प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्यूब सत्यनिष्ठ भइरहन्छन्‌
    बाइबल—यसले दिने सन्देश के हो?
    • अय्यूबलाई असह्‍य पिडा छ

      भाग ६

      अय्यूब सत्यनिष्ठ भइरहन्छन्‌

      शैतानले परमेश्‍वरसामु अय्यूबको सत्यनिष्ठामाथि प्रश्‍न उठाउँछ तर अय्यूब परमेश्‍वरप्रति वफादार भइरहन्छन्‌

      हदैसम्मको परीक्षामा पर्दा र आज्ञाकारी भए पनि कुनै भौतिक फाइदा हुनेजस्तो नदेखिंदा के कुनै मानिस परमेश्‍वरप्रति वफादार भइरहने छ? अय्यूब नाउँ गरेका मानिसको सम्बन्धमा यही प्रश्‍न उठाइयो र त्यसको जवाफ पनि दिइयो।

      इस्राएलीहरू मिश्रमा हुँदा अब्राहामका नातेदार अय्यूब अहिले अरब भनेर चिनिने ठाउँमा बसोबास गर्थे। त्यसैबीच, स्वर्गदूतहरू परमेश्‍वरसामु भेला भए र त्यहाँ विद्रोही शैतान पनि थियो। स्वर्गमा भेला भएका ती सबै स्वर्गदूतहरूसामु यहोवाले वफादार सेवक अय्यूबप्रतिको आफ्नो भरोसा व्यक्‍त गर्नुभयो। वास्तवमा यहोवाले अय्यूबजत्तिको सत्यनिष्ठ मानिस अरू कोही छैन भन्‍नुभयो। तर शैतानले के ठोकुवा गऱ्‍यो भने परमेश्‍वरले तिनलाई आशिष्‌ र सुरक्षा दिएकोले मात्र तिनले उहाँको सेवा गरेका हुन्‌। तिनीसित भएको सबै थोक खोसियो भने तिनले परमेश्‍वरलाई सराप्नेछन्‌ भनेर त्यसले दाबी गऱ्‍यो।

      सबै स्वर्गदूतहरू परमेश्‍वरको सामु भेला हुन्छन्‌। ती दूतहरूमाझ सैतान पनि छ

      परमेश्‍वरले शैतानलाई पहिले अय्यूबको धनसम्पत्ति र छोराछोरी खोस्न दिनुभयो। त्यसपछि तिनको शरीरमा चोट पुऱ्‍याउन दिनुभयो। यी सबै हुनुमा शैतानको हात छ भनेर अय्यूबलाई थाह थिएन। त्यसैले परमेश्‍वरले किन तिनीमाथि यस्तो परीक्षा हुन दिनुभयो तिनले बुझ्नै सकेनन्‌। तैपनि, अय्यूबले परमेश्‍वरलाई कहिल्यै सरापेनन्‌।

      नाउँ मात्रका तीन जना साथी अय्यूबलाई भेट्‌न आए। अय्यूबको पुस्तकको धेरै भाग ओगटेको तिनीहरूको कुराकानीमा ती पुरुषहरूले अय्यूबले लुकीछिपी गरेको पापको कारण परमेश्‍वरबाट सजाय पाएका हुन्‌ भन्‍ने भान पार्न खोजे। तिनीहरूले यस्तो समेत दाबी गरे, परमेश्‍वर आफ्ना सेवकहरूदेखि न आनन्दित हुनुहुन्छ न त तिनीहरूमा भरोसा नै राख्नुहुन्छ। अय्यूबले तिनीहरूको गलत तर्क मानी लिएनन्‌। विश्‍वस्त हुँदै अय्यूबले आफू मृत्युसम्मै सत्यनिष्ठ भइरहने कुरा बताए!

      तर अय्यूबले एउटा गल्ती भने गरे। त्यो थियो, तिनले आफ्नो सफाइ दिन बढ्‌तै कोसिस गरे। ती सब कुराकानी सुनेर बसिरहेका एलीहू नाउँ गरेका एक जवान व्यक्‍तिले अय्यूब र नाउँ मात्रका तिनका साथीहरूलाई सच्याए। कुनै मानिसलाई उच्च पार्नुभन्दा परमेश्‍वरको सार्वभौमिकतालाई उच्च पार्नु महत्त्वपूर्ण छ भनी बुझ्न चुकेकोमा एलीहूले अय्यूबलाई हप्काए। एलीहूले अय्यूबका ती साथीहरूलाई पनि कडासित हप्काए।

      त्यसपछि यहोवा परमेश्‍वर अय्यूबको सोचाइ सच्याउँदै तिनीसित बोल्नुभयो। सृष्टिका थुप्रै आश्‍चर्यजनक कुरालाई संकेत गर्दै परमेश्‍वरको महानताको तुलनामा मानिस कत्ति तुच्छ छ भनी यहोवाले अय्यूबलाई एउटा पाठ सिकाउनुभयो। परमेश्‍वरले सच्याउनुहुँदा अय्यूबले नम्र भई स्वीकारे। यहोवा “टिठाइमा भरिपूर र कृपालु” भएकोले अय्यूबलाई फेरि स्वस्थ बनाइदिनुभयो। पहिलेको भन्दा धनसम्पत्ति दुई गुणा बढाइदिनुभयो र दस जना छोराछोरी दिएर आशिष्‌ दिनुभयो। (याकूब ५:११) कठोर परीक्षा आइपर्दा अय्यूब यहोवाप्रति सत्यनिष्ठ भइरहे। यसरी तिनले मानिस परीक्षामा पर्दा परमेश्‍वरप्रति वफादार रहिरहँदैन भन्‍ने शैतानको आरोपको गतिलो जवाफ दिए।

      — अय्यूबको पुस्तकमा आधारित।

      • अय्यूबको सन्दर्भमा शैतानले कस्तो प्रश्‍न उठायो?

      • अय्यूब यहोवाप्रति सत्यनिष्ठ भइरहँदा के प्रमाणित भयो?

  • कालक्रम
    बाइबल—यसले दिने सन्देश के हो?
      1. ई.पू. १६१३ अघि (लगभग ३,६२० वर्षअघि) अय्यूबको परीक्षा

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने