प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ba पृ. ३
  • पढ्‌नुपर्ने किताब

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पढ्‌नुपर्ने किताब
  • सबैका लागि उपयोगी किताब
  • मिल्दोजुल्दो सामग्री
  • सबैभन्दा महान पुरुषबारे सिक्न अरूहरूलाई मदत दिनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
  • दैनिक बाइबल पढाइबाट लाभ उठाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने साँचो शिक्षा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • बाइबलले आशा तथा डोऱ्‍याइ प्रदान गर्छ
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
सबैका लागि उपयोगी किताब
ba पृ. ३

पढ्‌नुपर्ने किताब

विश्‍वविद्यालयका प्राध्यापकले फरासिली युवतीलाई यसो भने, “बाइबललाई गम्भीरतापूर्वक लिनु हुँदैन।”

“के तपाईंले कहिल्यै बाइबल पढ्‌नुभएको छ?” युवतीले सोधिन्‌।

युवतीको प्रश्‍न सुनेर प्राध्यापक अकमकाए। आफूले कहिल्यै बाइबल नपढेको कुरा तिनले स्वीकार्नै पऱ्‍यो।

“त्यसोभए, आफूले कहिल्यै नपढेको किताबबारे कसरी त्यति ठूलो कुरा भन्‍न सक्नुभयो?”

कुरा तर्कसंगत थियो। अतः त्यस प्राध्यापकले बाइबल पढेर मात्र त्यसबारे आफ्नो विचार पोख्ने निर्णय गरे।

बाइबल ६६ वटा लेखहरूको सँगालो हो र त्यसलाई “मानव इतिहासको सबैभन्दा प्रेरणादायी किताबहरूको संकलन” भनेर व्याख्या गरिएको छ।१ हुन पनि, बाइबलले संसारका सबैभन्दा महान्‌ चित्रकला, साहित्य अनि संगीतलाई प्रेरणा दिएको छ। कानुनी क्षेत्रमा पनि यसले आफ्नो उल्लेखनीय छाप छोड्‌न सफल भएको छ। बाइबलको लेखनशैली देखेर थुप्रै विद्वानहरूले त्यसको प्रशंसा गर्नुका साथै ठूलो कदर गरेका छन्‌। यसले समाजका हर प्रकारका मानिसहरूको जीवनमाथि गहिरो असर पार्न सकेको छ। अनि बाइबल पढ्‌ने थुप्रै व्यक्‍तिहरूले कठिनभन्दा कठिन परिस्थितिमा निष्ठावान्‌ रहने प्रेरणा यसबाट पाएका छन्‌। अझ केहीले बाइबलका शब्दहरू पढ्‌न आफ्नो ज्यानसमेत खतरामा मोलेका छन्‌।

बाइबलको यति बिघ्न प्रभावको बावजूद यसको आलोचना गर्नेहरूको कुनै कमी छैन। त्यस्ता मानिसहरू पनि छन्‌ जो बाइबल पढ्‌दै नपढिकन पनि आफ्नो विचार पोख्छन्‌। बाइबलको साहित्यिक अनि ऐतिहासिक मूल्य छ भनेर तिनीहरू भन्छन्‌ तर भित्रभित्रै शंका गरिरहेका हुन्छन्‌। जस्तै: हजारौं वर्षअघि लेखिएको किताब यो आधुनिक युगका लागि कसरी उपयोगी हुनसक्छ र? हामी “ज्ञान युगमा” बाँचिरहेका छौं र यहाँ मिनेट-मिनेटको जानकारी हासिल गर्नु बायाँ हातको खेल भइसक्यो। आधुनिक जीवनका चुनौतीहरूको सामना गर्न आवश्‍यक हर प्रकारका “निपुण” सल्लाह आज जताततै पाइन्छ। यस्तो युगको लागि कामलाग्ने जानकारी बाइबलमा होला र?

तपाईंको हातमा भएको यो पुस्तिकाले ती नै प्रश्‍नहरूको जवाफ दिने प्रयास गरेको छ। तथापि, यो पुस्तिका कुनै धार्मिक विचार वा विश्‍वास तपाईंमाथि थोपर्न तयार पारिएको होइन। बरु, यसले इतिहासको सबैभन्दा प्रभावशाली किताब बाइबल किन केलाएर हेर्नु योग्यको छ भनेर देखाउने कोसिस गर्छ। सन्‌ १९९४ मा प्रकाशित एउटा प्रतिवेदनअनुसार केही अध्यापकहरूले बाइबल पश्‍चिमी सभ्यताको अभिन्‍न अंग भएको र “चाहे बाइबलमा विश्‍वास गरोस्‌ या नगरोस्‌, बाइबलका शिक्षा तथा त्यसका विवरण थाह नहुने व्यक्‍ति सांस्कृतिक तवरमा अशिक्षित हुन्छन्‌” भन्‍ने विचार प्रकट गरेको पाइयो।२

शायद, यस पुस्तिकामा दिइएका जानकारी केलाउनु भएपछि कुनै व्यक्‍ति चाहे धर्म मान्‍ने होस्‌ या नहोस्‌ बाइबल कम से कम एकपल्ट पढेर हेर्नुपर्ने किताब हो भनेर तपाईं पनि सहमत हुनुहुनेछ होला।

[पृष्ठ ३-मा भएको पेटी/चित्र]

“म आफ्नो आध्यात्मिक ज्ञानको श्रेय एउटा किताबलाई दिन्छु—किताब? हो, एउटा पुरानो अनि प्रकृति जत्तिकै निर्मल र स्वाभाविक किताब . . . अनि त्यो किताबको नाउँ पनि साधारण छ, त्यो हो बाइबल।”—हेनरिच हाइन, १९ औं शताब्दीका जर्मन लेखक।३

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने