प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ७६
  • यरूशलेम नाश हुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यरूशलेम नाश हुन्छ
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • इजकिएलको पुस्तकका विशेषताहरू—भाग २
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • इजकिएलको पुस्तकका विशेषताहरू—भाग १
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • “मन्दिरको वर्णन गरिदेऊ”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • “तँमाथि अन्त आउनै लागेको छ”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ७६
बाबेलका सिपाहीहरूले इस्राएलीहरूलाई कैदी बनाएर लैजान्छन्‌

कथा ७६

यरूशलेम नाश हुन्छ

राजा नबूकदनेसरले इस्राएलका सबैभन्दा शिक्षित मान्छेहरूलाई बाबेल लगेको अब १० वर्षभन्दा बढी भइसकेको छ। चित्रमा हेर त यरूशलेम जलेर ध्वस्त हुँदैछ। अनि लडाइँमा नमरेका इस्राएलीहरूलाई चाहिं बाबेलमा कैदी बनाएर लगिंदैछ।

तिमीलाई यादै होला, इस्राएलीहरूले खराब काम गर्न छोडेनन्‌ भने यस्तै हुनेछ भनेर यहोवाका अगमवक्‍ताहरूले चेतावनी दिएका थिए। तर इस्राएलीहरूले अगमवक्‍ताहरूको कुरा सुनेनन्‌। उनीहरूले झूटा देवताहरूकै उपासना गरिरहे। इस्राएलीहरूले दण्ड पाउनु ठीक थियो। किनभने उनीहरूले नराम्रो काम गर्न छोडेनन्‌ भनेर परमेश्‍वरको अगमवक्‍ता इजकिएलले बताएको छ।

इजकिएल को हो, तिमीलाई थाह छ? यरूशलेम नाश हुनुभन्दा १० वर्षअघि नबूकदनेसरले बाबेल लगेका केटाहरूमध्ये इजकिएल पनि एक थियो। दानियल र उनका तीन जना साथी शद्रक, मेशेक र अबद्‌नगोलाई पनि इजकिएलसँगै बाबेल लगिएको थियो।

इजकिएल बाबेलमा छँदा यहोवाले उसलाई यरूशलेमको मन्दिरभित्र भइरहेका खराब कामहरू देखाउनुहुन्छ। इजकिएल हुन त बाबेलमै हुन्छ तर यहोवाले उसलाई चमत्कारद्वारा मन्दिरभित्र भइरहेको जम्मै कुरा देखाउनुहुन्छ। इजकिएलले मन्दिरभित्र घिनलाग्दा कुराहरू भइरहेको देख्छ!

यहोवाले इजकिएललाई यसो भन्‍नुहुन्छ: ‘हेर्‌, इस्राएलीहरूले मन्दिरभित्र कति घिनलाग्दा काम गरिरहेका छन्‌। हेर्‌, भित्ताभरि सर्प र अरू जनावरहरूको चित्र बनाएका छन्‌। अनि हेर्‌, इस्राएलीहरूले ती चित्रहरूको उपासना गर्दैछन्‌!’ इजकिएलले आफूले देखेको जम्मै कुरा लेखेर राख्छ।

यहोवाले इजकिएललाई सोध्नुहुन्छ: ‘इस्राएली नाइकेहरूले गुप्तमा के गर्दैछन्‌, के तँ देख्छस्‌?’ इजकिएलले ७० जना पुरुषले झूटा देवताहरूको उपासना गरिरहेको देख्छ। उनीहरूले यसो भन्दै गरेको पनि इजकिएलले सुन्छ: ‘यहोवाले हामीलाई देख्नुहुन्‍न। उहाँले यो देशलाई त्यागिसक्नुभएको छ।’

यसपछि, यहोवाले इजकिएललाई मन्दिरको उत्तरपट्टिको ढोकामा केही आइमाईहरू देखाउनुहुन्छ। उनीहरू त्यहाँ बसेर झूटा देवता तम्मुजको पूजा गर्दैछन्‌। यहोवाको मन्दिरभित्र पस्ने ढोकामा लगभग २५ जना मान्छेहरूलाई इजकिएलले देख्छ। उनीहरू पूर्वपट्टि फर्केर सूर्यलाई ढोगिरहेका छन्‌!

त्यसपछि यहोवाले इजकिएललाई यसो भन्‍नुहुन्छ: ‘यिनीहरूले मेरो घोर बेइज्जत गर्दैछन्‌। तिनीहरू मेरो मन्दिरभित्र घिनलाग्दा कामहरू गर्छन्‌!’ अनि यहोवाले आफ्नो फैसला यसरी बताउनुहुन्छ: ‘तिनीहरूमाथि मेरो क्रोध दन्कनेछ। तिनीहरूलाई म टिठाउनेछैनँ।’

जलिरहेको यरूशलेमको पर्खाल

यहोवाले इजकिएललाई यी कुराहरू देखाउनुभएको तीन वर्षपछि इस्राएलीहरूले राजा नबूकदनेसरको विरोध गर्छन्‌। त्यसैले नबूकदनेसर उनीहरूसित लडाइँ गर्न आउँछ। डेढ वर्षपछि बाबेलका सिपाहीहरूले यरूशलेमका पर्खालहरू भत्काउँछन्‌ र सहरलाई जलाएर ध्वस्त पारिदिन्छन्‌। धेरै इस्राएलीहरू मारिन्छन्‌ अनि बाँकी भएका अरूलाई चाहिं बाबेलमा कैदी बनाएर लगिन्छ।

यहोवाले इस्राएलीहरूमाथि किन यति ठूलो संकट ल्याउनुभयो? किनभने उनीहरूले यहोवाको कुरा सुनेनन्‌। उहाँका आज्ञाहरू पालन गरेनन्‌। हामीले परमेश्‍वरले भन्‍नुभएका कुराहरू मान्‍नुपर्छ भनेर हामी यो घटनाबाट सिक्न सक्छौं।

नबूकदनेसर राजाले यरूशलेम नाश गरेपछि केही इस्राएलीहरूलाई त्यहीं बस्न दिएको थियो। उसले गदल्याह नाउँ भएको यहूदीलाई उनीहरूको जिम्मा लगाएको थियो। तर केही इस्राएलीहरूले मिलेर गदल्याहको हत्या गर्छन्‌। यस्तो नराम्रो काम गरेको हुनाले अब फेरि बाबेलका मान्छेहरू आएर सबैलाई नाश गर्लान्‌ भनेर इस्राएलीहरू डराउँछन्‌। यसकारण उनीहरू मिश्रमा भागेर जान्छन्‌ र यर्मियालाई पनि जबरजस्ती लैजान्छन्‌।

यसपछि इस्राएलमा कोही पनि हुँदैन। सत्तरी वर्षसम्म त्यहाँ कोही पनि बस्दैन। तर ७० वर्षपछि आफ्ना जनहरूलाई फेरि यरूशलेममा फर्काएर ल्याउनेछु भनेर यहोवाले प्रतिज्ञा गर्नुहुन्छ। तर त्यो समय नआएसम्म परमेश्‍वरका जनहरू बाबेलमै बस्छन्‌। बाबेलमा उनीहरूलाई के हुन्छ, हामी अर्को कथा पढेर थाह लगाऔं है।

२ राजा २५:१-२६; यर्मिया २९:१०; इजकिएल १:१-३; ८:१-१८.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने