प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नाविकबाट पाठ
    प्रहरीधरहरा—२००० | अगस्त १५
    • नाविकबाट पाठ

      खुला समुद्रमा एक्लै जहाज खियाउनु असाध्यै थकाइलाग्दो हुनसक्छ। थकाइले लखतरान भएको बेला नाविकले आफ्नो चेतना गुमाएर गलत निर्णयहरू गर्नसक्छन्‌। यसैकारण, उसले समुद्री लंगरको महत्त्व बुझेको हुन्छ। यसले थकित नाविकलाई विश्राम गर्न र विना कुनै खतरा स्फूर्ति दिन्छ। यसबाहेक, समुद्री लंगरले जहाजको अघिल्लो भागलाई काबुमा राख्दै, हावा र समुद्री छालबाट जहाजलाई स्थिर गराउँछ।

      जसरी नाविकले समुद्रमा असंख्य खतराहरू सामना गर्छन्‌, त्यसै गरी मसीहीहरूले पनि यस संसारमा निरन्तर दबाउहरूको सामना गर्नुपर्छ र आराम गर्नुपर्ने आवश्‍यकता महसुस गर्छन्‌। वास्तवमा, येशूले पनि आफ्ना चेलाहरूलाई यस्तो सल्लाह दिनुभयो: “तिमीहरू आफै पनि सुटुक्क एकान्त ठाउँमा आओ, र केही थकाइ मार।” (मर्कूस ६:३१) आज कोही कोही आफ्नो परिवारसित मिलेर आराम गर्न केही हप्ता वा सप्ताहन्त घुम्न जाने गर्छन्‌। यी क्षणहरू आनन्दित र स्फूर्तिदायक हुन सक्छन्‌। यद्यपि, यस्तो समयमा पनि हामी आफ्नो आध्यात्मिकता कसरी जोगाइ राख्नसक्छौं? तर्केर नगई स्थिर रहन मदत गर्ने त्यो आध्यात्मिक समुद्री लंगर के हो?

      यहोवाले उदारतासाथ हाम्रोनिम्ति प्रबन्ध गरिदिनुभएको छ। यो अरू केही नभई उहाँकै पवित्र वचन, बाइबल हो। यसलाई दिनहुँ पढ्‌नाले, हामी यहोवाको नजिक हुनसक्छौं र उहाँबाट कहिल्यै टाढा हुनेछैनौं। यसको सल्लाहले हामी स्थिर हुन्छौं र शैतान तथा त्यसको संसारले ल्याउने प्रलोभनको सामना गर्न सक्षम हुन्छौं। दिनहुँ बाइबल पढ्‌ने तालिकालाई कायम राख्दा कहिलेकाहीं हामी त्यस तालिकाअनुरूप चल्न नसक्दा पनि त्यसले आध्यात्मिक लंगरको काम गर्नसक्छ। —यहोशू १:७, ८; कलस्सी २:७.

      भजनरचयिता हामीलाई यसरी सम्झाउँछन्‌, “त्यो मानिस धन्य हो” जो “परमप्रभुको व्यवस्थामानै . . . प्रसन्‍न रहन्छ, र दिनरात उहाँकै व्यवस्थामा त्यसले ध्यान दिन्छ।” (भजन १:१, २) दिनहुँ परमेश्‍वरको वचन पढ्‌नाले आनन्दित र स्फूर्तिदायक परिणाम पाउने हुँदा हामी “प्रसन्‍न” हुनसक्छौं र यसले हामीलाई आफ्नो मसीही मार्गमा लागिरहन तयार पार्छ।

  • के तपाईंकहाँ पनि कोही आएको मन पराउनुहुन्छ?
    प्रहरीधरहरा—२००० | अगस्त १५
    • के तपाईंकहाँ पनि कोही आएको मन पराउनुहुन्छ?

      यस संकटग्रस्त संसारमा पनि परमेश्‍वरबारे बाइबलमा पाइने सही ज्ञान, उहाँको राज्य र मानिसजातिका निम्ति उहाँको अद्‌भुत उद्देश्‍य जानेर तपाईं आनन्दित हुन सक्नुहुन्छ। यसबारे थप जानकारी वा निश्‍शुल्क गृह बाइबल अध्ययन चाहनुहुन्छ भने कृपया Watch Tower, H-58 Old Khandala Road, Lonavla 410 401, Mah., India वा पृष्ठ २ मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै ठेगानामा लेख्नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने