-
जीवन दिने शिक्षाराज्य सेवकाई—२००५ | डिसेम्बर
-
-
जीवन दिने शिक्षा
१ परमेश्वरको वचनको सत्य बुझेपछि मानिसको आँखामा देखिने एक प्रकारको चमक! अरूलाई परमेश्वरको ज्ञान र उद्देश्य बताउँदा मिल्ने गहिरो सन्तुष्टि! यी हुन् परमेश्वरको शिक्षाका केही प्रतिफल। किनकि यो शिक्षाले अनन्त जीवन दिन्छ।—यूह. १७:३.
२ किन उत्तम: आज शिक्षा दिन मानिसले कुन तरिका अपनाएको छैन र? अनि कुन विषयमा पो शिक्षा पाइँदैन र? (उप. १२:१२) तर “परमेश्वरका महाकार्यहरूका” तुलनामा यी शिक्षाहरू बेकम्मा छन्। (प्रेरि. २:११) के संसारको कुनै शिक्षाले मानिसलाई सृष्टिकर्तासित घनिष्ठ बनाउन सकेको छ? उहाँको उद्देश्य बुझाउन सकेको छ? मरेपछि के हुन्छ र किन यतिविघ्न कष्ट छ, मानिसहरूलाई बुझाएको छ? के कुनै आशा दिएको छ? के परिवार सुखी बनाएको छ? अहँ! केवल परमेश्वरको शिक्षामा जीवनका यी गहन प्रश्नहरूको उत्तर पाइन्छ।
३ परमेश्वरको वचनको शिक्षाले मानिसको नैतिकता उकास्छ। तर आज संसारको शिक्षाले के मानिसको नैतिकता उकासेको छ र? परमेश्वरको वचनको शिक्षा सिक्ने र लागू गर्नेहरूको मनबाट जातीयता, साम्प्रदायिकता र राष्ट्रियताको जरै उखेलिन्छ। (हिब्रू ४:१२) यसले मानिसलाई हर प्रकारका हिंसा दुत्कार्न र “नयाँ चोला धारण” गर्न भित्री उत्प्रेरणा दिएको छ। (कल. ३:९-११; मीका ४:१-३) यसबाहेक, यो शिक्षाले परमेश्वरलाई दुःखी बनाउने बानी र अवगुणहरू त्याग्ने आत्मबल लाखौंलाई दिएको छ। चाहे ती बानी र अवगुण जरा गाडेर बसेकै किन नहोस्।—१ कोरि. ६:९-११.
४ किन आजै सिक्ने: आज हामी बाँचेको समयको अर्थ बुझ्न महान् प्रशिक्षक यहोवा सजग गराउँछन्। उहाँको भविष्यसूचक न्यायको पूर्ण विवरण सबैलाई सुनाउनै पर्छ। (प्रका. १४:६, ७) ख्रीष्ट स्वर्गमा शासन गर्दै हुनुहुन्छ। झूटो धर्मको विश्व सम्राज्य छिट्टै खत्तम हुनेछ। परमेश्वरको राज्य पृथ्वीका सारा सरकारहरूलाई नाश गर्न तम्तयार छ। (दानि. २:४४; प्रका. ११:१५; १७:१६) अतः परमेश्वरको शासनारूढ राजालाई चिन्ने, महान् बेबिलोनबाट फुत्कने, यहोवाको नाउँ विश्वासले पुकार्ने समय अहिल्यै हो। (भज. २:११, १२; रोमी १०:१३; प्रका. १८:४) जीवन दिने यो शिक्षा अरूलाई सिकाउन पल-पलको सदुपयोग गरौं!
-
-
घरधनीलाई बुझी प्रस्तुति ढालौं र चासो देखाऔंराज्य सेवकाई—२००५ | डिसेम्बर
-
-
घरधनीलाई बुझी प्रस्तुति ढालौं र चासो देखाऔं
१ आफ्ना श्रोताहरूको पृष्ठभूमि र विचारधारा बुझी सोहीअनुसार प्रस्तुति ढाल्न प्रेरित पावल माहिर थिए। तिनले हाम्रो लागि पनि उत्तम नमुना बसाले। (१ कोरि. ९:१९-२३) हामीले पनि यस्तै कोसिस गर्नुपर्छ। अलि विचार पुऱ्यायौं भने इलाकाका मानिसहरूको आवश्यकता अनुसारै हाम्रो राज्य सेवकाई-का प्रस्तुतिहरू ढाल्न सक्छौं। ढोकामा पुग्दा घरधनीको चासो झल्कने कुनै कुरा देख्यौं भने सोहीअनुसार हामी प्रस्तुति ढाल्छौं। तर घरधनीलाई बुझेर प्रस्तुति ढाल्ने अर्को तरिका पनि छ।
२ घरधनीको भनाइअनुसार प्रस्तुति ढालौं: सुसमाचार सुनाउँदा हामी घरीघरी प्रश्न गर्छौं र घरधनीको प्रतिक्रिया बुझ्न खोज्छौं। घरधनीले दिने जवाफप्रति तपाईं कस्तो प्रतिक्रिया देखाउनुहुन्छ? समर्थन जनाए जस्तो मुन्टो मात्र हल्लाई तयारी प्रस्तुति फर्रर भन्नुहुन्छ कि? के तपाईंले दिने जवाफ घरधनीको भनाइमा केन्द्रित छ? घरधनीको कुरा राम्ररी सुन्यौं भने तिनको विचारधारा बुझ्ने थप कौशलतापूर्ण प्रश्न सोध्ने मौका मिल्छ। (हितो. २०:५) अनि घरधनीलाई चाहिने कुरामै राज्य सन्देश ढाल्न सक्छौं।
३ मुख्य कुरा, तयार गरेको प्रस्तुति मात्र होइन तर अरू विषयमा पनि कुरा गर्न हामी तयार हुनुपर्छ। हामीले कुनै समाचारबाट कुरा सुरु गऱ्यौं तर घरधनीले आफूलाई पिरोलेको व्यक्तिगत वा स्थानीय समस्या बताए। अब घरधनीलाई सहयोग गर्ने निष्कपट चासोले गर्दा तिनलाई पिरोल्ने विषयमै बाइबल छलफल केन्द्रित गर्न हामी उत्प्रेरित हुन्छौं।—फिलि. २:४.
४ प्रस्तुति छाँटकाँट गर्ने: घरधनीले कुनै गाह्रो प्रश्न उठाउँदा अर्को पटक छलफल गर्नु बेस हुन सक्छ। किनकि हामीले त्यस विषयमा अनुसन्धान गर्ने समय पाउनेछौं। तिनले सोधेको विषयवस्तु भएको प्रकाशन पनि दिन सकिन्छ। यसले अरूलाई यहोवाबारे सिक्न मदत गर्ने हाम्रो निष्कपट चासो झल्काउँछ।—२ कोरि. २:१७.
-