-
बाइबल सत्य फेरि कसरी पत्ता लगाइयो?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ ३
बाइबल सत्य फेरि कसरी पत्ता लगाइयो?
बाइबल विद्यार्थीहरू, इस्वी संवत् १८७० को दशक
प्रहरीधरहरा-को (अङ्ग्रेजी) पहिलो अङ्क, इस्वी संवत् १८७९
अहिलेको प्रहरीधरहरा
येसु ख्रिष्टको मृत्युपछि सुरु-सुरुका ख्रिष्टियनहरूकै बीचबाट झूटा शिक्षकहरू उठ्नेछन् र तिनीहरूले बाइबलको सत्यलाई भ्रष्ट पार्नेछन् भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। (प्रेषित २०:२९, ३०) समय बित्दै जाँदा त्यस्तै भयो। तिनीहरूले येसुका शिक्षालाई गैर-ख्रिष्टियन रीतिथितिसँग छ्यासमिस गरे र यसको परिणामस्वरूप झूटो ख्रिष्टियन धर्मको विकास भयो। (२ तिमोथि ४:३, ४) बाइबलले वास्तवमा सिकाउने कुरा आज हामीले सही तरिकामा बुझेका छौँ कि छैनौँ भनेर कसरी पक्का गर्न सक्छौँ?
यहोवाले सत्य प्रकट गर्ने समय आयो। ‘अन्तको समयमा साँचो ज्ञान प्रशस्त हुनेछ’ भनेर यहोवाले भविष्यवाणी गर्नुभएको थियो। (दानिएल १२:४) इस्वी संवत् १८७० मा सत्यको खोजी गर्नेहरूको एउटा सानो समूहले चर्चका शिक्षाहरू धर्मशास्त्रसित मेल खाँदैन भनेर बुझे। त्यसैले तिनीहरूले बाइबलले वास्तवमा के सिकाउँछ भन्नेबारे खोजीनिती गर्न थाले र यहोवाले तिनीहरूलाई धर्मशास्त्र राम्ररी बुझ्न मदत गर्नुभयो।
सत्यको खोजी गर्नेहरूले होसियारीसाथ बाइबल अध्ययन गरे। सुरु-सुरुका जेहनदार बाइबल विद्यार्थी जो हाम्रा अग्रज हुन्, तिनीहरूले बाइबल अध्ययन गर्न एउटा तरिका अपनाए। आज पनि हामी त्यही तरिका प्रयोग गर्दै छौँ। तिनीहरू बाइबलको कुनै एउटा विषय छान्थे र त्यसबारे छलफल गर्थे। कुनै बाइबल विवरण बुझ्न गाह्रो हुँदा त्यसको अर्थ बुझाउने अन्य पदहरू खोज्थे। अनि धर्मशास्त्रको बाँकी भागसँग मेल खाने निष्कर्षमा पुगेपछि तिनीहरू त्यसलाई लेखेर राख्थे। यसरी बाइबललाई नै त्यसको अर्थ खोल्न दिएर तिनीहरूले परमेश्वरको नाम र उहाँको राज्य, पृथ्वी र मानिसजातिको लागि उहाँको उद्देश्य, मरिसकेकाहरूको अवस्था अनि फेरि जीवित हुने आशाजस्ता विषयबारे सत्य कुरा फेरि पत्ता लगाए। यसरी खोजीनिती गर्दा तिनीहरू थुप्रै झूटा विश्वास र रीतिथितिबाट स्वतन्त्र हुन सके।—युहन्ना ८:३१, ३२.
सत्य चारैतिर फैलाउने समय भइसकेको छ भनेर इस्वी संवत् १८७९ सम्ममा बाइबल विद्यार्थीहरूले बुझिसकेका थिए। त्यसकारण तिनीहरूले त्यही वर्षदेखि एउटा पत्रिका प्रकाशित गर्न थाले जुन अहिले पनि छापिन्छ र त्यसको नेपाली नाम हो, प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ। अहिले हामी २४० मुलुकमा र ९०० भन्दा धेरै भाषामा मानिसहरूलाई बाइबलमा पाइने सत्य कुराबारे बताउँछौँ। साँचो ज्ञान यत्तिको प्रशस्त पहिला कहिल्यै भएको थिएन।
येसु ख्रिष्टको मृत्युपछि बाइबलको सत्यलाई के भयो?
हामीले परमेश्वरको वचनबाट सत्य कसरी फेरि पत्ता लगाउन सक्यौँ?
-
-
नयाँ संसार अनुवादको आवश्यकता किन पऱ्यो?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ ४
नयाँ संसार अनुवाद-को आवश्यकता किन पऱ्यो?
कङ्गो (किन्सासा)
रूवाण्डा
भजन ६९:३१ मा परमेश्वरको नाम भएको सिमकस पाण्डुलिपिको अंश, इस्वी संवत् तेस्रो वा चौथो शताब्दीतिरको
यहोवाका साक्षीहरूले दशकौँसम्म बाइबलका विभिन्न संस्करण प्रयोग गरे, छापे र वितरण गरे। मानिसहरूले “सत्यको सही ज्ञान लिऊन्” भन्ने परमेश्वर चाहनुहुन्छ। (१ तिमोथि २:३, ४) त्यसैले मानिसहरूलाई सही ज्ञान लिन अझ मदत गर्ने एउटा नयाँ अनुवादको आवश्यकता हामीले महसुस गऱ्यौँ। इस्वी संवत् १९५० देखि हामीले आधुनिक भाषाशैली प्रयोग गरिएको नयाँ संसार अनुवाद बाइबलको केही अंश अङ्ग्रेजी भाषामा प्रकाशित गर्न थाल्यौँ। अहिले यो बाइबल १७० भन्दा धेरै भाषामा उपलब्ध छ र यसलाई मौलिक भाषाअनुसारै सही तरिकामा अनुवाद गरिएको छ।
बुझ्न सजिलो बाइबलको आवश्यकता। समयसँगसँगै भाषा परिवर्तन हुन्छ। बाइबलका थुप्रै अनुवादमा अहिले बुझ्न गाह्रो वा पुराना शब्दहरू प्रयोग गरिएका छन्। साथै मूल प्रतिसित अझ मेल खाने पुराना पाण्डुलिपिहरू पनि फेला परेका छन्। यसले गर्दा बाइबलकालीन हिब्रू, अरामी र ग्रीक भाषा अझ राम्ररी बुझ्न सम्भव भएको छ।
परमेश्वरको वचनप्रति वफादारी झल्किने अनुवादको आवश्यकता। बाइबल अनुवादकहरूले मौलिक भाषाबाट जस्ताको तस्तै अनुवाद गर्नुपर्छ, परमेश्वरको प्रेरित वचनमा कुनै थपघट गर्नु हुँदैन। तर धेरैजसो बाइबल अनुवादमा परमेश्वरको नाम ‘यहोवा’ प्रयोग गरिएको छैन।
बाइबलको मूल-लेखकलाई सम्पूर्ण श्रेय दिने अनुवादको आवश्यकता। (२ समुएल २३:२) यहोवाको नाम जहाँ-जहाँ हुनुपर्ने हो, नयाँ संसार अनुवाद-मा त्यहीँ-त्यहीँ त्यो नाम फेरि राखिएको छ। तल दिइएको चित्रमा देखाइएझैँ बाइबलका सबैभन्दा पुराना पाण्डुलिपिहरूमा यहोवाको नाम लगभग ७ हजार पटक उल्लेख गरिएको छ। (भजन ८३:१८) यो अनुवाद वर्षौँसम्म गहिरो अनुसन्धान गरेर तयार पारिएको हो र यसमा परमेश्वरको विचारलाई स्पष्टसित व्यक्त गरिएको छ। त्यसैले यो अनुवाद पढ्दा निकै रमाइलो हुन्छ। तपाईँको भाषामा नयाँ संसार अनुवाद भए पनि, नभए पनि दिनदिनै यहोवाको वचन पढ्ने बानी बसाल्न हामी तपाईँलाई आग्रह गर्छौँ।—यहोसु १:८; भजन १:२, ३.
हामीले बाइबलको नयाँ अनुवादको आवश्यकता किन महसुस गऱ्यौँ?
परमेश्वरको इच्छा बुझ्न चाहनेहरूले दिनदिनै के गर्ने बानी बसाल्नु राम्रो हो?
-