प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 जनवरी पृ. १
  • फलदायी सेवकाईको लागि प्रेम नभई हुँदैन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फलदायी सेवकाईको लागि प्रेम नभई हुँदैन
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो छिमेकीलाई माया गर्नुको अर्थ के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • येशूको अनुकरण गर्दै प्रेमसाथ सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • तपाईंलाई माया गर्ने परमेश्‍वरलाई माया गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • “कामद्वारा साँचो प्रेम गरौं”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 जनवरी पृ. १

फलदायी सेवकाईको लागि प्रेम नभई हुँदैन

१ “मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।” (मत्ती ११:२८) यी मनमोहक शब्दहरूमा मानिसहरूप्रति येशूको गहिरो प्रेम झल्कन्छ। निर्दयी संसारको बोझले गर्दा मानिसहरू दबिएका छन्‌। त्यसकारण हामी मसीही सेवकहरू येशूको अनुकरण गर्दै तिनीहरूप्रति प्रेम देखाउन चाहन्छौं। मानिसहरूलाई सुसमाचार सुनाउँदा हामी यस्तो प्रेम कसरी देखाउन सक्छौं?

२ बोलीद्वारा: मानिसहरूप्रतिको प्रेमले गर्दा येशूले मौका पाउनेबित्तिकै सुसमाचार सुनाउनुहुन्थ्यो। (यूह. ४:​७-१४) यस्तो प्रेम छ भने हामी अनौपचारिक साक्षी दिन हिचकिचाउनेछैनौं। डाक्टरलाई जँचाउन जाँदा, आफ्नो पालो पर्खिरहेकी एउटी आइमाईलाई छ वर्षीया केटीले राम्रो साक्षी दिइन्‌। उनले किन यसो गरिन्‌? उनले यसो भनिन्‌: “किन हो किन, त्यो आइमाईले पनि यहोवाबारे थाह पाउनुपर्छ जस्तो लाग्यो।”

३ निष्कपट र न्यानो मुस्कान अनि मित्रैलो बोलीद्वारा हाम्रो चासो देखाउन सक्छौं। अरूको कुरा ध्यान दिई सुनेर, उनीहरूको चिन्ता बुझिदिएर, व्यक्‍तिविशेषप्रति साँचो चासो देखाएर यस्तै प्रेम देखाइरहेका हुन्छौं। (हितो. १५:२३) येशूको अनुकरण गर्दै परमेश्‍वरको राज्यबारे प्रोत्साहनदायी सन्देश सुनाउनुका साथै मानिसहरूप्रति यहोवाको दयालाई जोड दिनुपर्छ।​—⁠मत्ती २४:१४; लूका ४:⁠१८.

४ कामद्वारा: येशूले अरूको आवश्‍यकता बुझ्नुहुन्थ्यो अनि व्यावहारिक तथा भौतिक तवरमा मदत गर्नुहुन्थ्यो। (मत्ती १५:३२) प्रचारकार्यमा भाग लिंदा हामीले पनि अरूलाई दया देखाउने मौका पाउन सक्छौं। टेलिफोन गरिरहकी एउटी आइमाईलाई अर्को व्यक्‍तिले फोनमा बताइरहेको महत्त्वपूर्ण सन्देश बुझ्न निकै गाह्रो भइरहेको एउटी साक्षी बहिनीले देखिन्‌। टेलि⁠फोनमा भन्‍न खोजिएको कुरा बुझाइदिएर यस बहिनीले मदत गरिन्‌। यसरी दया देखाउँदा बाइबलसम्बन्धी छलफल गर्ने बाटो खुल्यो र त्यस आइ⁠माई बाइ⁠बल अध्ययन गर्न राजी भइन्‌। त्यसै गरी, पुनःभेट गर्न जाँदा साक्षी भाइले घरधनी ढोकाबाट ठूलो सोफा छिराउन नसकेर हैरान भएको देखे। सोफा सार्न मदत गरेपछि ती घरधनीले धन्यवाद दिए र दुवै जना मजाले सोफामा बसेर बाइबल अध्ययन गर्न थाले।

५ प्रचारकार्यमा भाग लिंदा परमेश्‍वर र छिमेकीप्रति हाम्रो प्रेम देखाइरहेका हुन्छौं। (मत्ती २२:​३६-४०) यसरी बोली र कामद्वारा सोझा मानिसहरूलाई मदत गर्दा तिनीहरूले हामीसित साँच्चै सत्य रहेछ भनेर बुझ्नेछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने