-
घोषणाहरूराज्य सेवकाई—२००५ | नोभेम्बर
-
-
घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू नोभेम्बर: बाइबलका कथाहरू भएको मेरो पुस्तक। घरधनीका छोराछोरी छैनन् भने, ज्ञान पुस्तक वा के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ। डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक। मण्डलीको स्टकमा छ भने द बाइबल—गड्स वर्ड अर म्यान्स्?, बाइबलका कथाहरू भएको मेरो पुस्तक वा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पनि प्रस्तुत गर्न सक्नुहुन्छ। जनवरी: सन् १९९१ अघि प्रकाशित कुनै पनि १९२ पृष्ठे पुराना पुस्तकहरू प्रस्तुत गर्न सकिन्छ। घरधनीले यी पुस्तकहरू लिन नमानेमा जागा रहो! पुस्तिका प्रस्तुत गर्न सकिन्छ। फेब्रुअरी: प्रकाश त्यसको चरमोत्कर्ष पुस्तक। यो पुस्तक छैन भने ज्ञान पुस्तक र मृत्यु माथि विजय पुस्तिका प्रस्तुत गर्नुहोस्।
◼ मण्डलीका अध्यक्ष वा उनले खटाएको कुनै भाइले डिसेम्बर १ वा त्यसको लगत्तै लेखा परीक्षण गर्नुपर्छ। स्याहार-सम्भार वा निर्माणको लागि बेग्लै लेखा हिसाब राखिएको छ भने यसको पनि लेखा परीक्षण गर्नुपर्छ। लेखा परीक्षण गरिसकेपछि अर्को चोटिको लेखा रिपोर्टमा यसबारे मण्डलीमा घोषणा गर्नुपर्छ।
◼ विश्वव्यापी कार्य, राज्यभवन निर्माण कोष र सीधै शाखा कार्यालयको लागि पठाइने अनुदानको चेक अथवा बैंक ड्राफ्ट “वाचटावर सोसाइटी”-को नाउँमा पठाउनुपर्छ।
◼ जनवरी महिनाको सेवा सभामा ट्रान्सफ्युजन-अल्टरनेटिभ हेल्थ केयर—मिटिङ पेस्यन्ट निड्स एण्ड राइट्स भिडियो छलफल गरिनेछ। आवश्यक छ भने, मण्डलीमार्फत छिट्टै मगाइहाल्नुहोस्।
-
-
सहयोगी हात कसरी अघि सार्ने?राज्य सेवकाई—२००५ | नोभेम्बर
-
-
सहयोगी हात कसरी अघि सार्ने?
१ विश्वमा कतै विपत्तिले प्रहार गरेको खबर सुन्ने बित्तिकै यहोवाका साक्षीहरूमाझ अक्सर यो प्रश्न उठ्ने गर्छ, “सहयोगी हात कसरी अघि सार्ने?” प्रथम शताब्दीमा यहूदामा अनिकाल लाग्दा भाइहरूलाई राहत जुटाउन मसीहीहरू कत्तिको दत्तचित्त भई लागे, प्रेरित ११:२७-३० मा यो विवरण पाउँछौं।
२ चाहे प्राकृतिक विपत्तिले प्रहार गरोस् वा मान्छे स्वयम्ले निम्त्याएको विपत्तिले, आज पनि परोपकारी कार्य तथा मानवीय सेवामा रकम खर्च गर्ने नीति हाम्रो संगठनको रहेको छ।
३ उदाहरणस्वरूप, पोहोर साल दक्षिण एसियामा सुनामी पीडितहरूलाई मदत गर्न धेरै भाइबहिनीहरूको अनुदान ओइरियो। चोखो मानवीय भावसहित संगठनको राहत कोषमा रकम पठाउने सबैप्रति हामी हार्दिक कृतज्ञ छौं। तर कुनै-कुनै देशमा जुन उद्देश्यको लागि दाताले अनुदान पठाउँछ, उक्त अनुदान निश्चित समयावधिमा सोही कामबाहेक अन्य काममा खर्च गर्न पाइँदैन। चाहे, पीडितहरूको खाँचो स्थानीय रूपमै पूरा भइसकेको किन नहोस्।
४ त्यसैले, कृपया मानवीय सेवा अनि विपत्ति पीडितहरूको लागि अनुदान पठाउँदा विश्वव्यापी कार्यको कोषमै पठाउनुहुन विशेष अनुरोध गर्दछौं। यसो गर्दा तपाईंहरूले पठाउनुभएको यो अनुदान विपत्ति पीडितहरूलाई राहत दिन खर्च त गरिन्छ नै, साथै भाइहरूको आध्यात्मिक खाँचो पूरा गर्न पनि प्रयोग गरिन्छ। तैपनि कसै-कसैले विपत्ति पीडितहरूको लागि विश्वव्यापी कार्यको कोषमा नभई छुट्टै अनुदान पठाउन चाहन्छ भने, त्यो पनि हामी स्वीकार्छौं र राहत कार्यकै लागि मात्र उक्त अनुदान खर्च गर्नेछौं। तर कहाँ र कसरी खर्च गरिनुपर्छ भनेर नतोकीकन अनुदान पठाउनुभएमा हामी अझ बढी आभारी हुनेछौं।
५ अनुदानलाई विश्वव्यापी कार्यको लागि लक्षित गर्नुको हाम्रो उद्देश्य विपत्ति पीडितहरूलाई राहत दिन मात्र होइन तर राज्य गतिविधिको सबै पक्षमा उक्त अनुदानको प्रयोग गर्नु हो। अनि यो कार्यमा एफिसी ४:१६ को मर्मअनुसार हामी एकजुट भइ लाग्छौं, जहाँ लेखिएको छ, “सारा शरीर ठीक ठीक एकसाथ गाँसिएर एक भई प्रेममा आफ्नै निर्माणको निम्ति शरीरको वृद्धि गराउँछ।”
-