प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 अप्रिल पृ. १
  • जोस बढाउन के गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जोस बढाउन के गर्ने
  • हाम्रो राज्य सेवकाई—२००६
  • मिल्दोजुल्दो सामग्री
  • “आत्मामा जोशिलो होओ”
    हाम्रो राज्य सेवकाई—२००९
  • उत्सुकतासाथ सुसमाचार घोषणा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • के तपाईं “असल कामहरूमा जोसिलो” हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • साँचो उपासनाको लागि जोसिलो हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००६
km06 अप्रिल पृ. १

जोस बढाउन के गर्ने

१ अपोल्लसले जोसका साथ सेवकाईमा भाग लिन्थे र तिनको त्यस्तो जोसलाई विचार गर्दा अहिले प्रचारकार्यमा खुबै प्रयत्न गरिरहेका सँगी मसीहीहरू पनि हाम्रो मनमा आउन सक्छ। (प्रेरि. १८:२४-२८) तर हामी सबैलाई नै यस्तो सल्लाह दिइएको छ: “प्रयत्न गर्नमा अल्छी नहोओ, आत्मामा जोशिलो होओ।” (रोमी १२:११) मसीही सेवकाईमा जोसिलो हुन र त्यस जोसलाई बढाउन केले मदत गर्छ?

२ ज्ञानले बढाएको जोस: येशू दुई चेलासामु देखा पर्नुभएर “आफ्नो विषयका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो।” त्यसपछि तिनीहरूले यसो भने, “उहाँले हामीसित बाटोमा कुरा गर्नुहुँदा . . . के हाम्रो हृदय हामीमा बलेको थिएन र?” (लूका २४:२७, ३२) त्यसै गरी, परमेश्‍वरको वचनको ज्ञानमा बढ्‌दै जाँदा के हामीले पनि आफ्नो हृदय जोसले बलेको महसुस गर्दैनौं र? हो, ज्ञानले विश्‍वास बढाउँछ। रोमी १०:१७ यसो भन्छ: “विश्‍वास सुनाइबाट . . . आउँछ।” यहोवाका प्रतिज्ञाहरूमा भित्रैदेखि विश्‍वस्त भएपछि हामी आफूले सिकेका कुरा नबोली बस्न सक्‍तै-सक्‍तैनौं!—भज. १४५:७; प्रेरि. ४:२०.

३ परमेश्‍वरप्रतिको प्रेम बलियो बनाइराख्न र सेवकाईप्रतिको जोस पनि चम्काइराख्न पहिला जति ज्ञान हासिल गऱ्‍यौं त्यसकै भरमा मात्र बस्न सक्दैनौं। सत्यको ज्ञान बढाउँदै लगेर परमेश्‍वरप्रतिको प्रेमलाई झन्‌-झन्‌ गहिरो बनाउनै पर्छ। अन्यथा हाम्रो सेवा बिस्तारै झारो टार्ने जस्तो मात्र हुनेछ। (प्रका. २:४) परमेश्‍वरको वचनमा यस्तो आग्रह गरिएको छ, “परमेश्‍वरको [“सही,” NW] ज्ञानमा बढदै” जाओ।—कल. १:९, १०.

४ अध्ययन गर्ने बानी: यसैकारण आफ्नो अध्ययन गर्ने बानीबारे विचार गर्नु बेस हुनेछ। उदाहरणका लागि, हामीले प्रहरीधरहरा-को अध्ययन लेखमा प्रश्‍नको जवाफ भेट्टाएर चिह्न लगाउने र सही टिप्पणी गर्ने त गर्छौं होला। तर के लेखमा उल्लेख गरिएका बाइबल पदहरू पल्टाएर हेर्ने अनि त्यो विषयवस्तु जीवनमा कसरी लागू हुन्छ भनी गौर गर्छौं? साप्ताहिक बाइबल पढाइ हामी पढ्‌नु त पढ्‌छौं नै तर परिस्थितिले दिंदा थप अनुसन्धान गरेर त्यसबाट के-कस्ता पाठ सिक्न सक्छौं, मनन गर्ने गर्छौं? (भज. ७७:११, १२; हितो. २:१-५) परमेश्‍वरको वचनमा चिन्तन गरेर त्यसबाट बल पाउनु कत्ति लाभदायी! (१ तिमो. ४:१५, १६) यस्तो अर्थपूर्ण अध्ययनले हाम्रो हृदयलाई पोषित बनाउनुका साथै “सुकर्ममा जोशिलो” हुन फुर्तिलो बनाउँछ।—ती. २:१४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने