प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • परमेश्‍वर अब्राहामसित करार बाँध्नुहुन्छ
    बाइबल—यसले दिने सन्देश के हो?
    • अब्राहाम ताराहरू हेर्छन्‌

      भाग ४

      परमेश्‍वर अब्राहामसित करार बाँध्नुहुन्छ

      अब्राहाम परमेश्‍वरमा विश्‍वास राख्दै उहाँको आज्ञा मान्छन्‌। अनि यहोवा तिनलाई आशिष्‌ दिने र तिनका सन्ततिहरू वृद्धि हुँदै जाने प्रतिज्ञा गर्नुहुन्छ

      नूहको दिनको जलप्रलयदेखि यता लगभग ३५० वर्ष बितिसकेको छ। कुलपिता अब्राहाम सम्पन्‍न सहर ऊरमा बसोबास गर्थे। (यो प्राचीन सहर अहिले इराक देशमा पर्छ।) अब्राहामको विश्‍वास उल्लेखनीय थियो। तर अब तिनको विश्‍वासको जाँच हुन्छ।

      यहोवाले अब्राहामलाई तिनी जन्मेको देश छोडेर विदेशी भूमिमा जान अह्राउनुभयो। त्यो ठाउँ कनान रहेछ भनी पछि थाह लाग्यो। अब्राहामले नहिचकिचाइ आज्ञा पालन गरे। तिनले आफ्नी पत्नी सारा, भतिज लूत र थुप्रै नोकरचाकरलाई पनि आफूसितै लगे। लामो यात्रापछि तिनी कनानमा पाल टाँगेर बस्न थाले। अब्राहामसित बाँधेको करारमा यहोवाले तिनीबाट एउटा ठूलो जाति खडा गर्ने, पृथ्वीका सम्पूर्ण परिवारले तिनीद्वारै आशिष्‌ पाउने र तिनका सन्तानहरूले कनान देश अधिकार गर्ने प्रतिज्ञा गर्नुभयो।

      अब्राहाम र लूतको फलिफाप भयो। तिनीहरूका भेडा अनि थुप्रै जनावर भए। अब्राहामले निःस्वार्थ भाव राख्दै लूतलाई जुन ठाउँ मन पर्छ त्यही रोज्न भने। लूतले यर्दन नदी नजिकैको उर्वरभूमि रोजे र सदोम सहरमा बसोबास गरे। तर सदोमका मानिसहरू अनैतिक जीवन बिताउँथे। यहोवाको नजरमा घोर पापी थिए।

      अब्राहामका सन्तान आकाशका ताराजत्तिकै असंख्य हुनेछन्‌ भनेर यहोवाले तिनलाई पछि फेरि आश्‍वासन दिनुभयो। अब्राहामले त्यस प्रतिज्ञामाथि भरोसा राखे। तर अब्राहामकी प्रिय पत्नी सारा निःसन्तान थिइन्‌। अब्राहाम ९९ वर्षका हुँदा र सारा ९० वर्ष पुग्नै लाग्दा परमेश्‍वरले अब्राहामलाई तिनीहरूको छोरो हुनेछ भन्‍नुभयो। परमेश्‍वरको वचनअनुरूपै साराले इसहाकलाई जन्म दिइन्‌। अब्राहामका अन्य छोराछोरीहरू पनि थिए तर अदनको बगैंचामा प्रतिज्ञा गरिएको मुक्‍तिदाता भने इसहाकबाटै आउने थिए।

      त्यसबीच लूत र तिनका परिवार सदोममै थिए तर परमेश्‍वरका स्तर पालन गर्ने लूतले सदोमका अनैतिक मानिसको मार्ग पछ्याएनन्‌। यहोवाले सदोमलाई नाश गर्ने निर्णय गर्दा त्यसबारे लूतलाई चेतावनी दिन उहाँले स्वर्गदूतहरू पठाउनुभयो। ती स्वर्गदूतहरूले लूत र तिनका परिवारलाई सदोमबाट भाग्नू र पछाडि फर्केर नहेर्नू भने। त्यसपछि परमेश्‍वरले सदोम र नजिकैको अर्को दुष्ट सहर गमोरामा आगो र गन्धक वर्षाउनुभयो। त्यहाँका सबै बासिन्दा खतम भए। लूत र तिनका दुई छोरीहरू भागे। तर लूतकी पत्नीले सायद आफूले छोडेका कुराहरूको चाह गर्दै पछाडि फर्केर हेरिन्‌। यस अनाज्ञाकारिताको कारण तिनले ज्यान गुमाउनुपऱ्‍यो।

      — उत्पत्ति ११:१०-१९:३८ मा आधारित।

      • अब्राहाम किन कनानमा सरे?

      • यहोवाले अब्राहामसित कस्तो करार बाँध्नुभयो?

      • यहोवाले सदोम र गमोरालाई किन नाश गर्नुभयो?

  • कालक्रम
    बाइबल—यसले दिने सन्देश के हो?
      1. ई.पू. २०१८ अब्राहामको जन्म

      2. ई.पू. १९४३ (लगभग ३,९५० वर्षअघि) अब्राहामसितको करार

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने