-
“तिमीहरू पनि तयार रहो”राज्य सेवकाई—२००३ | नोभेम्बर
-
-
“तिमीहरू पनि तयार रहो”
१ यस रीतिरिवाजको अन्तसम्बन्धी आफ्नो उल्लेखनीय भविष्यवाणीमा येशूले जीवनका अनावश्यक फिक्रीहरूमा चुर्लुम्मै नडुब्न चेतावनी दिनुभयो। (मत्ती २४:३६-३९; लूका २१:३४, ३५) महासंकष्ट कुनै पनि बेला सुरु हुन सक्ने भएको कारण हामीले येशूको सल्लाहलाई ध्यान दिनु अत्यावश्यक छ: “तिमीहरू पनि तयार रहो किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउँछ।” (मत्ती २४:४४) यस सन्दर्ममा हामीलाई कुन कुराले मदत गर्न सक्छ?
२ फिक्री तथा अलमल्याउने कुराहरू विरुद्ध लड्ने: हामी सतर्क रहनै पर्ने एउटा आध्यात्मिक पासो भनेको “जीवनको फिक्री” हो। (लूका २१:३४) कुनै-कुनै मुलुकहरूमा, गरिबी, बेरोजगारी अनि महँगीले गर्दा जीवनका आवश्यकताहरू पूरा गर्नै हम्मेहम्मे पर्छ। अन्य मुलुकहरूमा चाहिं, भौतिक सुखसुविधाका कुराहरू प्राप्त गर्नु सामान्य कुरा हो। भौतिक कुराहरूबारे हामी बढ्तै चिन्तित हुन थाल्यौं भने, राज्यका वास्तविकताहरूदेखि हाम्रो ध्यान विकर्षण हुने खतरामा पर्नेछौं। (मत्ती ६:१९-२४, ३१-३३) मसीही सभाहरूले हामीलाई त्यसरी ध्यान विकर्षण हुन नदिन मदत गर्छ। के प्रत्येक सभामा उपस्थित हुने तपाईंको लक्ष्य छ?—हिब्रू १०:२४, २५.
३ आज संसारमा तीन थुप्रो अलमल्याउने कुराहरू छन्, जसले हाम्रो बहुमूल्य समय सजिलै खाइदिन सक्छ। इन्टरनेट चलाएर, ई-मेल पढेर अनि पठाएर वा कम्प्युटर गेम खेलेर अत्यधिक समय बिताउँदा कम्प्युटरको प्रयोग एउटा पासो बन्न सक्छ। टेलिभिजन, चलचित्र, सौखहरू, सांसारिक पुस्तकको पढाइ अनि खेलकुदमा अचाक्ली समय बिताउँदा आध्यात्मिक गतिविधिहरूको लागि यथेष्ट समय वा शक्ति नमिल्न सक्छ। मनोरञ्जन र आरामले अस्थायी स्फूर्ति प्रदान गर्न सक्ने भए तापनि व्यक्तिगत तथा पारिवारिक बाइबल अध्ययनले चिरकालीन लाभहरू पुऱ्याउन सक्छन्। (१ तिमो. ४:७, ८) हरेक दिन परमेश्वरको वचनमा मनन गर्न के तपाईं समय निकाल्नुहुन्छ?—एफि. ५:१५-१७.
४ यहोवाको संगठनले “आउनलागेका कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामने खड़ा हुनसक्न” हामीलाई मदत गर्नको लागि आध्यात्मिक निर्देशनको कार्यक्रम प्रबन्ध गरेकोमा हामी कत्ति कृतज्ञ हुन सक्छौं! (लूका २१:३६) हामी यी प्रबन्धहरूबाट पूरापूर लाभ उठाऔं र हाम्रो विश्वास “येशू ख्रीष्टको प्रकाशमा प्रशंसा, महिमा र आदरमा पाइओस्” भन्ना खातिर ‘आफैलाई तयार राख्न’ सकौं।—१ पत्रु. १:७.
-
-
प्रशंसाले स्फूर्ति दिन्छराज्य सेवकाई—२००३ | नोभेम्बर
-
-
प्रशंसाले स्फूर्ति दिन्छ
१ सुत्ने बेलामा एउटी सानी बच्ची “के म आज ज्ञानी भइनँ?” भन्दै रोई। त्यस प्रश्नले उनकी आमालाई छक्कै पाऱ्यो। त्यो दिन आफ्नी छोरीले ज्ञानी हुने कोसिस गरेको देख्दा-देख्दै पनि आमाले प्रशंसाको एक शब्द पनि मुखबाट निकालेकी थिइनन्। प्रशंसा नपाएपछि रोएकी उक्त सानी बच्चीको घटनाले चाहे हामी जवान हौं या वृद्ध, सबैलाई प्रशंसा चाहिन्छ भन्ने कुरा सम्झाउँछ। के हामी आफू वरपरका मानिसहरूले गर्ने असल कामको लागि प्रशंसा व्यक्त गरेर उनीहरूलाई स्फूर्ति प्रदान गर्छौं?—हितो. २५:११.
२ सँगी मसीहीहरूले उनीहरूको प्रशंसा गर्ने थुप्रै जायज कारणहरू दिन्छन्। प्राचीन, सेवकाई सेवकहरू र अग्रगामीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गर्न कडा मेहनत गर्छन्। (१ तिमो. ४:१०; ५:१७) ईश्वरभीरु आमाबाबुले आफ्ना छोराछोरीलाई यहोवाको मार्गमा हुर्काउन सक्दो कोसिस गर्छन्। (एफि. ६:४) मसीही युवाहरूले “संसारको आत्मा[को]” प्रतिरोध गर्न कडा संघर्ष गर्छन्। (१ कोरि. २:१२; एफि. २:१-३) अरूले चाहिं वृद्धावस्था, स्वास्थ्य समस्या वा अन्य परीक्षाहरूको बावजुद विश्वासी भई यहोवाको सेवा गर्छन्। (२ कोरि. १२:७) यस्ता व्यक्तिविशेषहरू सबै नै प्रशंसा गरिन लायक छन्। के हामी तिनीहरूको प्रशंसायोग्य प्रयासको मूल्यांकन गर्छौं?
३ व्यक्तिगत तथा तोकेरै: मञ्चबाट गरिने प्रशंसाको हामी सबै जना साँच्चै मूल्यांकन गर्छौं। तथापि, व्यक्तिगत रूपमा हाम्रो प्रशंसा गरिंदा त्यो झनै स्फूर्तिदायी हुन्छ। उदाहरणका लागि, रोमीहरूलाई लेखेको आफ्नो पत्रको १६ औं अध्यायमा पावलले फिबी, प्रिस्का र अक्वीला, त्रिफेना र त्रिफोसा तथा परसीसजस्ता व्यक्तिहरूबारे तोकेरै प्रशंसाका शब्दहरू व्यक्त गरे। (रोमी १६:१-४, १२) ती विश्वासी जनहरूका लागि तिनका शब्दहरू कत्ति स्फूर्तिदायी साबित भएको हुनुपर्छ! यस्तो प्रशंसाले हाम्रा भाइबहिनीहरूलाई उनीहरूको आवश्यकता छ भन्ने कुराको आश्वासन दिनुका साथै यसले हामीलाई उनीहरूसँग घनिष्ठ बनाउँछ। के तपाईंले हालै कसैको व्यक्तिगत रूपमा तोकेरै प्रशंसा गर्नुभएको छ?—एफि. ४:२९.
४ हृदयदेखि नै: साँच्चै स्फूर्तिदायी हुनको लागि प्रशंसा निश्छल हुनै पर्छ। हामीले साँच्चै हृदयदेखि भनिरहेका छौं वा ‘सर्काइ’ मात्र रहेका छौं भन्ने कुरा मानिसहरूले छुट्याउन सक्छन्। (हितो. २८:२३) जसै हामी अरूमा असल गुणहरू खोज्न आफूलाई प्रशिक्षण दिन्छौं, हाम्रो हृदय प्रशंसा गर्न उत्प्रेरित हुनेछ। “ठीक बेलामा भनिएको कुरा झन् कति असल हुन्छ” भन्ने कुरालाई मनमा राख्दै हामी साँचो प्रशंसा गर्न कन्जुस्याइँ नगरौं!—हितो. १५:२३.
-