प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. २४
  • येशू पृथ्वीमा किन आउनुभयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशू पृथ्वीमा किन आउनुभयो
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • गालिलमा उहाँ आफ्नो सेवाको काम विस्तार गर्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • यहोवाको उपासनाका लागि जोस
    सबैभन्दा महान्‌ पुरुष
  • क७-ग पृथ्वीमा येसुको जीवनका मुख्य घटनाहरू​—⁠गालिलमा येसुले व्यापक रूपमा गर्नुभएको सेवाको काम (भाग १)
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • मसीहले भविष्यवाणी पूरा गर्नुभयो
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. २४

अध्याय २४

येशू पृथ्वीमा किन आउनुभयो

कफर्नहुममा आफ्ना चार जना चेलाहरूसँग येशू दिनभरि व्यस्त रहनुहुन्छ। कफर्नहुमका मानिसहरूले साँझमा उहाँकहाँ ल्याएका सबै बिरामीहरूलाई निको पार्दैमा दिन समाप्त हुन्छ। एकान्तमा बस्ने समय नै हुँदैन।

भोलिपल्ट बिहानको समय छ। अँध्यारो छँदा नै येशू उठ्‌नुहुन्छ र एक्लै बाहिर जानुहुन्छ। आफ्ना बुबालाई गोप्य रूपमा प्रार्थना गर्ने उद्देश्‍यले उहाँ एकान्त ठाउँमा जानुहुन्छ। तर उहाँ धेरै बेर एकान्तमा बस्न पाउनु हुन्‍न। उहाँ हराउनुभयो भन्ठानेर पत्रुस र अरूहरू उहाँलाई खोज्न जान्छन्‌।

येशूलाई भेट्टाएपछि पत्रुस भन्छन्‌: “सबै जना तपाईंलाई खोज्दैछन्‌।” कफर्नहुमका मानिसहरू येशू तिनीहरूसँग बस्नुभएको चाहन्छन्‌। येशूले तिनीहरूका लागि जे गर्नुभएको छ त्यसको तिनीहरू साँच्चै नै कदर गर्छन्‌! तर के येशू खासमा त्यसप्रकारको चमत्कारपूर्ण ढङ्‌गमा निको पार्ने कामहरू गर्न पृथ्वीमा आउनुभएको हो र? यसबारे उहाँ के भन्‍नुहुन्छ?

बाइबलको एउटा वर्णनअनुसार येशू आफ्ना चेलाहरूलाई जवाफ दिनुहुन्छ: “हामी अन्त कतै नजिकैको सानो सहरमा जाऔं, ताकि मैले त्यहाँ पनि प्रचार गर्न सकूँ, किनकि म यसैको लागि आएको हुँ।” मानिसहरूले उहाँलाई त्यहीं बस्न आग्रह गरे तापनि येशू तिनीहरूलाई भन्‍नुहुन्छ: “मैले अरू सहरहरूमा पनि परमेश्‍वरको राज्यको सुसमाचार सुनाउनुपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।”

हो, येशू पृथ्वीमा खासगरि परमेश्‍वरको राज्य प्रचार गर्न नै आउनुभएको हो। यसैबाट उहाँको बुबाको नाम उच्च पारिनेछ र मानवजातिका सारा पीडाहरू सदाका लागि हटाइनेछन्‌। तथापि उहाँलाई परमेश्‍वरले नै पठाउनुभएको हो भनी प्रमाणित गर्न येशू चमत्कारपूर्ण ढङ्‌गले निको पार्ने केही कामहरू देखाउनुहुन्छ। त्यसै प्रकारले सदियौंअघि मोशाले पनि आफू परमेश्‍वरका सेवक भएको प्रमाण स्थापित गर्न चमत्कारहरू गरेका थिए।

अब कफर्नहुम छाडेर अरू सहरहरूमा प्रचार गर्न जाँदा येशूसँग उहाँका चार जना चेलाहरू पनि जान्छन्‌। यी चार जना हुन्‌—पत्रुस र उनका भाइ अन्द्रियास अनि यूहन्‍ना र उनका भाइ याकूब। तपाईंलाई सम्झना होला, एक हप्ताअघि मात्रै येशूका यात्राहरूमा सहकर्मी हुनका निम्ति तिनीहरूलाई निम्त्याइएको थियो।

गालीलमा येशूका चार जना चेलाहरूसितको प्रचार भ्रमण अत्यन्तै सफल हुन्छ! यथार्थमा उहाँका गतिविधिहरूको खबर सिरियाभरि फिंजिन्छ। गालील, यहूदिया र यर्दन नदीको पारिदेखि भीड उहाँ र उहाँका चेलाहरूका पछि लाग्छन्‌। मर्कूस १:३५-३९; लूका ४:४२, ४३; मत्ती ४:२३-२५; प्रस्थान ४:१-९, ३०, ३१.

▪ येशू कफर्नहुममा व्यस्त रहनुभएको भोलिपल्ट बिहान के हुन्छ?

▪ येशूलाई पृथ्वीमा किन पठाइएको थियो र उहाँका चमत्कारहरूद्वारा के उद्देश्‍य पूरा हुन्छ?

▪ गालीलको यात्रामा येशूसँग प्रचार गर्न को-को जान्छन्‌ र येशूका गतिविधिहरूप्रति कस्तो प्रतिक्रिया हुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने