प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. ४६
  • तिनले उहाँको लुगा छोइन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनले उहाँको लुगा छोइन्‌
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • तिनीले उहाँको पहिरन छोईन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • येसुको लुगा छोएर निको हुन्छे
    येसु—बाटो, सत्य र जीवन
  • येशू मरेकाहरूलाई बिउँताउनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • हामी मृत्युबाट ब्यूँतन सक्छौं!
    महान्‌ शिक्षकबाट सिकौं
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. ४६

अध्याय ४६

तिनले उहाँको लुगा छोइन्‌

डेकापोलिसबाट येशू फर्कनुभएको खबर कफर्नहुमसम्म पुग्छ। उहाँलाई स्वागत गर्न एउटा ठूलो भीड समुद्रको छेउमा भेला हुन्छ। उहाँले आँधीलाई शान्त पारेको र दुष्ट स्वर्गदूत बास गरेका मानिसहरूलाई निको पारेको कुरा भीडले निस्सन्देह सुनिसकेको छ। अब जसै उहाँ किनारमा उत्रनुहुन्छ, मानिसहरू उत्सुकता र बडो आशाका साथ उहाँका वरिपरि जम्मा हुन्छन्‌।

येशूलाई भेट्‌न इच्छुक व्यक्‍तिहरूमध्ये एक जना याइरस हुन्‌। उनी सभाघरका अध्यक्ष हुन्‌। येशूको पाउ परेर उनी धेरै पटक बिन्ती गर्छन्‌: “मेरी सानी छोरीको अवस्था असाध्यै चिन्ताजनक छ। बिन्ती छ, तपाईं आउनुहोस्‌ अनि ऊमाथि आफ्नो हात राख्नुहोस्‌ र ऊ निको होस्‌ र बाँचोस्‌।” यो १२ वर्षीया बालिका याइरसको एक मात्र सन्तान हो। यसैकारण पनि ऊ याइरसको निम्ति अमूल्य छे।

येशू मान्‍नुहुन्छ। भीड सँगसँगै उहाँ याइरसको घरतर्फ लाग्नुहुन्छ। मानिसहरूमा कस्तो उत्तेजना होला भन्‍ने कुराको हामी अनुमान गर्न सक्छौं किनकि तिनीहरू अझ एउटा चमत्कार देख्ने आशामा छन्‌। तर त्यहाँ भीडमा एउटी स्त्रीको ध्यान आफ्नै गम्भीर समस्यामा केन्द्रित छ।

यस स्त्रीलाई १२ वर्षदेखि रगत बग्ने व्यथा लागेको छ। अनेक डाक्टरहरूकहाँ गएर विभिन्‍न उपचार गर्दै आफ्नो सबै पैसा खर्च गरेर पनि तिनी निको हुन सकेकी छैनन्‌। तिनको समस्या झन्‌ बढेको छ।

यस रोगले तिनलाई धेरै नै कमजोर पार्नुबाहेक तिनका निम्ति यो व्यथा लाजलाग्दो र अपमानजनक पनि छ। साधारणतया कसैले पनि यसप्रकारको व्यथाबारे खुल्लमखुल्ला कुरा गर्दैन। साथै मोशाको व्यवस्थाअन्तर्गत यसरी रगत बगेकी स्त्री अशुद्ध हुन्छे र तिनलाई अथवा तिनको रगतको दाग लागेको कपडा छुनेले नुहाउनुपर्छ र बेलुकीसम्म सबैले तिनलाई अशुद्ध ठान्छन्‌।

यी स्त्रीले येशूका चमत्कारहरूबारे सुनेकी छन्‌ र अहिले भने उहाँलाई फेला नै पारिन्‌। आफ्नो अशुद्धताको कारण भीडमा कसैले नदेख्नेगरि हिंड्‌दै मनमनै तिनी भन्छिन्‌: “यदि मैले उहाँको लुगा मात्र छोएँ भने पनि म निको हुनेछु।” तिनले त्यसो गर्नासाथै रगत बग्न बन्द भएको तुरुन्त महसुस गर्छिन्‌।

“मलाई छुने को हो?” येशूका यी शब्दहरू सुनेर तिनी कति आत्तिइन्‌ होलिन्‌! उहाँलाई कसरी थाह भयो होला? त्यसै बेला पत्रुस यसो भन्दै कराउँछन्‌: ‘गुरुज्यू, भीडले तपाईंलाई घेरेर ठेलिरहेको छ तैपनि तपाईं “मलाई कसले छोयो” भनी सोध्नुहुन्छ?’

त्यस स्त्रीलाई भीडमा चारैतिर खोज्दै येशू भन्‍नुहुन्छ: “कसैले मलाई छोयो, किनकि मबाट शक्‍ति बाहिर निस्केको मैले महसुस गरें।” हो, त्यो कुनै साधारण छुवाइ थिएन किनभने मानिसहरूलाई निको पार्दा येशूको बल प्रयोग हुन्थ्यो।

चुपचाप उम्कन नसक्ने भएपछि डरले थरथर काम्दै ती स्त्री येशूका सामुन्‍ने आएर घोप्टो पर्छिन्‌। सबै मानिसहरूका सामुन्‍ने तिनले आफ्नो पुरानो व्यथा के थियो र त्यो कसरी भर्खरै निको भयो, त्यसबारे बताउँछिन्‌।

तिनको पूरा आत्म-वृत्तान्त सुनेर येशूको मनमा दया उत्पन्‍न हुन्छ। उहाँले ती स्त्रीलाई सान्त्वना दिनुहुन्छ: “नानी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ। ढुक्क भएर जाऊ, तिम्रो रोग निको भयो।” पृथ्वीमाथि शासन गर्न परमेश्‍वरले रोज्नुभएको व्यक्‍ति यति मायालु, दयावन्त र मानिसहरूको वास्ता गर्ने र सहायता दिनसक्ने हुनुहुन्छ भन्‍ने कुरा जानेर हामीलाई कति खुसी लाग्छ! मत्ती ९:१८-२२; मर्कूस ५:२१-३४; लूका ८:४०-४८; लेवी १५:२५-२७.

▪ याइरस को हुन्‌ र उनी येशूकहाँ किन आउँछन्‌?

▪ एक जना स्त्रीको के समस्या छ र मदतका लागि येशूकहाँ आउन तिनलाई किन यति गाह्रो लाग्छ?

▪ ती स्त्री कसरी निको हुन्छिन्‌ र तिनलाई येशू के सान्त्वना दिनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने