको चर्को विरोध गर्नुका साथै “भविष्यवक्‍ता” तथा “पवित्र जनहरू”-लाई सताउँछ। (प्रकाश १८:२४) महान्‌ बेबिलोनले साँचो धर्मलाई अत्यन्तै घृणा गर्ने हुँदा त्यसले “येशूका साक्षीहरू”-लाई निर्ममतापूर्वक सताउनुका साथै हत्यासमेत गर्छ। (प्रकाश १७:६) त्यसकारण महान्‌ बेबिलोन नाम गरेकी त्यस स्त्रीले झूटो धर्मको विश्‍व साम्राज्यलाई बुझाउँछ र यसमा यहोवा परमेश्‍वरको विरोध गर्ने सबै धर्म समावेश छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने