प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “तिमीहरूको वचन नूनले स्वादिलो पारेको जस्तै . . . होस्‌”
    राज्य सेवकाई—२००८ | जनवरी
    • “तिमीहरूको वचन नूनले स्वादिलो पारेको जस्तै . . . होस्‌”

      १. ‘आफ्नो वचन नूनले स्वादिलो पार्नुको’ अर्थ के हो?

      १ “हरेकलाई कसरी जवाफ दिनुपर्छ, सो जान्‍नलाई तिमीहरूको वचन नूनले स्वादिलो पारेको जस्तै अनुग्रहसहितको होस्‌।” (कल. ४:६) आफ्नो वचन नूनले स्वादिलो पार्नु भनेको सही शब्दहरू छान्‍नु र स्रोतालाई कर्णप्रिय लाग्नेगरि बोल्नु हो। अनि क्षेत्र सेवामा हामीले त्यसै गर्नु अत्यन्तै महत्त्वपूर्ण छ।

      २. के गरेकोले येशूले सामरी आइमाईलाई साक्षी दिन सक्नुभयो?

      २ येशूको उदाहरण: एक पटक येशू इनारनजिकै आराम गरिरहनुभएको बेला एउटी सामरी आइमाई पानी लिन आइन्‌। त्यस आइमाईसित उहाँले आफै अघि सरेर कुरा गर्नुभयो। कुराकानीको दौडान त्यस आइमाईले यहूदी र सामरीहरूबीच वर्षौंदेखि चल्दै आएको वैरभावबारे निकै पटक कुरा उठाइन्‌। सामरीहरू याकूबका सन्तान होइनन्‌ भनेर यहूदीहरूले दाबी गरे तापनि आफूलाई सामरीहरू याकूबकै सन्तान हुन्‌ भन्‍ने विश्‍वास लागेको पनि तिनले बताइन्‌। तिनको भनाइमा आपत्ति जनाउनुको साटो येशूले कुराकानीलाई रमाइलो र सकारात्मक बनाइराख्नुभयो। परिणामस्वरूप, उहाँले त्यस सामरी आइमाईलाई र शहरका मानिसहरूलाई फलदायी साक्षी दिने मौका पाउनुभयो।—यूह. ४:७-१५, ३९.

      ३. क्षेत्र सेवामा हामी कसरी येशूको अनुकरण गर्न सक्छौं?

      ३ प्रचार गर्दा हाम्रो मुख्य लक्ष्य “असल कुराका शुभ समाचार” दिने हो भनेर हामीले बिर्सनुहुँदैन। (रोमी १०:१५) हामी घरधनीलाई तिनको आस्थामा चोट पुऱ्‍याउन होइन तर बाइबलबाट कर्णप्रिय अनि प्रोत्साहनदायी सन्देश सुनाउन आएका हौं भनेर महसुस गराउन चाहन्छौं। घरधनीले गलत विचार नै पोखेछन्‌ भने पनि हामीले हत्त न पत्त गल्ती औंल्याइहाल्नु हुँदैन। बरु तिनको भनाइमा सहमति जनाउन सकिने कुनै कुरा छ कि अथवा तिनको सराहना गर्न सकिने केही कुरा पो तिनले भने कि, त्यो हामीले खोज्नुपर्छ। त्यसपछि, उपयुक्‍त भए बाइबलको कुनै पद देखाउँदै “यसबारे पनि कहिल्यै सोच्नुभएको थियो कि” भनेर सोध्न सक्छौं।

      ४. घरधनी झगडालु स्वभावका रहेछन्‌ भने के गर्नुपर्छ?

      ४ तर घरधनीले दुर्वचन लगायो वा हामीसित बहस गर्न खोज्यो भने के गर्ने? त्यतिखेर पनि हामीले कोमल अनि नम्र भएर बोल्नुपर्छ। (२ तिमो. २:२४, २५) घरधनीलाई हाम्रो सन्देश मन परेन वा तिनले चासो देखाएनन्‌ भने कुराकानी कौशलतासाथ टुंग्याउनु बेस हुन्छ।—मत्ती ७:६; १०:११-१४.

      ५. शिष्ट भएर जवाफ दिंदा एउटी बहिनीले कस्तो राम्रो नतिजा पाइन्‌?

      ५ राम्रो नतिजा: एउटी बहिनीले छिमेकीलाई प्रचार गर्न खोज्दा त्यो छिमेकी साह्रै रिसाइन्‌ र मनपरी बोल्न थालिन्‌। तर हाम्री बहिनीले शिष्ट हुँदै यसो भनिन्‌: “ओहो, तपाईंलाई मेरो कुरा मन परेन जस्तो छ। हवस्‌ त, राम्ररी बस्नुहोस्‌ है, नमस्कार।” यसको दुई हप्तापछि उक्‍त छिमेकीले हाम्री बहिनीको ढोका ढकढकाइन्‌, माफी मागिन्‌ र बहिनीले भन्‍न खोजेको कुरा सुन्‍न चाहिन्‌। नम्र भएर जवाफ दिंदा नतिजा अक्सर राम्रो हुन्छ।—हितो. १५:१; २५:१५.

      ६. प्रचारकार्यमा हामीले आफ्नो बोली नूनले स्वादिलो पारेको जस्तै बनाउनु किन महत्त्वपूर्ण छ?

      ६ सुसमाचार प्रचार गर्दा आफ्नो बोली नूनले स्वादिलो पारेको जस्तै बनाउने कोसिस गर्नुहोस्‌। घरधनीलाई हाम्रो कुरा सुन्‍ने इच्छा छैन भने पनि, सायद अर्को पटक अरू साक्षीसित भेट हुँदा तिनी हाम्रो कुरा सुन्‍न तयार हुनेछन्‌ कि?

  • पत्रिकाबारे के भन्‍ने?
    राज्य सेवकाई—२००८ | जनवरी
    • पत्रिकाबारे के भन्‍ने?

      प्रहरीधरहरा जन.

      “दयालु मानिसहरू संसारमा एकदमै घट्‌दै गइरहेका छन्‌। कोमल हुनु कत्तिको महत्त्वपूर्ण छ जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌। घरधनीले चासो देखाएमा मीका ६:८ पढेर सुनाउन सक्छु कि भनेर सोध्नुहोस्‌ र त्यसपछि पद पढेर सुनाउनुहोस्‌।] हामीले दया देखाओस्‌ भनेर हाम्रा परमेश्‍वर यहोवा चाहनुहुन्छ। [पृष्ठ ४ को लेख देखाउनुहोस्‌।] दया देखाउने विषयमा विभिन्‍न प्रश्‍नको जवाफ यस लेखले दिएको छ।”

      प्रहरीधरहरा फेब्रु.

      चर्च जाने मानिसलाई भेटेमा यसो भन्‍नुहोस्‌: “हरेक धर्मका मानिसहरू प्रार्थना गर्छन्‌। प्रार्थना गर्दा कुन-कुन विषय समावेश गर्नुपर्ला? [जवाफ दिने मौका दिनुहोस्‌।] हामीले प्रार्थना गर्दा छुटाउनै नहुने विषय कुन हो भनेर म तपाईंलाई बाइबलबाट देखाऊँ? [घरधनीले हुन्छ भनेमा मत्ती ६:९, १० पढ्‌नुहोस्‌।] परमेश्‍वरको राज्य के हो र कहिले आउँछ भनेर तपाईंलाई बुझ्न मन लागेको छ कि? [जवाफ दिने मौका दिनुहोस्‌।] यो पत्रिकाले यी प्रश्‍नको जवाफ दिएको छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने