-
नमुना प्रस्तुतिहरू कसरी चलाउनेराज्य सेवकाई—२००५ | जनवरी
-
-
५. हामीले किन विभिन्न खाले प्रस्तुति तयार गर्नुपर्छ र हामी कसरी यसो गर्न सक्छौं?
५ अन्य तरिकाहरू: के हामीले नमुना प्रस्तुतिहरूमा बताइएका तरिकाहरू मात्रै चलाउनुपर्छ भन्ने छ र? अहँ, छैन। यदि तपाईंलाई अर्कै तरिका वा अर्कै शास्त्रपद चलाउन सजिलो लाग्छ भने त्यही चलाउनुहोस्। विशेष गरी पत्रिकाहरू प्रस्तुत गर्दा आफ्नो इलाकाका मानिसहरूलाई मनपर्ने खालका लेखहरू देखाउने मौका खोज्नुहोस्। सेवा सभामा क्षेत्र सेवाका लागि प्रस्तुतिहरू प्रदर्शन गर्दा स्थानीय इलाकामा प्रभावकारी सिद्ध हुने खालका प्रस्तुतिहरू प्रदर्शन गरेर देखाउने प्रबन्धहरू मिलाउन सकिन्छ। यसरी प्रभावकारी ढङ्गमा सुसमाचार सुनाउन सबैलाई मदत गर्न सकिन्छ।
-
-
पत्रिकाहरूबारे के भन्नेराज्य सेवकाई—२००५ | जनवरी
-
-
पत्रिकाहरूबारे के भन्ने
प्रहरीधरहरा जन. १५
“हामी सबैजना आफ्नो र आफ्ना छोराछोरीको लागि सर्वोत्तम जीवन चाहन्छौं तर धेरैलाई यस्तो जीवन प्राप्त गर्न सकिंदैन जस्तो लाग्छ। के तपाईंलाई हामी आफ्नो भविष्यलाई नियन्त्रण गर्न सक्छौं जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] हामी शक्तिहीन छैनौं तर अहिले हामीले गर्ने छनौटहरूमा हाम्रो भविष्य निर्भर हुन्छ भनेर यस पत्रिकाले बाइबलबाट बताउँछ।” व्यवस्था ३०:१९ पढ्नुहोस्।
ब्यूँझनुहोस्! जन. ८
“सामाजिक कार्यकर्ता तथा अन्य निकायहरूको अथक प्रयासको बावजुद एड्स-बारे गलत धारणाहरू व्याप्त छन्। [“एड्स-बारे गलत धारणाहरू” भन्ने पेटी देखाउनुहोस् र जवाफ दिने मौका दिनुहोस्।] यस अंकमा यस्ता गलत धारणाहरू लगायत हामी कसरी यसबाट पीडित व्यक्तिहरूलाई सान्त्वना दिन सक्छौं भन्ने कुरा छलफल गरिएको छ। यसमा परमेश्वरले हाम्रो लागि राखिदिनुभएको आशाबारे पनि बताइएको छ।” यशैया ३३:२४ पढ्नुहोस्।
प्रहरीधरहरा फेब्रु. १
“आज धेरै मानिसहरू थिचोमिचो र हिंसाको सिकार हुनु साह्रै दुःखलाग्दो कुरा हो नि, होइन र? [भर्खरै घटेको कुनै स्थानीय घटना उल्लेख गर्नुहोस् र जवाफ दिने मौका दिनुहोस्।] यस पत्रिकामा परमेश्वरले मानिसको जीवनलाई कस्तो ठान्नुहुन्छ भन्ने विषयमा छलफल गरिएको छ। आज व्याप्त दुःखकष्टबाट उहाँले हामीलाई कसरी मुक्त गर्नुहुनेछ भन्ने कुरा पनि यसमा बताइएको छ।” भजन ७२:१२-१४ पढ्नुहोस्।
ब्यूँझनुहोस्! फेब्रु. ८
“प्रविधिको क्षेत्रमा भएका उन्नतिहरूले मित्रतासम्बन्धी मानिसको आधारभूत आवश्यकतालाई परिवर्तन गर्न सकेका छैनन्। तर सामाजिक परिवर्तनहरूले गर्दा हिजोआज घनिष्ठ मित्रता विकास गर्नै चुनौतीपूर्ण भएको कुरा के तपाईंले याद गर्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि हितोपदेश १८:२४ पढ्नुहोस्।] यस पत्रिकामा हामी कसरी साँचो साथी बनाउन तथा त्यसलाई कायम राख्न सक्छौं भन्ने कुरा छलफल गरिएको छ।”
-