प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “धन्य त्यो मानिस जो परीक्षामा स्थिर रहन्छ”
    राज्य सेवकाई—२००७ | जुलाई
    • निकै चाख दिएका थिए। तर यहूदी विरोधीहरू आएपछि परिस्थिति अचानक परिवर्तन भयो।—प्रेरि. १४:८-१९.

      ४ परीक्षामा स्थिर बस्ने व्यक्‍ति आनन्दित हुन्छ: मानिसहरूले जस्तोसुकै विरोध गरे पनि प्रचार गरिरहेर हामी शान्ति महसुस गर्छौं। ख्रीष्टको खातिर अपमान सहनुपर्दा हामी त्यसलाई सौभाग्य सम्झन्छौं। (प्रेरि. ५:४०, ४१) परीक्षामा स्थिर भएर बस्दा हामी पहिलेभन्दा झन्‌ नम्र, आज्ञाकारी अनि धीरजी हुन सक्छौं। (व्यव. ८:१६, NRV; हिब्रू ५:८; याकू. १:२, ३) साथै यहोवामाथि भर पर्न, उहाँका प्रतिज्ञाहरूमाथि भरोसा गर्न अनि उहाँकै शरण लिन पनि सिक्छौं।—हितो. १८:१०.

      ५ परीक्षा क्षणिक हुन्छ भनेर हामीलाई थाह छ। (२ कोरि. ४:१७, १८) यहोवालाई हामी कत्तिको माया गर्छौं, परीक्षा आइपर्दा देखाउने मौका पाउँछौं। परीक्षामा स्थिर भएर हामी शैतानका आरोपहरूलाई झूटो साबित गर्न सक्छौं। त्यसैले, हरेस नखाऔं! “धन्य त्यो मानिस जो परीक्षामा स्थिर रहन्छ। किनभने त्यसको जाँच भइसकेपछि . . . जीवनको मुकुट त्यसले पाउनेछ।”—याकू. १:१२.

  • घोषणाहरू
    राज्य सेवकाई—२००७ | जुलाई
    • घोषणाहरू

      ◼ प्रस्तुत गरिने साहित्यहरू जुलाई र अगस्त: यी ३२ पृष्ठे पुस्तिकाहरूमध्ये कुनै पनि चलाउन सकिन्छ: पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!, त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु,” के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो? त्यसलाई तपाईं कसरी प्राप्त गर्न सक्नुहुन्छ, तपाईंको प्रियजनको मृत्यु हुँदा, जागा रहो!, सबैका लागि उपयोगी किताब, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?, तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!, यहोवाका साक्षीहरू तिनीहरू को हुन्‌? तिनीहरू के विश्‍वास गर्छन्‌? र परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? सेप्टेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने विशेष प्रयास गर्नुहोस्‌। घरधनीले यो पुस्तक पहिल्यै पाइसकेका रहेछन्‌ भने यो किताबबाट कसरी फाइदा लिन सकिन्छ, बाइबल अध्ययन गर्ने तरिका छोटकरीमा देखाउनुहोस्‌। अक्टोबर: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाहरू। चासो देखाउने व्यक्‍तिसित बाइबल अध्ययन गर्ने लक्ष्य राख्दै के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? पर्चा देखाउनुहोस्‌, दिनुहोस्‌ अनि छलफल गर्नुहोस्‌।

      ◼ सेप्टेम्बरमा पाँचवटा शनिबार पर्ने भएकोले सहायक अग्रगामी सेवा गर्नु एकदमै बेस हुन्छ।

      ◼ सेप्टेम्बरदेखि क्षेत्रीय निरीक्षकहरूले “बाइबल प्रमाणिक हुनुको कारण के हो?” विषयको जनभाषण दिनेछन्‌।

      ◼ नियमित अग्रगामी सेवाका आवेदन फारामहरू शाखा कार्यालयलाई पठाउँदा अग्रगामी सेवा सुरु गर्ने मितिभन्दा कम्तीमा पनि ३० दिनअघि पठाउने सुझाव दिइन्छ। ती फारामहरू ठीकसित भरेको छ कि छैन, मण्डलीका सचिवले फेरि दोहोऱ्‍याएर हेर्नुपर्छ। निवेदकलाई आफ्नो बप्तिस्माको मिति ठ्याक्क थाह छैन भने अन्दाज लगाउन सक्छन्‌ र त्यसको रेकर्ड राख्नुपर्छ। सचिवले यो अन्दाजी मिति कङ्‌ग्रिगेसन्स्‌ पब्लिसर रेकर्ड (S-21) कार्डमा लेखेर राख्नुपर्छ।

      ◼ योग्य प्रकाशक र अग्रगामीहरू कहिल्यै प्रचार नगरिएको इलाकामा वा बसाइँ सरेर प्रचार गर्न चाहन्छन्‌ भने क्षेत्रीय निरीक्षकसँग र मण्डलीको सेवा समितिसँग छलफल गर्नुपर्छ। त्यस्ता इच्छुक प्रकाशक आध्यात्मिक रूपमा योग्य छन्‌ भने मण्डलीको सेवा समितिले शाखा कार्यालयलाई लेखेर पठाउनुपर्छ। (हाम्रो राज्य सेवकाई मार्च २००७, पृ. ३ अनु. ६ देखि पृ. ४ अनु. ३ हेर्नुहोस्‌।)

      ◼ सम्पूर्ण साहित्य र पत्रिकाहरूको वार्षिक इन्भेन्ट्री सकेसम्म अगस्त ३१, २००७ भित्र तयार गरिसकेको हुनुपर्छ। यो इन्भेन्ट्री हरेक महिना साहित्य संयोजकले लिने गणनाजस्तै हो र कुल संख्या लिटरेचर इन्भेन्ट्री (S-18) फाराममा भर्नुपर्छ। पत्रिकाहरूको कुल संख्या पत्रिका सेवकबाट प्राप्त गर्न सकिन्छ। संयोजक मण्डलीका सचिवले इन्भेन्ट्रीको सुपरिवेक्षण गर्नुपर्छ। तिनी र संयोजक मण्डलीका अध्यक्षले उक्‍त फाराममा हस्ताक्षर गर्नेछन्‌। प्रत्येक संयोजक मण्डलीले तीनवटा लिटरेचर इन्भेन्ट्री फाराम प्राप्त गर्नेछन्‌। कृपया शाखा कार्यालयलाई सेप्टेम्बर ६ सम्ममा नै त्यसको सक्कल प्रति पठाउनुहोस्‌। यसको एउटा प्रतिलिपि तपाईंको फाइलमा राख्नुहोस्‌। त्यसको तेस्रो प्रति काम गर्नको लागि प्रयोग गर्न सकिन्छ।

      ◼ पुनः उपलब्ध प्रकाशन:

      जीवनको उद्देश्‍य के हो? त्यसलाई तपाईं कसरी प्राप्त गर्न सक्नुहुन्छ? —अंग्रेजी, कन्‍नडा, गुजराती, बंगाली, तेलगु, तमिल, नेपाली, मल्यालम, हिन्दी

  • प्रश्‍न पेटी
    राज्य सेवकाई—२००७ | जुलाई
    • प्रश्‍न पेटी

      ◼ इन्टरनेटमा अपरिचित व्यक्‍तिसित संगत गर्दा कस्तो हानि हुन सक्छ?

      इन्टरनेटमा अचेल चिनजान बढाउन अनि पत्राचार गर्न तयार पारिएका थुप्रै वेबसाइट भेटिन्छन्‌। यी साइटहरूमध्ये थुप्रैमा फोटो अनि अन्य व्यक्‍तिगत विवरण राखेर आफ्नो परिचय पोष्ट गर्न मिल्छ। त्यसपछि त्यस्तो परिचयको आधारमा अरूले सम्पर्क राख्न सक्छन्‌। युवायुवतीहरूबीच यस्ता साइटहरू निकै लोकप्रिय छन्‌ र आफूलाई यहोवाको साक्षी भनेर चिनाउने अपरिचित व्यक्‍तिहरूसित चिनजान बढाउन मण्डलीका केही युवायुवतीहरूसमेत यस्ता साइटहरूमा जान थालेका छन्‌।

      इन्टरनेटमा आफ्नो परिचय, आध्यात्मिकता अनि मनसाय सजिलै लुकाउन सकिन्छ। (भज. २६:४) आफूलाई यहोवाको साक्षी भनेर चिनाउने व्यक्‍ति वास्तवमा साक्षी नहुन सक्छ। अथवा बहिष्कृत वा सक्रिय धर्मत्यागीसमेत हुन सक्छ। (गला. २:४) यसबाहेक, थुप्रै बालयौन दुराचारी यस्ता वेबसाइटमार्फत केटाकेटीलाई आफ्नो सिकार बनाउँछन्‌ भनेर रिपोर्टहरू प्राप्त भएका छन्‌।

      यस्ता वेबसाइटमार्फत पत्राचार गर्ने व्यक्‍तिले तिनको आफ्नो मण्डलीमा असल नाउँ कमाएका छन्‌ भनी विश्‍वस्त छौं भने पनि हामी होसियार हुनैपर्छ। किनकि यस्ता वेबसाइटहरूमा हुने कुराकानी अस्वस्थकर विषयतर्फ मोडिन कत्ति पनि बेर लाग्दैन। इन्टरनेटको कुराकानी आमने-सामने बसेर गरेको कुराकानीजस्तो हुँदैन। इन्टरेनटमा मानिसहरू जस्तोसुकै कुरा गर्न पनि अप्ठेरो मान्दैनन्‌। यसबाहेक, इन्टरनेटमा कुराकानी गोप्य हुने भएकोले आफूले जेसुकै भने पनि अरूले र त्यसमाथि पनि आमाबाबु वा प्राचीनहरूले त्यसको सुइँको पाउँदैनन्‌ भन्‍ने दृष्टिकोण तिनीहरूको हुन सक्छ। दुःखको कुरा, मसीही परिवारमा हुर्केका केही केटाकेटी यस्ता वेबसाइटहरूमा छाडा कुराकानी गर्ने हदसम्म पुगेका छन्‌। (एफि. ५:३, ४; कल. ३:८) अरू कतिले चाहिं आफ्नो कमोत्तेजक फोटो पठाउने, अश्‍लील उपनाउँ राख्ने अथवा अश्‍लील म्युजिक भिडियोका लिंकहरू राख्ने गरेका छन्‌।

      यी सबै कुरालाई ध्यानमा राख्दै छोराछोरीले कम्प्युटरमा के गर्दैछन्‌, आमाबाबुले निगरानी गर्नुपर्छ। (हितो. २९:१५) अपरिचित व्यक्‍तिलाई घरमा पस्न दिनु अथवा छोराछोरीलाई त्यस अपरिचितसित एक्लै छोड्‌नु खतरनाक कुरा हो। त्यसैगरि, यहोवाको साक्षी हुँ भनी परिचय दिने मानिसहरू नै किन नहोऊन्‌, इन्टरनेटमा भेटिने अपरिचित मानिसहरूसित छोराछोरीलाई मित्रता गाँस्न दिनु पनि खतरनाक कुरा हो।—हितो. २२:३.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने