-
किन बप्तिस्मा लिने?प्रहरीधरहरा—२००२ | अप्रिल १
-
-
गर्दा हामी आफ्नो जीवन धर्मशास्त्रमा उल्लिखित ईश्वरीय इच्छाअनुरूप प्रयोग गर्ने संकल्प व्यक्त गर्छौं। त्यस समर्पणलाई प्रतीकात्मक रूप दिंदै बप्तिस्मा लिन तयार भएका व्यक्तिलाई पानीमा चुर्लुम्म डुबाइन्छ, जसरी परमेश्वरको इच्छाबमोजिम गर्न प्रस्तुत हुँदा येशूलाई पनि यर्दन नदीमा बप्तिस्मा दिइएको थियो। (मत्ती ३:१३) त्यस महत्त्वपूर्ण घडीमा येशूले प्रार्थना गरिरहनुभएको थियो भन्ने कुरा उल्लेखनीय छ।—लूका ३:२१, २२.
१६. मानिसहरूले बप्तिस्मा लिएको देख्दा हामीले आफ्नो आनन्द कसरी व्यक्त गर्नु उचित हुनेछ?
१६ येशूको बप्तिस्मा गम्भीर तर आनन्ददायी क्षण थियो। वर्तमान समयमा मसीही बप्तिस्मा पनि त्यस्तै हो। मानिसहरूले परमेश्वरप्रति आफ्नो समर्पण प्रकट गरेको देख्दा हामीले आदरपूर्ण ढंगमा ताली बजाएर र भद्र तरिकामा बधाइ दिएर आफ्नो आनन्द व्यक्त गर्न सक्छौं। तर विश्वासको यस अभिव्यक्तिको पवित्रतालाई मनमा राखेर हल्ला गर्दै हर्षोल्लास गर्ने, सिटी बजाउने आदि काम भने गरिंदैन। हाम्रो आनन्द सम्मानजनक ढंगमा व्यक्त गरिन्छ।
१७, १८. व्यक्तिविशेषहरू बप्तिस्माका लागि योग्य छन् कि छैनन् भनी निधो गर्न कुन कुराले मदत गर्छ?
१७ बच्चाहरूलाई पानी छम्कने वा धर्मशास्त्रको ज्ञान नै नभएका जनसाधारणलाई जबरजस्ती बप्तिस्मा दिनेजस्ता कार्यहरू यहोवाका साक्षीहरूले कहिल्यै गर्दैनन् र तिनीहरूले कसैलाई जबरजस्ती पनि गर्दैनन्। वास्तवमा भन्ने हो भने, आध्यात्मिक तवरमा अयोग्य व्यक्तिहरूलाई तिनीहरूले बप्तिस्मा दिंदैनन्। सुसमाचारको बप्तिस्मा अप्राप्त प्रकाशक हुनअघि समेत मसीही प्राचीनहरूले तिनले बाइबलका आधारभूत शिक्षाहरू बुझेका छन् कि छैनन्, त्यसअनुरूप जीवन बिताइरहेका छन् कि छैनन् र “के तपाईं साँच्चै यहोवाका साक्षी हुन चाहनुहुन्छ?” जस्ता प्रश्नको सकारात्मक जवाफ दिन्छन् कि दिंदैनन् भनेर पक्का गर्छन्।
१८ प्रायजसो अवस्थामा मानिसहरूले राज्य प्रचारकार्यमा अर्थपूर्ण ढंगमा भाग लिन थालेपछि र बप्तिस्मा लिन इच्छा जाहेर गरेपछि तिनीहरूले यहोवालाई समर्पण गरेर बप्तिस्माको निम्ति ईश्वरीय आवश्यकता साँच्चै पूरा गरेका छन् कि छैनन् भनी पक्का गर्न मसीही प्राचीनहरूले छलफल गर्छन्। (प्रेरित ४:४; १८:८) बाइबल शिक्षाहरूबारे १०० वटाभन्दा बढी प्रश्नहरू छलफल गर्दा प्राचीनहरूले ती व्यक्तिहरूले बप्तिस्माको निम्ति ईश्वरीय आवश्यकता पूरा गरिरहेका छन् कि छैनन् भनी निधो गर्न सक्छन्। कोही-कोही योग्य हुँदैनन् र मसीही बप्तिस्मा लिन स्वीकृत हुँदैनन्।
के तपाईंलाई कुनै कुराले रोकिरहेको छ?
१९. यूहन्ना ६:४४ लाई विचार गर्दा येशूका सहशासकहरू को हुनेछन्?
१९ जबरजस्ती बप्तिस्मा लिन लगाइएका सर्वसाधारण व्यक्तिहरूमध्ये थुप्रैलाई तिनीहरू मृत्युपछि स्वर्गमा जानेछन् भनिएको थियो होला। तर उहाँको पाइला पछ्याउँदै हिंड्ने अनुयायीहरूलाई संकेत गर्दै येशूले यसो भन्नुभयो: “मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्तैन।” (यूहन्ना ६:४४) यहोवाले १,४४,००० जनालाई स्वर्गको राज्यमा येशूसित सहशासक हुन ख्रीष्टतर्फ खिच्नुभएको छ। जबरजस्ती बप्तिस्मा लिएका कसैलाई पनि परमेश्वरको यस प्रबन्धको महिमित स्थानको निम्ति योग्य ठहऱ्याइएको छैन।—रोमी ८:१४-१७; २ थिस्सलोनिकी २:१३; प्रकाश १४:१.
२०. बप्तिस्मा नलिएका कसै-कसैलाई कुन कुराले मदत गर्न सक्छ?
२० सन् १९३० दशकको बीचदेखि विशेष गरी “महा संकष्टबाट” बचेर पृथ्वीमा सधैंभरि बाँच्ने आशा राखेका हजारौं मानिसहरू येशूको “अरू भेड़ा[को]” भाग भएका छन्। (प्रकाश ७:९, १४; यूहन्ना १०:१६) तिनीहरू बप्तिस्माको निम्ति योग्य हुन्छन् किनभने तिनीहरूले परमेश्वरको वचनअनुरूप आफ्नो जीवन ढाल्छन् र ‘आफ्नो सारा हृदय, प्राण, शक्ति र मनले’ उहाँलाई प्रेम गर्छन्। (लूका १०:२५-२८) कसै-कसैलाई यहोवाका साक्षीहरू ‘परमेश्वरलाई आत्मा र सत्यतामा पुज्छन्’ भनी थाह भए तापनि तिनीहरूले अझै पनि येशूको उदाहरण पछ्याएका छैनन् र बप्तिस्माद्वारा यहोवाप्रति साँचो प्रेम तथा ऐकान्तिक भक्तिको सार्वजनिक रूपमा प्रमाण दिएका छैनन्। (यूहन्ना ४:२३, २४; व्यवस्था ४:२४; मर्कूस १:९-११) यस महत्त्वपूर्ण कदमबारे निष्कपटतासाथ तोकेरै प्रार्थना गर्दा पनि तिनीहरूले सबै कुरा परमेश्वरको वचनअनुरूप गर्न र यहोवा परमेश्वरलाई राजीखुसीसाथ जीवन समर्पण गर्न अनि बप्तिस्मा लिन प्रोत्साहन र साहस मिल्न सक्छ।
२१, २२. कोही-कोही समर्पण गर्न र बप्तिस्मा लिन किन हिचकिचाउँछन्?
२१ कोही-कोहीचाहिं समर्पण गर्न र बप्तिस्मा लिन हिचकिचाउँछन् किनभने तिनीहरू संसारका कामकुराहरूमा चुर्लुम्मै डुबेका हुन्छन् वा पैसाको पछि दौडधूप गरिरहेको कारण तिनीहरूसित आध्यात्मिक कामकुराको लागि समय नै हुँदैन। (मत्ती १३:२२; १ यूहन्ना २:१५-१७) तिनीहरूले आफ्ना विचारधारा तथा लक्ष्यहरू परिवर्तन गरेको खण्डमा तिनीहरू कत्ति आनन्दित हुनेछन्! परमेश्वरसँग नजिक हुँदा तिनीहरू ईश्वरीय इच्छा गर्न आध्यात्मिक तवरमा बलियो हुनेछन्, फिक्रीहरू हटाउन मदत पाउनेछन् र शान्ति अनि सन्तुष्टि महसुस गर्नेछन्।—भजन १६:११; ४०:८; हितोपदेश १०:२२; फिलिप्पी ४:६, ७.
२२ अरूले चाहिं यहोवालाई प्रेम गरेको दाबी त गर्छन् तर समर्पण भने गर्दैनन् र बप्तिस्मा पनि लिंदैनन् किनभने तिनीहरू परमेश्वरप्रति जवाफदेही हुन चाहँदैनन्। तर हामी सबै परमेश्वरप्रति जवाफदेही छौं। यहोवाको वचन सुन्ने बित्तिकै हाम्रो काँधमा एउटा जिम्मेवारी आइपर्छ। (इजकिएल ३३:७-९; रोमी १४:१२) ‘छानिएको जाति’ भएको कारण पुरातन इस्राएलीहरू यहोवाप्रति समर्पित राष्ट्रमा जन्मिथे र यही कारणले गर्दा तिनीहरूले उहाँको आज्ञा पालन गर्दै वफादारीसाथ उहाँको सेवा गर्ने दायित्व वहन गर्नुपर्थ्यो। (व्यवस्था ७:६, ११) आज कसैको पनि त्यस्तो राष्ट्रमा जन्म हुँदैन तर हामीले सही धर्मशास्त्रीय निर्देशन प्राप्त गरेका छौं भने, त्यसमा विश्वास गरेर त्यसैबमोजिम हिंड्नुपर्छ।
२३, २४. कस्ता डरहरूको कारण बप्तिस्मा लिनदेखि हिचकिचाउनुहुँदैन?
२३ आफूसँग पर्याप्त ज्ञानै छैन भन्ने डरले गर्दा पनि कोही-कोही बप्तिस्मा लिन हिचकिचाउँछन्। यद्यपि, हामी सबैले सिक्नुपर्ने कुरा अझ धेरै छ किनभने ‘परमेश्वरले शुरूदेखि अन्तसम्म गर्नुभएको कार्य बुझ्ने शक्ति मानिससित छैन।’ (उपदेशक ३:११) एथियोपियाली नपुसंकलाई विचार गर्नुहोस्। धर्म परिवर्तन गरेर यहूदी मत मानेको कारण तिनीसित धर्मशास्त्रको केही ज्ञान त थियो तर परमेश्वरका उद्देश्यहरूबारे सबै कुरा तिनलाई थाह थिएन। येशूको छुडौतीको बलिदानमार्फत् उद्धारको निम्ति यहोवाले गर्नुभएको प्रबन्ध थाह पाएपछि नपुसंकले तुरुन्तै पानीको बप्तिस्मा लिए।—प्रेरित ८:२६-३८.
२४ कोहीचाहिं आफूले गरेको समर्पण पूरा गर्न सकिंदैन होला भन्ने डरले समर्पण गर्दैनन्। सत्र वर्षीया मोनिक यसो भन्छिन्: “समर्पणअनुरूप जीवन बिताउन सक्दिनँ होला भन्ने डरले म पछि हटिरहेकी छु।” तथापि, यदि हामीले पूरा तनमनले यहोवामा भरोसा राख्यौं भने ‘उहाँले हाम्रा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।’ उहाँको विश्वासी समर्पित सेवकहरूको हैसियतमा हामीलाई ‘सत्यमा चलिरहन’ मदत गर्नुहुनेछ।—हितोपदेश ३:५, ६; ३ यूहन्ना ४.
२५. अब हामीले कुन प्रश्नबारे विचार गर्नु आवश्यक छ?
