-
यहोवाको महिमा उद्घोष गरौंराज्य सेवकाई—२००५ | नोभेम्बर
-
-
यहोवाको महिमा उद्घोष गरौं
१ भजनहारले यसरी गाए, “हे सारा पृथ्वी, परमप्रभुकै निम्ति गाओ। उहाँको महिमाको वर्णन जाति जातिका बीचमा गर। सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरू वर्णन गर।” यहोवाले हाम्रो लागि विगतमा गर्नुभएका, हाल गरिरहनुभएका र पछि गर्नुहुने काममा घोरिंदा उहाँको महिमा नगाई के हामी बस्न सकौंला?—भज. ९६:१, ३.
२ प्रचारमा: यहोवाका साक्षीहरूले आफ्नो नाउँको अघि यहोवा नाउँ जोड्ने र विश्वभर त्यो नाउँ फैलाउने सुअवसर पाएका छन्। (मला. १:११) तर मसीहीजगत्का पादरीहरूले भने आफ्ना बाइबल अनुवादहरूबाट यहोवाको नाउँ नै झिक्ने दुस्साहस गरेका छन्! महासङ्कष्टबाट बच्न सबैले उहाँको नाउँ पुकार्नै पर्छ। अतः परमेश्वरको नाउँ अरूलाई बताउनु अहिले जत्ति जरुरी पहिला कहिल्यै थिएन। (रोमी १०:१३-१५) विश्वशान्ति र मानिसहरूको अमनचयन परमेश्वरको नाउँ पवित्र हुनु मै निर्भर छ। भन्ने हो भने, परमेश्वरका सारा कामहरू उहाँकै नाउँसित जोडिएको छ।
३ “परमप्रभु महान् हुनुहुन्छ, उच्च प्रशंसा गरिने योग्यको हुनुहुन्छ।” तर “परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा” दिन उहाँको वास्तविकता सबैले थाह पाउनै पर्छ। (भज. ९६:४, ८) तर यहाँ त ईश्वरै छैन भन्नेहरू पनि छन्। (भज. १४:१) कसैले त उहाँलाई लाछी भन्छन् अनि मानिसको रत्तिभर पर्वाह नगर्ने निष्ठुर भन्छन्। उहाँ को हुनुहुन्छ, उहाँको उद्देश्य के हो, सच्चा मन भएकाहरूलाई बताउनुपर्छ। उहाँको मनोहर व्यक्तित्वबारे पनि बताउनुपर्छ। अनि मात्र भन्न सक्छौं, हामीले उहाँको प्रशंसा गाइरहेका छौं।
४ चालचलनद्वारा: यहोवाको धार्मिक स्तरअनुसार हिंड्दा उहाँको सम्मान हुन्छ। हाम्रो असल चालचलन अरूबाट लुक्छ र? (१ पत्रु. २:१२) हाम्रो सफा र चिटिक्क रुपरङ्ग देख्दा अरू नबोली बस्न सक्लान् र? साँच्चै, परमेश्वरको वचनका सिद्धान्तअनुसार जिउँदा हुने लाभहरू बताउन यसले मौका दिन्छ। (१ तिमो. २:९, १०) ‘अरूले हाम्रो सुकर्म देखेर स्वर्गमा हुनुहुने पिताको महिमा गर्दा’ हाम्रो खुसीको सीमा रहँदैन।—मत्ती ५:१६.
५ हाम्रो बोलीवचन र चालचालनद्वारा महिमित परमेश्वरको सान हरेक दिन अझै बढाऔं। अनि मात्र हामी पनि यस्तो उद्घोष गर्न सक्छौं, “परमप्रभुको निम्ति गाओ, उहाँको नाउँलाई धन्य भन। दिनहुँ उहाँले दिनुभएको उद्धार प्रचार गर।”—भज. ९६:२.
-
-
अवलोकन गरौं—चासो देखाऔंराज्य सेवकाई—२००५ | नोभेम्बर
-
-
अवलोकन गरौं—चासो देखाऔं
१ अरूको आवश्यकता बुझेर मदत गर्ने बेजोड नमुना त यहोवा र येशू नै हुनुहुन्छ। (२ इति. १६:९; मर्कू. ६:३४) प्रचारमा भेट्ने मानिसहरूको चासो र फिक्रीहरू बुझ्दा हामी आफ्नो प्रस्तुती ढाल्न सक्छौं।
२ राम्ररी अवलोकन गर्नुहोस्: येशू राम्ररी अवलोकन गर्नुहुन्थ्यो। (मर्कू. १२:४१-४३; लूका १९:१-६) घर-घरको प्रचारमा जाँदा धार्मिक चित्र तथा प्रतिमाहरू, गाडीमा राखिएका धार्मिक चिह्नहरू र आँगनमा भएका खेलौनाहरू हेरेर प्रभावकारी साक्षी दिने अवसर बनाउन सक्छौं।
३ व्यक्तिको अनुहारको भाव र व्यवहारले उनको सोचाइ पत्ता लगाउन सकिन्छ। (हितो. १५:१३) प्यारो व्यक्तिको मृत्यु र अन्य दुःखहरूले गर्दा कतै उनी सान्त्वनाको भोका पो छन् कि? उपयुक्त कुनै पद पढ्दा उनको मन छुन सक्छ। (हितो. १६:२४) घरधनी हतार-हतार घरबाट निक्लँदै पो छन् कि? रोइरहेको बच्चा काखमा लिई फकाइरहेकी पो छिन् कि? यसो हो भने कुरा नगर्नु नै बेस हुन सक्छ। आवश्यकता बुझेर “सहानुभूति” देखाउँदा हामी राम्रो छाप छोड्छौं। यसरी विचारशील भयौं भने अर्को पटक हाम्रो कुरा सुन्न घरधनी इच्छुक हुन सक्छन्।— पत्रु. ३:८.
४ सन्देश ढाल्नुहोस्: प्रेरित पावलले एथेन्स सहरमा “नजानिएका देवताका निम्ति” खडा गरिएको एउटा वेदी देखे। अनि सोहीअनुसार आफ्नो सन्देश ढाल्दै पावलले यसो भने: “जसको भक्ति तपाईंहरू नजानीकन गर्नुहुन्छ उहाँकै विषयमा म तपाईंहरूलाई बताउँछु।” पावलले कौशल हुँदै कुराकानी गर्दा कसै-कसैले राज्यसन्देश सुने र कोहीले त विश्वासलाई समेत अँगाले।—प्रेरि. १७:२३, ३४.
५ त्यस्तै गरी, अवलोकन गर्दा व्यक्तिको चासो पत्ता लगाउन सक्छौं र त्यसैअनुसार प्रस्तुति पनि ढाल्न सक्छौं। घरधनीले मनको कुरा पोखाउने प्रश्न गर्नुहोस्। चासो जगाउने शास्त्रपदहरू पढ्नुहोस्। (हितो. २०:५) अवलोकन गर्दा अनि साँचो चासो देखाउँदा कौशलतासाथ सुसमाचार सुनाउन सक्छौं।
-