प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • बाइबलले सिकाउँछ पुस्तकबाट कसरी अध्ययन सुरु गर्ने
    राज्य सेवकाई—२००६ | जनवरी
    • बाइबलले सिकाउँछ पुस्तकबाट कसरी अध्ययन सुरु गर्ने

      बाइबल अध्ययन गराउन पाउँदा हामी सबै खुसी हुन्छौं तर अध्ययन पाउनु नै गाह्रो। त्यसोभए बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकले हामीलाई मदत गर्न सक्छ। साँच्चै भन्‍ने हो भने, पृष्ठ ३-७ मा दिइएको विषयवस्तुबाटै हामी घरधनीसित बाइबल छलफल सुरु गर्न सक्छौं। प्रचारमा त्यति अनुभव नबटुलिसकेका व्यक्‍तिहरूले समेत यस पुस्तकबाट सजिलै अध्ययन थाल्न सक्नेछन्‌।

      ◼ पृष्ठ ३ देखाउँदै यसो गर्न सक्नुहुन्छ:

      हाम्रो इलाकाका मानिसहरूलाई पिरोलिरहेको कुनै समाचार वा समस्या उल्लेख गर्नुहोस्‌ र घरधनीलाई पृष्ठ ३ मा बाक्लो अक्षरमा लेखिएका प्रश्‍नहरू पढेर सुनाउनुहोस्‌ अनि तिनको विचार बुझ्नुहोस्‌। त्यसपछि पृष्ठ ४-५ देखाउनुहोस्‌।

      ◼ वा पृष्ठ ४-५ देखाउँदै यसो पनि भन्‍न सक्नुहुन्छ:

      “यी चित्रमा देखाइएका कुराहरू साँच्चै भयो भने तपाईंलाई कस्तो लाग्नेछ?” वा यसरी सोध्न सक्नुहुन्छ: “तपाईंलाई यीमध्ये कुन चाहिं प्रतिज्ञा पूरा होस्‌ जस्तो लाग्छ?” जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌।

      घरधनीले कुनै बाइबल पदमा चासो देखायो भने पुस्तकमा उक्‍त पदबारे छलफल गरिएको अनुच्छेद पल्टाउनुहोस्‌ र त्यस विषयमा बाइबलले के सिकाउँछ, बुझाउनुहोस्‌। (यस पृष्ठको पेटी हेर्नुहोस्‌।) बाइबल अध्ययनमा जसरी छलफल गर्नुहुन्छ त्यस्तै गर्नुहोस्‌। प्रथम भेटमै पाँच-दस मिनेटभित्रै यसो गर्न सकिन्छ।

      ◼ अर्को तरिका पृष्ठ ६ चलाउँदै मानिसहरूको प्रतिक्रिया बुझ्नु हो:

      पृष्ठ ६ का प्रश्‍नहरू देखाउँदै घरधनीलाई सोध्नुहोस्‌: “तपाईंको मनमा कहिल्यै यस्ता प्रश्‍नहरू उब्जिएका छन्‌?” कुनै प्रश्‍नमा तिनले चासो देखाएको खण्डमा त्यस प्रश्‍नबारे छलफल गरिएको अनुच्छेद पल्टाउँदै जवाफ दिनुहोस्‌। (यस पृष्ठको पेटी हेर्नुहोस्‌।) यसरी छलफल गर्दा बाइबल अध्ययन पनि गरिरहनुभएको हुनेछ।

      ◼ बाइबल अध्ययन कसरी गरिन्छ भनी बुझाउन पृष्ठ ७ चलाउन सकिन्छ:

      पृष्ठ ७ को सुरुको तीन वटा वाक्य घरधनीलाई पढेर सुनाउनुहोस्‌। त्यसपछि अध्याय ३ पल्टाएर अनुच्छेद १-३ बाट अध्ययन सञ्चालन गरेर देखाउनुहोस्‌। अनुच्छेद ३ मा दिइएका प्रश्‍नहरूबारे अर्कोचोटि छलफल गर्ने समय मिलाउनुहोस्‌।

      ◼ फेरि फर्कन कसरी बाटो तयार पार्ने:

      प्रथम भेटमै गरिएको अध्ययन टुंग्याउनुअघि अर्कोचोटि पनि छलफल जारी राख्ने बाटो तयार पार्नुहोस्‌। तपाईं यसो भन्‍न सक्नुहुन्छ: “हेर्नुस्‌ त, केही मिनेटमै हामीले यस महत्त्वपूर्ण विषयमा बाइबलले के भन्छ भनेर सिक्यौं। (अर्को पटक छलफलको लागि प्रश्‍न छोड्‌नुहोस्‌) छलफल अर्को चोटि पनि गर्न सक्छौं। म अर्को हप्ता यसै समयमा आए कसो होला?”

      यहोवाले तोक्नुभएको समयको हामी नजिक-नजिक पुग्दा हामीलाई सुम्पनुभएको कामको लागि उहाँले नै सुसज्जित पनि पार्नुहुन्छ। (मत्ती २८:१९, २०; २ तिमो. ३:१७) बाइबल अध्ययन सुरु गर्न यस अत्यन्तै राम्रो पुस्तकको पूरापूर सदुपयोग गरौं।

      [पृष्ठ ३-मा भएको पेटी]

      पृष्ठ ४-५ मा दिइएका बाइबल पदहरूको छलफल

      ◻ प्रकाश २१:४ (पृष्ठ २७-२८, अनु. १-३)

      ◻ यशैया ३३:२४; ३५:५, ६ (पृष्ठ ३६, अनु. २२)

      ◻ यूहन्‍ना ५:२८, २९ (पृष्ठ ७२-७३, अनु. १७-१९)

      ◻ भजन ७२:१६ (पृष्ठ ३४, अनु. १९)

      पृष्ठ ६ मा दिइएका प्रश्‍नहरूको जवाफ

      ◻ हामी किन दुःखकष्ट भोग्छौं? (पृष्ठ १०८-१०९, अनु. ६-८)

      ◻ जीवनका फिक्रीहरूको हामी कसरी सामना गर्न सक्छौं? (पृष्ठ १८४-१८५, अनु. १-३)

      ◻ हामी आफ्नो पारिवारिक जीवन कसरी अझ आनन्दित बनाउन सक्छौं? (पृष्ठ १४३, अनु. २०)

      ◻ मरिसकेपछि हामीलाई के हुन्छ? (पृष्ठ ५८-५९, अनु. ५-६)

      ◻ आफ्ना मरिसकेका प्रियजनहरूलाई के हामी फेरि कहिल्यै भेट्‌न पाउनेछौं? (पृष्ठ ७२-७३, अनु. १७-१९)

      ◻ परमेश्‍वरले भविष्यको लागि गर्नुभएका प्रतिज्ञाहरू उहाँले पूरा गर्नुहुनेछ भनी हामी कसरी पक्का हुन सक्छौं? (पृष्ठ २५, अनु. १७)

  • बाइबलले सिकाउँछ पुस्तक कसरी प्रस्तुत गर्ने
    राज्य सेवकाई—२००६ | जनवरी
    • बाइबलले सिकाउँछ पुस्तक कसरी प्रस्तुत गर्ने

      यस परिशिष्टमा बाइबलले सिकाउँछ पुस्तक प्रस्तुत गर्न सकिने विभिन्‍न तरिकाहरू दिइएका छन्‌। प्रस्तुतिलाई मन छुने बनाउन यसलाई आफ्नै शब्दमा भन्‍नुहोस्‌, इलाका सुहाउँदो बनाउनुहोस्‌ र छलफलको लागि पुस्तकमा के-कस्ता विषय छन्‌, परिचित हुनुहोस्‌। इलाकामा प्रभावकारी हुने अन्य प्रस्तुति पनि चलाउन सकिन्छ।—जनवरी २००५, हाम्रो राज्य सेवकाई, पृष्ठ ८ हेर्नुहोस्‌।

      बाइबल

      ◼ “मानिसहरू भन्‍ने गर्छन्‌, बाइबल परमेश्‍वरको वचन हो। तर तपाईंलाई लाग्न सक्छ, मानिसले लेखेको किताब कसरी परमेश्‍वरको वचन हुन सक्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि २ पत्रुस १:२१ र पृष्ठ १९-२० मा अनुच्छेद ५ पढ्‌नुहोस्‌।] बाइबलबाटै यस पुस्तकमा यी प्रश्‍नहरूको जवाफ दिइएको छ।” पृष्ठ ६ का प्रश्‍नहरू देखाउनुहोस्‌।

      ◼ “आजभोलि कुन चाहिं विषयमा पो जानकारी पाइँदैन र? तर तपाईंको विचारमा सुखी र सफल जीवन बिताउन राम्रो सल्लाह कहाँ पाउन सकिएला? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि २ तिमोथी ३:१६, १७ र पृष्ठ २३ मा अनुच्छेद १२ पढ्‌नुहोस्‌।] हाम्रै हित हुने गरी परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने तरिकामा कसरी जीवन बिताउन सकिन्छ, यस पुस्तकमा चर्चा गरिएको छ।” पृष्ठ १२२-१२३ मा पेटी र चित्र देखाउनुहोस्‌।

      मृत्यु/पुनरुत्थान

      ◼ “मानिस मरेपछि के हुन्छ भनेर धेरैले सोच्ने गर्छन्‌। मरेपछि के हुन्छ, के थाह पाउन सकिन्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि उपदेशक ९:५ र पृष्ठ ५८-५९ मा अनुच्छेद ५-६ पढ्‌नुहोस्‌।] साथै, पुनरुत्थानबारे बाइबलमा कस्तो प्रतिज्ञा गरिएको छ, यस पुस्तकमा बताइएको छ।” पृष्ठ ७५ को चित्र देखाउनुहोस्‌।

      ◼ “हामीले माया गर्ने कोही व्यक्‍तिको मृत्यु हुँदा उनलाई फेरि भेट्‌न मन लाग्छ नि, हैन र? [जवाफ दिने मौका दिनुहोस्‌।] बाइबलमा दिइएको पुनरुत्थानको प्रतिज्ञाबाट धेरैले सान्त्वना पाएका छन्‌। [यूहन्‍ना ५:२८, २९ र पृष्ठ ७२ मा अनुच्छेद १६-१७ पढ्‌नुहोस्‌।] यस अध्यायमा यी प्रश्‍नहरूको पनि जवाफ पाइन्छ।” पृष्ठ ६६ को सुरुमा दिइएका प्रश्‍नहरू पढेर सुनाउनुहोस्‌।

      अनन्त जीवन

      ◼ “प्रायः सबै मानिस स्वस्थ र लामो जीवनको कामना गर्छन्‌। यस्तो जीवन पाइयो भने के तपाईं सधैंभरि बाँच्न चाहनुहुन्‍न र? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि प्रकाश २१:३, ४ र पृष्ठ ५३-५४ मा अनुच्छेद १७ पढ्‌नुहोस्‌।] यस पुस्तकले कहिल्यै नमर्ने जीवन कसरी पाउन सकिन्छ र त्यो जीवन कस्तो हुनेछ, पनि बताउँछ।”

      परिवार

      ◼ “हामी सबैलाई सुखी परिवार मनपर्छ नि, होइन र? [जवाफ दिने मौका दिनुहोस्‌।] सुखी परिवार बनाउन परिवारका सबैले गर्न सक्ने एउटा कुरा बाइबलमा बताइएको छ। त्यो हो, परमेश्‍वरले जस्तै प्रेम देखाउनु।” एफिसी ५:१, २ र पृष्ठ १३५ मा अनुच्छेद ४ पढ्‌नुहोस्‌।

      आवास

      ◼ “आजभोलि थुप्रैलाई आफ्नै घर हुनु एउटा सपना मात्रै भइसक्यो। के कुनै दिन सबैको आ-आफ्नै घर होला जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि यशैया ६५:२१, २२ र पृष्ठ ३४ मा अनुच्छेद २० पढ्‌नुहोस्‌।] परमेश्‍वरको यो प्रतिज्ञा कसरी पूरा हुन्छ, यो पुस्तकले बताउँछ।”

      यहोवा परमेश्‍वर

      ◼ “परमेश्‍वरमा विश्‍वास गर्ने थुप्रै मानिस उहाँसँग नजिक हुन चाहन्छन्‌। बाइबलले हामीलाई उहाँको नजिक हुन निम्तो दिन्छ भनेर के तपाईंलाई थाह थियो? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि याकूब ४:८क र पृष्ठ १६ मा अनुच्छेद २० पढ्‌नुहोस्‌।] यो प्रकाशन बाइबलबाट परमेश्‍वरसित नजिक हुन मदत दिनको लागि तयार पारिएको हो।” पृष्ठ ८ को सुरुका प्रश्‍नहरू पढेर सुनाउनुहोस्‌।

      ◼ “थुप्रै मानिसले परमेश्‍वरको नाउँ पवित्र गरियोस्‌ भन्दै प्रार्थना गर्छन्‌। तर उहाँको नाउँ के होला भनेर तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि पृष्ठ १९५ को अनुच्छेद १ बाट भजन ८३:१८ र अनुच्छेद २-३ पढ्‌नुहोस्‌।] यहोवा परमेश्‍वर र मानिसजातिको लागि उहाँको उद्देश्‍यबारे बाइबलले वास्तवमा के सिकाउँछ, यस पुस्तकमा चर्चा गरिएको छ।”

      येशू ख्रीष्ट

      ◼ “येशू ख्रीष्टबारे नसुनेका मानिसहरू संसारमा कमै होलान्‌। कसै-कसैले भन्‍ने गर्छन्‌, येशू केवल एक जना प्रसिद्ध मानिस हुन्‌। कतिले त येशू नै ईश्‍वर हुनुहुन्छ भन्छन्‌। तपाईंको विचारमा येशू को हुनुहुन्छ भनी थाह पाउनु के जरुरी छ? जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि यूहन्‍ना १७:३ र पृष्ठ ३७-३८ मा अनुच्छेद ३ पढ्‌नुहोस्‌। अध्यायको सुरुमा दिइएका प्रश्‍नहरू देखाउनुहोस्‌।

      अन्तका दिनहरू

      ◼ धेरैको विश्‍वास छ, हामी ‘अन्तका दिनहरूमा’ बाँचिरहेका छौं। सुन्दर भविष्यको आशा गर्न सकिने के कुनै ठोस कारण छ? [जवाफ दिने मौका दिनुहोस्‌। पढ्‌नुहोस्‌ २ पत्रुस ३:१३।] अन्तका दिनहरूपछि जीवन कस्तो हुनेछ, यस टिप्पणीलाई ध्यान दिनुहोस्‌।” पृष्ठ ९४ को अनुच्छेद १५ पढ्‌नुहोस्‌।

      प्रार्थना

      ◼ “परमेश्‍वरले प्रार्थनाको जवाफ कसरी दिनुहुन्छ भनेर के तपाईंले कहिल्यै विचार गर्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि १ यूहन्‍ना ५:१४, १५ र पृष्ठ १७०-१७२ मा अनुच्छेद १६-१८ पढ्‌नुहोस्‌।] यस अध्यायमा, हामीले किन प्रार्थना गर्नुपर्छ र हाम्रो प्रार्थनाको सुनवाइ हुन के-के गर्नुपर्छ, त्यो पनि बताइएको छ।”

      धर्म

      ◼ “धर्मले समस्या समाधान गर्ने त होइन बरु धर्म नै समस्याको जड हो भन्‍नेहरू आज थुप्रै छन्‌। तपाईंलाई कस्तो लाग्छ, के धर्मले मानिसलाई सही बाटो देखाइरहेको छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि मत्ती ७:१३, १४ र पृष्ठ १४५-१४६ मा अनुच्छेद ५ पढ्‌नुहोस्‌।] परमेश्‍वरले स्वीकार्नुहुने उपासनाका छ वटा विभिन्‍न पक्ष यस अध्यायमा केलाइएको छ।” पृष्ठ १४७ को सूची देखाउनुहोस्‌।

      विपत्ति/दुःखकष्ट

      ◼ “विपत्तिहरू आइपर्दा परमेश्‍वरले साँच्चै मानिसको चिन्ता गर्नुहुन्छ कि हुन्‍न र आफूले भोगिरहेको दुःखकष्ट याद गर्नुहुन्छ कि हुन्‍न धेरैले शंका गर्छन्‌। तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि १ पत्रुस ५:७ र पृष्ठ ११ मा अनुच्छेद ११ पढ्‌नुहोस्‌।] उहाँले कसरी सम्पूर्ण दुःखकष्ट हटाउनुहुनेछ, यस पुस्तकले बताउँछ।” पृष्ठ १०६ का सुरुका प्रश्‍नहरू देखाउनुहोस्‌।

      युद्ध/शान्ति

      ◼ “सबै जना शान्तिको तिर्सना गर्छन्‌। तर धेरैले यो त सपना मात्र हो भन्छन्‌। तपाईंलाई चाहिं कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि भजन ४६:८, ९ पढ्‌नुहोस्‌।] यो पुस्तकमा, परमेश्‍वरले आफ्नो प्रतिज्ञा कसरी पूरा गर्नुहुनेछ र विश्‍वभरि शान्ति कसरी ल्याउनुहुनेछ भनी बताइएको छ।” पृष्ठ ३५ को चित्र देखाउनुहोस्‌ र पृष्ठ ३४-३६ मा अनुच्छेद १७-२१ बताउँछ।

      [पृष्ठ ५-मा भएको पेटी]

      अनुदानको कुरा गर्ने विभिन्‍न तरिका

      “हाम्रो विश्‍वव्यापी कार्यको लागि केही अनुदान दिन चाहनुहुन्छ भने म खुसीसाथ स्वीकार्नेछु।”

      “हुन त हाम्रा प्रकाशनहरूको पैसा पर्दैन तर हाम्रो विश्‍वव्यापी कार्यको लागि तपाईंले जे-जति अनुदान दिनुहुन्छ हामी स्वीकार्छौं।”

      “हाम्रो काम कसरी चलिरहेको छ भनेर तपाईंले सोचिरहनुभएको होला। सबै काम स्वेच्छिक अनुदानबाट चल्छ। तपाईं यस कामको लागि अनुदान दिन चाहनुहुन्छ भने म खुसीसाथ स्वीकार्नेछु।”

  • (१) प्रश्‍न, (२) बाइबल पद, (३) अध्याय
    राज्य सेवकाई—२००६ | जनवरी
    • (१) प्रश्‍न, (२) बाइबल पद, (३) अध्याय

      बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तक प्रस्तुत गर्ने सरल तरिका यी हुन्‌, (१) विचार बुझ्ने प्रश्‍न गर्नुहोस्‌, (२) उपयुक्‍त बाइबल पद पढ्‌नुहोस्‌ र (३) कुराकानीको विषयसित मिल्ने अध्याय पल्टाएर शीर्षकको ठीकमुनि दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌। घरधनीले चासो देखाएमा सोही अध्यायको सुरुका अनुच्छेदहरू पढेर बाइबल अध्ययन कसरी गर्न सकिन्छ भनेर देखाउन सक्नुहुन्छ। प्रथम भेटमै वा पुनःभेटमा बाइबल अध्ययन थाल्न यो तरिका चलाउन सकिन्छ।

      ◼ “यहाँ बाइबलमा भनिएझैं सर्वोच्च परमेश्‍वरसित नजिक हुन सम्भव छ जस्तो तपाईंलाई लाग्छ?” प्रेरित १७:२६, २७ पढ्‌नुहोस्‌ र जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि अध्याय १ देखाउनुहोस्‌।

      ◼ “आज हामीलाई पिरोलिरहेको विभिन्‍न समस्यालाई विचार गर्दा यहाँ बताइएको सान्त्वना र आशा पाउन सम्भव छ जस्तो तपाईंलाई लाग्छ?” रोमी १५:४ पढ्‌नुहोस्‌ र जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि अध्याय २ देखाउनुहोस्‌।

      ◼ “आफ्नो बल-बर्कतले गर्न सक्ने भए तपाईंले के यस्ता परिवर्तनहरू ल्याउनुहुन्थ्यो? प्रकाश २१:४ पढ्‌नुहोस्‌ र जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि अध्याय ३ देखाउनुहोस्‌।

      ◼ “यो पुरानो गीतमा वर्णन गरिएको जस्तो अवस्था हाम्रा बच्चाहरूले कहिल्यै अनुभव गर्न सक्लान्‌?” भजन ३७:१०, ११ पढ्‌नुहोस्‌ र जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि अध्याय ३ देखाउनुहोस्‌।

      ◼ “यी शब्दहरू पूरा हुने दिन पनि आउला?” यशैया ३३:२४ पढ्‌नुहोस्‌ र जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि अध्याय ३ देखाउनुहोस्‌।

      ◼ “जीवित मानिसहरूले के गर्दैछन्‌ भनेर मरिसकेकाहरूलाई थाह हुन्छ कि हुँदैन, के तपाईंले कहिल्यै विचार गर्नुभएको छ?” जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि उपदेशक ९:५ पढ्‌नुहोस्‌ र अध्याय ६ देखाउनुहोस्‌।

      ◼ “येशूले यस बाइबल पदमा भन्‍नुभएको छ, मरिसकेका आफ्ना प्रिय जनहरूलाई हामी फेरि भेट्‌न सक्नेछौं। के तपाईंलाई यो सम्भव छ जस्तो लाग्छ?” यूहन्‍ना ५:२८, २९ पढ्‌नुहोस्‌ र जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि अध्याय ७ देखाउनुहोस्‌।

      ◼ “यस चिरपरिचित प्रार्थनामा भनेजस्तै परमेश्‍वरको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा हुनेछ भन्‍ने तपाईंलाई लाग्छ?” मत्ती ६:९, १० पढ्‌नुहोस्‌ र जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि अध्याय ८ देखाउनुहोस्‌।

      ◼ “यस भविष्यवाणीमा बताइएको समयमै हामी बाँचिरहेका छौं जस्तो के तपाईंलाई लाग्छ?” २ तिमोथी ३:१-४ पढ्‌नुहोस्‌ र जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि अध्याय ९ देखाउनुहोस्‌।

      ◼ “मानिसहरूलाई समस्याले किन झन्‌-झनै जकडिरहेको छ भनेर थुप्रैले सोच्ने गर्छन्‌। के यसको एउटा कारण यो पनि हुन सक्छ जस्तो तपाईंलाई लाग्छ?” प्रकाश १२:९ पढ्‌नुहोस्‌ र जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि अध्याय १० देखाउनुहोस्‌।

      ◼ “के तपाईंलाई लाग्छ, यी प्रश्‍नहरूको जवाफ थाह पाए त कति बेस हुन्थ्यो?” अय्यूब २१:७ पढ्‌नुहोस्‌ र जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि अध्याय ११ देखाउनुहोस्‌।

      ◼ “बाइबलको यो सल्लाह पालन गर्दा के परिवार सुखमय हुन्छ जस्तो तपाईंलाई लाग्छ?” एफिसी ५:३३ पढ्‌नुहोस्‌ र जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि अध्याय १४ देखाउनुहोस्‌।

      बाइबल अध्ययन कसरी गरिन्छ भनेर देखाइसकेपछि दुई चोटि अध्ययन भइसक्यो र उक्‍त व्यक्‍तिले अध्ययन जारी राख्नेछन्‌ जस्तो लागेमा बाइबल अध्ययनको रिपोर्ट दिन सकिन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने