प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. ८२
  • येशू फेरि यरूशलेमतर्फ लाग्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशू फेरि यरूशलेमतर्फ लाग्नुहुन्छ
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • पेरियामा येसुको सेवाको काम
    येसु—बाटो, सत्य र जीवन
  • “उहाँको समय अझै आइपुगेको थिएन”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • यरूशलेम—“महाराजाको शहर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • विश्रामदिनमा के गर्दा नियम उल्लङ्‌घन हुन्छ?
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. ८२

अध्याय ८२

येशू फेरि यरूशलेमतर्फ लाग्नुहुन्छ

सहर-सहर र गाउँ-गाउँमा शिक्षा दिंदै येशू हिंड्‌नुहुन्छ। उहाँ स्पष्टतया यर्दन नदीपारि यहूदियाको पेरिया जिल्लामा हुनुहुन्छ। तर उहाँको गन्तव्य स्थान यरूशलेम हो।

सीमित सङ्‌ख्याले मात्र मुक्‍ति पाउनेछ भन्‍ने यहूदी दर्शन भएकोले एक जना मानिसले यो प्रश्‍न सोध्छ: “हे प्रभु, के थोरैले मात्र उद्धार पाउँछन्‌?” येशू आफ्नो उत्तरद्वारा मानिसहरूलाई उद्धारका लागि कुन कुराहरू आवश्‍यक छन्‌ भनी सोच्न बाध्य गराउनुहुन्छ: “साँघुरो ढोकाबाट भित्र पस्न भरमग्दुर कोसिस [अर्थात्‌ सङ्‌घर्ष] गर।”

यसप्रकारको भरमग्दुर प्रयत्न अति आवश्‍यक हुनुको कारणबारे येशू भन्‍नुहुन्छ: “धेरै जनाले भित्र पस्न कोसिस गर्नेछन्‌ तर सफल हुनेछैनन्‌।” तिनीहरू किन सफल हुनेछैनन्‌? उहाँ व्याख्या गर्नुहुन्छ: “घरधनीले ढोका बन्द गरिसकेपछि तिमीहरू बाहिर उभिएर ढोका ढक्ढक्याउँदै यसो भन्‍नेछौ: ‘ए हजुर, हामीलाई ढोका खोलिदिनुहोस्‌ न।’ . . . तर उसले तिमीहरूलाई यसो भन्‍नेछ: ‘तिमीहरू कहाँबाट आएका हौ, मलाई थाह छैन। ए कुकर्मीहरू हो, मबाट पर हटिहाल।’ ”

ढोकाबाहिर परेकाहरू स्पष्टतया आफ्नै सुविधाको समयमा आउँछन्‌। तर त्यस बेलासम्म मौकाको ढोका भित्रबाट बन्द गरेर चुकुल लगाइसकेको हुन्छ। जति नै असुविधा भए तापनि तिनीहरू अलिकअघि नै भित्र प्रवेश गर्न आउनुपर्ने थियो। वास्तवमा यहोवाको उपासनालाई आफ्नो जीवनको मुख्य उद्देश्‍य बनाउन आलेटाले गर्नेहरूले दुःखदायी परिणाम भोग्नेछन्‌!

ती यहूदीहरू जसकहाँ सेवा गर्न येशूलाई पठाइएको छ, तिनीहरूले उद्धारका लागि ईश्‍वरीय प्रबन्ध स्वीकार्ने अद्‌भुत मौका प्रायः गुमाएका छन्‌। त्यसैकारण येशू भन्‍नुहुन्छ कि तिनीहरू बाहिर फालिनेछन्‌ र त्यहाँ रोदन अनि वेदनाको चीत्कार हुनेछ। तर अर्कोतिर “पूर्व, पश्‍चिम, उत्तर अनि दक्षिणबाट मानिसहरू आउनेछन्‌” अर्थात्‌ सबै राष्ट्रहरूबाट आउनेछन्‌ र “परमेश्‍वरको राज्यमा खान बस्नेछन्‌।”

येशू अझ भन्दै जानुहुन्छ: “अनि हेर, जो पछिल्ला [अपहेलित गैर-यहूदीहरूलगायत थिचोमिचो गरिएका यहूदीहरू] छन्‌, ती पहिला हुनेछन्‌ र जो पहिला [आर्थिक र धार्मिक दृष्टिकोणबाट अनुग्रह पाएकाहरू] छन्‌, ती पछिल्ला हुनेछन्‌।” तिनीहरू पछिल्ला हुनुको अर्थ हो, त्यस्ता लोसे र बैगुनी व्यक्‍तिहरू परमेश्‍वरको राज्यमा कहिल्यै हुनेछैनन्‌।

अब फरिसीहरू येशूनजिक आएर भन्छन्‌: “यहाँबाट निस्केर गइहाल्नुहोस्‌, किनभने हेरोदले [एन्टिपासले] तपाईंलाई मार्न खोज्दैछन्‌।” येशूलाई त्यस इलाकाबाट भगाउने उद्देश्‍यले यसप्रकारको हल्ला स्वयम्‌ हेरोदले नै चलाएको हुन सक्छ। बप्तिस्मा गराउने यूहन्‍नाको हत्यामा भाग लिनुपरेझैं अब फेरि परमेश्‍वरका अर्को भविष्यवक्‍ताको हत्यामा भाग लिनुपर्ला भन्‍ने डर हेरोदको मनमा हुन सक्छ। तर येशूले तिनीहरूलाई भन्‍नुहुन्छ: “जाओ, त्यस फ्याउरोलाई भनिदेओ: ‘हेर, म आज र भोलि दुष्ट स्वर्गदूतहरूलाई धपाउँछु अनि बिरामीहरूलाई निको पार्छु अनि तेस्रो दिनमा आफ्नो काम सिध्याउनेछु।’ ”

त्यहाँ आफ्नो काम समाप्त गरेपछि येशू यरूशलेमतर्फ आफ्नो यात्रामा लाग्नुहुन्छ किनभने उहाँ भन्‍नुहुन्छ: “भविष्यवक्‍ता यरूशलेमबाहिर मारिनु उचित हुँदैन।” येशूको हत्या यरूशलेममा हुनेछ भनी किन आशा गर्न सकिन्छ? किनकि यरूशलेम राजधानी हो, जहाँ ७१ सदस्यीय यहूदी न्यायपरिषद्‌को उच्च अदालत छ र यरूशलेममै पशुबलिहरू पनि चढाइन्छन्‌। त्यसकारण यरूशलेमबाहेक अन्य स्थानमा “परमेश्‍वरको थुमा” मारिनु उचित हुनेछैन।

येशू बिलौना गर्नुहुन्छ: “यरूशलेम, हे यरूशलेम, तँ जसले भविष्यवक्‍ताहरूलाई मारिस्‌ र आफूकहाँ पठाइएकाहरूलाई ढुङ्‌गाले हानिस्‌! कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुलेझैं मैले तेरा छोराछोरीहरूलाई कत्ति पटक बटुल्न चाहें! तर तिमीहरूले मानेनौ। हेर, परमेश्‍वरले तिमीहरूको घरलाई त्याग्नुहुनेछ।” परमेश्‍वरका छोरालाई अस्वीकार गरेका हुनाले त्यस राष्ट्र अब पक्कै विनाश हुनेछ!

येशू यरूशलेमतर्फ गइरहनुभएको बेलामा फरिसीहरूका एक जना शासकका घरमा उहाँलाई निम्तो दिइन्छ। यो विश्राम-दिन हो र मानिसहरूले उहाँमाथि कडा नजर राखेका छन्‌ किनभने त्यहाँ जलोदर भएको अर्थात्‌ हात र खुट्टामा पानी जम्मा भएको एक जना मानिस उपस्थित छ। त्यहाँ उपस्थित फरिसीहरूलाई र व्यवस्थामा पोख्त मानिसहरूलाई सम्बोधन गर्दै येशू सोध्नुहुन्छ: “विश्राम-दिनमा निको पार्दा नियम उल्लङ्‌घन हुन्छ कि हुँदैन?”

कसैले एक शब्द बोल्दैन। त्यसकारण येशूले त्यसलाई निको पारेर पठाउनुहुन्छ। त्यसपछि उहाँ सोध्नुहुन्छ: “तिमीहरूमध्ये कुनचाहिं मानिस यस्तो होला, जसले आफ्नो छोरा वा गोरु विश्राम-दिनको बेला इनारमा खस्यो भने त्यसलाई तुरुन्तै बाहिर निकाल्दैन?” फेरि पनि कसैले एक शब्द बोल्दैन। लूका १३:२२–१४:६; यूहन्‍ना १:२९.

▪ उद्धारका निम्ति के आवश्‍यक छ भनी येशूले देखाउनुहुन्छ र धेरै मानिसहरू किन बाहिरै हुनेछन्‌?

▪ ती “पछिल्ला” व्यक्‍तिहरू को हुन्‌ जो पहिला हुनेछन्‌ र “पहिला” को हुन्‌ जो पछिल्ला हुनेछन्‌?

▪ हेरोदले येशूलाई मार्ने इच्छा गर्दैछ भन्‍ने हल्ला किन चलेको हुन सक्छ?

▪ यरूशलेमबाहिर भविष्यवक्‍ता मारिनु किन उचित होइन?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने