प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अब्राहाम र तिनका परिवारलाई परमेश्‍वर आशिष्‌ दिनुहुन्छ
    बाइबल—यसले दिने सन्देश के हो?
    • इसहाक वेदीमाथि ढल्के अनि अब्राहामचाहिं छुरी समातिरहेका छन्‌

      भाग ५

      अब्राहाम र तिनका परिवारलाई परमेश्‍वर आशिष्‌ दिनुहुन्छ

      अब्राहामका सन्तानहरू फस्टाउँछन्‌। परमेश्‍वर यूसुफलाई मिश्रमा सुरक्षा दिनुहुन्छ

      आफ्नो सबैभन्दा प्रिय व्यक्‍तिले एक दिन दुःख भोग्नुपर्नेछ र मर्नुपर्नेछ भनेर यहोवालाई थाह थियो। उत्पत्ति ३:१५ मा लिपिबद्ध भविष्यवाणीले यो यथार्थलाई संकेत गऱ्‍यो। त्यस मृत्युले गर्दा परमेश्‍वरले कत्ति ठूलो मोल चुकानुपर्नेछ भनी के उहाँले मानिसजातिलाई बुझाउन सक्नुहुने थियो? बाइबलले यसको लागि एउटा जीवन्त उदाहरण दिएको छ। परमेश्‍वरले अब्राहामलाई तिनको प्रिय छोरा इसहाक बलि चढाउन अह्राउनुभयो।

      अब्राहामको विश्‍वास एकदमै बलियो थियो। सम्झनुहोस्‌ त, प्रतिज्ञा गरिएको मुक्‍तिदाता अर्थात्‌ ती सन्तान इसहाकको वंशद्वारा आउनेछ भनेर परमेश्‍वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभएको थियो। आवश्‍यक परेमा परमेश्‍वरले इसहाकलाई ब्यूँताउन सक्नुहुन्छ भनी भरोसा गर्दै अब्राहाम आफ्नो छोरालाई बलि चढाउने आज्ञा मान्‍न तयार भए। तर बलि चढाउनै लाग्दा परमेश्‍वरको दूतले तिनलाई रोके। आफ्नो सबैभन्दा प्रिय व्यक्‍ति चढाउन तयार भएकोमा अब्राहामको प्रशंसा गर्दै परमेश्‍वरले यी विश्‍वासी कुलपितासित गरेका आफ्ना प्रतिज्ञाहरू पुनः दोहोऱ्‍याउनुभयो।

      पछि इसहाकका दुई छोरा भए: एसाव र याकूब। याकूब एसावजस्ता थिएनन्‌। तिनले परमेश्‍वर र उहाँसितको सम्बन्धको मोल गरे र इनाम पनि पाए। परमेश्‍वरले याकूबको नाउँ परिवर्तन गरेर इस्राएल राखिदिनुभयो र तिनका १२ छोराहरू इस्राएल कुलका कुलपिताहरू भए। तर त्यो परिवार कसरी एउटा ठूलो जातिमा परिणत भयो?

      जब ती छोराहरूमध्ये धेरैजसोले आफ्नो भाइ यूसुफको डाह गर्न थाले तब एकपछि अर्को घटनाहरू घटे। तिनीहरूले यूसुफलाई दासको रूपमा बेचे र तिनलाई मिश्र लगियो। तर परमेश्‍वरले ती विश्‍वासी र साहसी युवकलाई आशिष्‌ दिनुभयो। असाध्यै गाह्रो अवस्था सहनु परे तापनि अन्ततः यूसुफ मिश्री शासक फिरऊनद्वारा छानिए र तिनलाई ठूलो ओहदा दिइयो। त्यो ठीक समयमा भयो किनभने अनिकालले गर्दा याकूबले आफ्ना केही छोराहरूलाई मिश्रमा अनाज किन्‍न पठाउनुपऱ्‍यो। त्यसबेला त्यहाँ अनाज जम्मा गर्ने र बेच्ने यूसुफ नै थिए! आफ्ना पश्‍चात्तापी दाइहरूसँगको भावमय र सोच्दै नसोचेको पुनर्मिलनपछि यूसुफले तिनीहरूलाई माफी दिए र पूरै परिवार मिश्रमा बसाइँ सर्ने प्रबन्ध मिलाए। तिनीहरूलाई असल जमिन दिइयो जहाँ तिनीहरू वृद्धि हुँदै र फस्टाउँदै जान सक्थे। परमेश्‍वरले आफ्ना प्रतिज्ञाहरू पूरा गर्न घटनाहरूलाई त्यसरी मोड्‌नुभएको हो भनेर यूसुफले बुझे।

      युसुफले आफ्ना दाजुहरूलाई आफूबारे सबे कुरा बताए

      वृद्ध याकूबले आफ्नो बाँकी जीवन तिनको बढ्‌दै गरेको परिवारसँगै मिश्रमा बिताए। प्रतिज्ञा गरिएका ती सन्तान वा मुक्‍तिदाता शक्‍तिशाली शासक हुनेछन्‌ र तिनको जन्म यहूदाको कुलमा हुनेछ भनेर आफ्नो मृत्युअघि याकूबले भविष्यवाणी गरे। वर्षौंपछि यूसुफले पनि याकूबका परिवारलाई एक दिन परमेश्‍वरले मिश्रबाट छुटाउनुहुनेछ भनेर आफू मर्नुअघि भविष्यवाणी गरे।

      — उत्पत्ति अध्याय २० देखि ५०; हिब्रू ११:१७-२२ मा आधारित।

      • परमेश्‍वरले अब्राहामलाई के गर्न भन्‍नुभयो र त्यसबाट उहाँले मानिसजातिलाई के बुझाउन खोज्दै हुनुहुन्थ्यो?

      • यूसुफ कसरी मिश्र आइपुगे र नतिजा कस्तो भयो?

      • आफ्नो मृत्युअघि याकूबले के भविष्यवाणी गरे?

  • कालक्रम
    बाइबल—यसले दिने सन्देश के हो?
      1. ई.पू. १७५० (लगभग ३,७५० वर्षअघि) यूसुफ दासको रूपमा बेचिएको

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने