प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मसीह देखा पर्नुहुन्छ
    बाइबल—यसले दिने सन्देश के हो?
    • यूहन्‍ना येशूलाई बप्तिस्मा गराउँछन्‌

      भाग १६

      मसीह देखा पर्नुहुन्छ

      धेरै पहिला प्रतिज्ञा गरिएका मसीह नासरतका येशू हुनुहुन्छ भनी यहोवा चिनाउनुहुन्छ

      के यहोवाले प्रतिज्ञा गरिएका मसीह चिन्‍न मानिसहरूलाई मदत गर्नुहुने थियो? हो, गर्नुहुने थियो। परमेश्‍वरले के गर्नुभयो विचार गर्नुहोस्‌। हिब्रू धर्मशास्त्र लेखी सिध्याएको लगभग ४०० वर्षपछिको कुरा हो। गालीलको उत्तरी क्षेत्रमा पर्ने नासरत भन्‍ने सहरमा मरियम नाउँ गरेकी एक जवान स्त्रीले एकदमै छक्कलाग्दो अनुभव गरिन्‌। गब्रिएल नाउँको स्वर्गदूत तिनीसामु देखा परे र मरियम कन्या भए पनि तिनले परमेश्‍वरको सक्रिय शक्‍ति, पवित्र आत्माको मदतले एउटा छोरो जन्माउनेछिन्‌ भनी बताए। उक्‍त छोरो धेरै पहिला प्रतिज्ञा गरिएका राजा बन्‍ने थिए र तिनले सदासर्वदा शासन गर्ने थिए! यी सन्तान परमेश्‍वरको आफ्नै छोरो हुने थिए जसको जीवनलाई परमेश्‍वरले स्वर्गबाट मरियमको गर्भमा सार्नुहुने थियो।

      मरियमले यो एकदमै महत्त्वपूर्ण जिम्मेवारी नम्रतासाथ स्वीकारिन्‌। यतिबेला मरियमको यूसुफ नाउँका सिकर्मीसित विवाह गर्ने पक्का भइसकेको थियो। यहोवाले मरियम कसरी गर्भवती भइन्‌ भनी बताउन एउटा स्वर्गदूत पठाएपछि मात्र तिनले मरियमलाई विवाह गरे। तर मसीहको जन्म बेतलेहेममा हुनेछ भनी गरिएको भविष्यवाणी के पूरा भयो? (मीका ५:२) त्यो सानो सहर, नासरतबाट करिब १५० किलोमिटर टाढा थियो!

      एक रोमी शासकले जनगणना लिनू भन्‍ने उर्दी निकाले। मानिसहरूले आफू जन्मेको ठाउँमा गएर दर्ता गराउनुपर्ने थियो। यूसुफ र मरियम दुवैको जन्मस्थल बेतलेहेम हो जस्तो देखिन्छ। त्यसैले यूसुफ आफ्नी गर्भवती पत्नी लिएर त्यहाँ गए। (लूका २:३) मरियमले साधारण गोठमा बच्चा जन्माएर डुँडमा राखिन्‌। त्यसपछि परमेश्‍वरले प्रतिज्ञा गरिएका मसीह अर्थात्‌ ख्रीष्ट जन्मिएको खबर दिन एउटा स्वर्गदूतलाई बगालको हेरचाह गरेर बसिरहेका गोठालाहरूकहाँ पठाउनुभयो।

      पछि अरूले पनि येशू नै प्रतिज्ञा गरिएका मसीह हुनुहुन्छ भनी पुष्टि दिने थिए। भविष्यवक्‍ता यशैयाले मसीहको महत्त्वपूर्ण कामको लागि बाटो तयार पार्ने एक जना व्यक्‍ति खडा हुनेछन्‌ भनेर बताएका थिए। (यशैया ४०:३) ती अग्रदूत बप्तिस्मा दिने यूहन्‍ना थिए। जब तिनले येशूलाई देखे तब यसो भनेर कराए: “हेर, संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा!” यूहन्‍नाका केही चेलाहरू तुरुन्तै येशूको पछि लागे। तिनीहरूमध्ये एक जनाले भने: “हामीले मसीहलाई . . . भेट्टाएका छौं।”—यूहन्‍ना १:२९, ३६, ४१.

      अर्को प्रमाण पनि थियो। यूहन्‍नाले येशूलाई बप्तिस्मा दिंदा यहोवा स्वयम्‌ स्वर्गबाट बोल्नुभयो। उहाँले पवित्र आत्माद्वारा येशूलाई मसीहको रूपमा अभिषेक गर्नुभयो र भन्‍नुभयो: “यिनी मेरो प्यारो पुत्र हुन्‌, जोसँग म खुशी छु।” (मत्ती ३:१६, १७) धेरै पहिला प्रतिज्ञा गरिएका मसीह देखा पर्नुभयो!

      यो कहिले भयो? इ.सं. २९ मा अर्थात्‌ दानिएलले भविष्यवाणी गरेको ४८३ वर्ष सकिने बित्तिकै। हो, येशू नै मसीह अर्थात्‌ खीष्ट हुनुहुन्छ भन्‍ने अकाट्य प्रमाणको यो एउटा भाग हो। तर उहाँले पृथ्वीमा हुनुहुँदा कस्तो सन्देश दिनुहुने थियो?

      — मत्ती अध्याय १ देखि ३; मर्कूस अध्याय १; लूका अध्याय २; यूहन्‍ना अध्याय १ मा आधारित।

      • येशूलाई मसीहको रूपमा चिनाउन यहोवाले कसरी स्वर्गदूतहरू प्रयोग गर्नुभयो?

      • येशूलाई मसीहको रूपमा चिनाउन यहोवाले कसरी बप्तिस्मा दिने यूहन्‍नालाई चलाउनुभयो?

      • यहोवा स्वयम्‌ले आफ्ना पुत्रलाई कसरी मसीहको रूपमा चिनाउनुभयो?

  • कालक्रम
    बाइबल—यसले दिने सन्देश के हो?
      1. ई.पू. २ तिर येशूको जन्म

      2. इ.सं. २९ (लगभग १,९८० वर्षअघि) येशूको बप्तिस्मा

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने