-
घोषणाहरूराज्य सेवकाई—२००५ | जुलाई
-
-
घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू जुलाई र अगस्त: निम्न कुनै पनि ३२ पृष्ठे पुस्तिकाहरू चलाउन सकिन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ!, तपाईंको प्रियजनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, परमेश्वर हामीबाट के चाहनुहुन्छ? पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? यहोवाका साक्षीहरू—तिनीहरू को हुन्? तिनीहरू के विश्वास गर्छन्? सबैका लागि उपयोगी किताब, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु।” सेप्टेम्बर: ज्ञान पुस्तक चलाइनेछ। घरधनीले यो पुस्तक नस्वीकारेमा जागा रहो! पुस्तिका प्रस्तुत गर्नुहोस्। अक्टोबर: प्रहरीधरहरा अनि ब्यूँझनुहोस्! दुवै प्रस्तुत गर्नुहोस्। चासो देखाउने व्यक्तिहरूलाई कृपया चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्।
◼ सेप्टेम्बर महिनादेखि सुरु हुने क्षेत्रीय निरीक्षकहरूले दिने नयाँ जनभाषणको विषय हुनेछ, “बाइबलको डोऱ्याइ किन स्वीकार्ने?”
◼ नियमित अग्रगामी सेवाका आवेदन फारामहरू शाखा कार्यालयलाई आग्रह गरिएको सुरु हुने मितिभन्दा कम्तीमा पनि ३० दिनअघि पठाउने सुझाव दिइन्छ। मण्डलीका सचिवले ती फारामहरू पूरै ठीकसित भरेको छ कि छैन, फेरि दोहोऱ्याएर हेर्नुपर्छ। निवेदकलाई आफ्नो बप्तिस्माको मिति ठ्याक्क थाह छैन भने अन्दाज लगाउन सक्छन् र त्यसको रेकर्ड राख्नुपर्छ। सचिवले यो अन्दाजी मिति कङ्ग्रिगेसन्स् पब्लिसर रेकर्ड (S-21) कार्डमा लेखेर राख्नुपर्छ।
◼ सम्झौटा: स्पेशल रिक्वेस्ट फर्म फर एन्युअल आइटम्स् मण्डलीहरूलाई पठाइँदैछ। सन् २००६ को लागि यरबूक, क्यालेन्डर अनि दिनहुँ धर्मशास्त्र जाँच्ने-जस्ता वार्षिक सामग्रीहरू अझसम्म पनि नमगाएका मण्डलीहरूले तुरुन्तै मगाइहाल्नुपर्छ। किङ्डम हल लिटरेचर इन्भेन्ट्री अरेन्जमेन्ट-अन्तर्गत पर्ने मण्डलीहरूले “संयोजक मण्डली”-मार्फत नै आफ्नो माग पठाउनुपर्छ। तथापि, दुवै मण्डलीको साहित्य विभागले चाहिएजति वार्षिक सामग्रीहरू मगाएका छन् कि छैनन् सो संयोजक मण्डलीका सचिवले पक्का गर्नुपर्छ।
◼ पुनः उपलब्ध प्रकाशनहरू:
बेनिफिट फ्रम द थियोक्राटिक मिनिस्ट्री स्कूल एजुकेशन —कन्नाडा
हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? —नेपाली
-
-
सेवकाईमा प्रगति गर्न आफ्ना छोराछोरीलाई मदत गर्नुहोस्राज्य सेवकाई—२००५ | जुलाई
-
-
सेवकाईमा प्रगति गर्न आफ्ना छोराछोरीलाई मदत गर्नुहोस्
१ आफ्ना छोराछोरीलाई सानैदेखि सेवकाईमा प्रशिक्षण दिने गहन जिम्मेवारी मसीही आमाबाबुहरूले वहन गर्छन्। यो जिम्मेवारी विभिन्न तरिकामा पूरा गर्न सकिन्छ। पढ्न सक्ने उमेरको हुनुभन्दा अघि नै कतिपय बच्चाहरूले कुनै एउटा उपयुक्त बाइबल पद फर्रर भन्न सक्छन्। यसले श्रोताहरूको मन छुन सक्छ। साना केटाकेहीहरू हुर्कंदै गएपछि उनीहरूले सेवकाईमा अझ बढी गर्न सक्छन्। साक्षी दिने काममा तपाईं आमाबाबुले आफ्ना छोराछोरीलाई कसरी मदत गर्न सक्नुहुन्छ? सम्भवतः निम्न सुझावहरू तपाईंका लागि मदतकारी साबित हुन सक्छन्।
२ अभिवादन गरिसकेपछि तपाईं यसो भन्न सक्नुहुन्छ:
◼ “मेरो छोरा [तिनको नाउँ] तपाईंलाई एउटा अर्थपूर्ण शास्त्रपद पढेर सुनाउन चाहन्छ।” तपाईंको छोराले यसो भन्न सक्छन्: “भजनसंग्रहको यो शास्त्रपद पढेर मैले परमेश्वरको नाउँ थाह पाएँ। [छोराले भजन ८३:१८ पढ्छन् अथवा खर्रर बताउँछन्।] यहोवा परमेश्वरले हाम्रो लागि के गर्नुहुनेछ भन्ने कुरा यी पत्रिकाहरूमा बताइएको छ। के तपाईं यी पत्रिकाहरू राखेर पढ्न चाहनुहुन्छ?” विश्वव्यापी कार्यलाई कसरी सहयोग गरिएको छ भन्ने विषयमा बताएर तपाईं कुराकानी टुङ्ग्याउन सक्नुहुन्छ।
३ अथवा तपाईं यसो पनि भन्न सक्नुहुन्छ:
◼ “नमस्ते। म मेरी छोरीलाई [उसको नाउँ] समाजका अरू व्यक्तिहरूप्रति चासो देखाउन सिकाउँदैछु। ऊ तपाईंलाई बाइबलको एउटा छोटो सन्देश सुनाउन चाहन्छे।” छोरीले यसो भन्न सक्छे: “भविष्यको लागि बाइबलले दिने आशा अरूलाई बताएर म मानिसहरूलाई मदत गर्न चाहन्छु।” [छोरीले प्रकाश २१:४ पढ्छे वा नहेरी खर्रर बताउँछे।] परमेश्वरको राज्यले हाम्रो लागि के-के गर्नेछ भन्ने कुरा यी पत्रिकाहरूमा बताइएको छ। यी पत्रिकाहरू पढेर तपाईंले पनि लाभ उठाउन सक्नुहुनेछ।”
४ एक रूपले सरलीकृत प्रस्तुति चलाइरहँदा राज्यसन्देश सुनाउने आफ्नो योग्यतामा छोराछोरी अझ विश्वस्त हुन सक्छन्। स्पष्ट र सबैले सुन्ने आवाजमा बोल्ने विषयमा गरिने अभ्यासले उनीहरूलाई विभिन्न परिस्थितिमा बोल्न सक्षम बनाउनेछ। राम्रो पूर्व तयारी गर्नुका साथै निष्कपट प्रशंसा गर्दा साना केटाकेटीहरूले आफ्नो विश्वास व्यक्त गर्न सक्नेछन्।
५ यस्तो प्रोत्साहन पाएर थुप्रै साना केटाकेटीहरू बप्तिस्मा अप्राप्त प्रकाशकहरू बन्न योग्य भएका छन्। मसीही सेवकाईमा हाम्रा छोराछोरीले प्रगति गरिरहेको देख्न पाउनु साँच्चै कस्तो ठूलो आनन्दको कुरा हो!—भज. १४८:१२, १३.
-