२५ यहोवामा पूर्ण भरोसा राखेकोले र उहाँप्रति हार्दिक प्रेम भएको कारण प्रत्येक वर्ष हजारौं व्यक्तिहरू समर्पण र बप्तिस्मा लिन उत्प्रेरित हुन्छन्। अनि परमेश्वरका सबै समर्पित सेवकहरू उहाँप्रति अवश्य वफादार हुन चाहन्छन्। यद्यपि, हामी डरलाग्दो समयमा बाँचिरहेका छौं र विभिन्न परीक्षाहरूको सामना गर्नुपर्छ। (२ तिमोथी ३:१-५) यहोवाप्रति आफ्नो समर्पणअनुरूप जीवन बिताउन हामी के गर्न सक्छौं? यसबारे अर्को लेखमा छलफल गर्नेछौं।
-
-
स्थिर हृदयले यहोवाको सेवा गरिरहनुहोस्प्रहरीधरहरा—२००२ | अप्रिल १
-
-
स्थिर हृदयले यहोवाको सेवा गरिरहनुहोस्
“मेरो हृदय स्थिर छ, हे परमेश्वर, मेरो हृदय स्थिर छ।”—भजन ५७:७, नयाँ संशोधित संस्करण।
१. हामी किन दाऊदको जस्तो संकल्प राख्न सक्छौं?
उहाँका समर्पित सेवकहरूको हैसियतमा हामीले साँचो मसीही धर्म पक्रिराख्न सकोस् भनेर यहोवाले हामीलाई मसीही विश्वासमा स्थिर बनाउन सक्नुहुन्छ। (रोमी १४:४) तसर्थ, हामी पनि भजनहार दाऊदको जस्तै संकल्प राख्न सक्छौं, जसले यस्तो भजन गाएका थिए: “मेरो मन स्थिर छ, हे मेरा परमेश्वर।” (भजन १०८:१) हाम्रो हृदय स्थिर छ भने, हामी परमेश्वरप्रति आफ्नो समर्पण पूरा गर्न उत्प्रेरित हुनेछौं। अनि डोऱ्याइ र बलको लागि उहाँमा भर परेर “प्रभुको काममा प्रशस्त हुँदै” जाने निष्ठावान् व्यक्तिहरूको हैसियतमा संकल्प तथा विश्वासमा अटल अनि स्थिर हुन सक्छौं।—१ कोरिन्थी १५:५८.
२, ३. पावलले १ कोरिन्थी १६:१३, मा दिएको सल्लाहको आशय के हो?
२ प्रेरित पावलको निम्न सल्लाह पुरातन कोरिन्थमा बस्ने येशूका चेलाहरूलाई दिइएको भए तापनि वर्तमान समयका मसीहीहरूका लागि पनि यो त्यत्तिकै लागू हुन्छ: “होशियार बस, विश्वासमा दृढ भइबस, पुरुषार्थी होओ, बलिया होओ।” (१ कोरिन्थी १६:१३) युनानी भाषामा यी प्रत्येक आज्ञाहरूलाई वर्तमान कालमा लेखिएको कारण यसले निरन्तर गरिरहनुपर्ने कामलाई बुझाउँछ। यस सल्लाहको आशय के हो?
३ दियाबलको विरोध गर्दै परमेश्वरको नजिक भयौं भने हामी “होशियार” रहन सक्छौं। (याकूब ४:७, ८) यहोवामा भरोसा राख्दा हामी एकताबद्ध रहन तथा ‘मसीही विश्वासमा दृढ रहन’ मदत पाउँछौं। थुप्रै मसीही स्त्रीहरूलगायत हामी पनि परमेश्वरको राज्यका साहसी उद्घोषकहरूको हैसियतमा यहोवाको सेवा गरेर “पुरुषार्थी” देखाउँछौं। (भजन ६८:११) अनि स्वर्गमा हुनुहुने पिताको इच्छा पूरा गर्न बलको लागि सधैं उहाँमा भर परेर “बलिया” हुन्छौं।—फिलिप्पी ४:१३.
-