प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रमोदवन पुनःप्राप्त हुन्छ!
    बाइबल—यसले दिने सन्देश के हो?
    • परमेश्‍वरको राज्यमा येशू सिंहासनमा बस्नुहुन्छ

      भाग २६

      प्रमोदवन पुनःप्राप्त हुन्छ!

      ख्रीष्टको अधीनमा रहेको राज्यमार्फत यहोवा आफ्नो नाउँ पवित्र पार्नुहुन्छ, उहाँको सार्वभौमिकता उच्च पार्नुहुन्छ र सबै शत्रुहरूलाई नाश गर्नुहुन्छ

      बाइबलको अन्तिम पुस्तक प्रकाशले सबै मानिसजातिलाई आशा प्रदान गर्छ। प्रेरित यूहन्‍नाले लेखेको यस पुस्तकमा दर्शनहरू छन्‌ जसको चरमोत्कर्षमा यहोवाको उद्देश्‍य पूरा हुन्छ।

      पहिलो दर्शनमा पुनरुत्थान हुनुभएका येशू केही मण्डलीको प्रशंसा र सुधार गर्नुहुन्छ। अर्को दर्शनमा परमेश्‍वरको स्वर्गीय सिंहासन देखाइन्छ। त्यहाँ आत्मिक प्राणीहरूले उहाँको स्तुति गाइरहेका छन्‌।

      परमेश्‍वरको उद्देश्‍य पूरा हुँदै जाँदा थुमा अर्थात्‌ येशू ख्रीष्टले सात वटा छाप लगाइएको पुस्तक पाउनुहुन्छ। पहिलो चार वटा छाप खोल्दा लाक्षणिक घोडचढीहरू देखा पर्छन्‌। सबैभन्दा पहिला देखा परेको सेतो घोडामा राजाको मुकुट लगाएका येशू सवार हुनुहुन्छ। त्यसपछि विभिन्‍न रंगका घोडामा घोडचढीहरू देखा पर्छन्‌ जसले युद्ध, अनिकाल र रूढीलाई भविष्यसूचक ढंगमा चित्रण गर्छ। यी सबै यस युगको आखिरी समयमा हुन्छ। सातौं छाप खोल्दा सात लाक्षणिक तुरही फुकिन्छ जसले यहोवाको न्यायदण्डको घोषणालाई चित्रण गर्छ। यसले सात लाक्षणिक विपत्ति वा परमेश्‍वरको रीसलाई निम्त्याउँछ।

      नयाँ जन्मेको छोरोले चित्रण गर्ने परमेश्‍वरको राज्य स्वर्गमा स्थापना हुन्छ। लडाइँ हुन्छ र शैतान तथा त्यसका दुष्ट दूतहरूलाई पृथ्वीमा फ्याँकिन्छ। एउटा ठूलो आवाजले ‘पृथ्वीलाई धिक्कार छ’ भन्छ। आफ्नो समय अल्प छ भन्‍ने थाह भएकोले दियाबल एकदमै क्रोधित हुन्छ।—प्रकाश १२:१२.

      यूहन्‍नाले मानिसजातिमध्येबाटै छानिएका १,४४,००० को साथमा थुमाले चित्रण गर्ने येशूलाई स्वर्गमा देख्छन्‌। यिनीहरूले येशूसँगै राजाको रूपमा “राज्य गर्नेछन्‌।” प्रकाशको पुस्तकले यसरी ती सन्तानको दोस्रो भागको जम्मा संख्या १,४४,००० हुन्छ भनी स्पष्ट पार्छ।—प्रकाश १४:१; २०:६.

      पृथ्वीका शासकहरू आरमागेडोन अर्थात्‌ “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लडाइँको” लागि जम्मा हुन्छन्‌। तिनीहरूले स्वर्गीय सेनाको नेतृत्व लिने सेतो घोडामा सवार येशूसित लडाइँ गर्छन्‌। यस संसारका सबै शासकहरू नाश हुन्छन्‌। शैतानलाई बाँधिन्छ अनि येशू र १,४४,००० ले “एक हजार वर्षसम्म” पृथ्वीमाथि शासन गर्छन्‌। हजार वर्षको अन्तमा शैतानलाई नाश गरिन्छ।—प्रकाश १६:१४; २०:४.

      ख्रीष्ट र उहाँका सहशासकहरूको हजार वर्षीय शासनले आज्ञाकारी मानिसहरूका लागि कस्तो अर्थ राख्नेछ? यूहन्‍ना लेख्छन्‌: “[यहोवाले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।” (प्रकाश २१:४) पृथ्वी प्रमोदवन बन्छ!

      यसरी प्रकाशको पुस्तकमा बाइबलको सन्देश पूरा हुन्छ। मसीही राज्यमार्फत यहोवाको नाउँ पवित्र पारिन्छ र उहाँको सार्वभौमिकता सदाको लागि पूर्ण रूपमा उच्च पारिन्छ!

      — प्रकाशको पुस्तकमा आधारित।

      • लाक्षणिक घोडचढीको अर्थ के हो?

      • परमेश्‍वरको उद्देश्‍य पूरा हुँदै जाँदा कस्ता नाटकीय कुराहरू हुन्छन्‌?

      • आरमागेडोन के हो र यसको नतिजा कस्तो हुन्छ?

  • कालक्रम
    बाइबल—यसले दिने सन्देश के हो?
      1. इ.सं. ९६ तिर (लगभग १,९१० वर्षअघि) यूहन्‍ना प्रकाशको पुस्तक लेख्छन्‌

      2. इ.सं १०० तिर प्रेरितहरूमध्ये यूहन्‍नाको मृत्यु अन्तमा

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने