-
नातेदारहरूलाई साक्षी दिने—कसरी?राज्य सेवकाई—२००४ | डिसेम्बर
-
-
नातेदारहरूलाई साक्षी दिने—कसरी?
१. नातेदारहरूलाई साक्षी दिंदा किन विवेक चाहिन्छ?
१ यहोवाको उपासनामा एकताबद्ध भएर हाम्रा प्रियजनहरूसितै नयाँ संसारमा प्रवेश गर्न पाउनुजस्तो आनन्दको कुरा हाम्रो लागि अरू के नै हुन सक्ला र! नातेदारहरूलाई साक्षी दियौं भने यो आनन्दमय प्रत्याशा एउटा वास्तविकता बन्न सक्छ। तथापि, स्फूर्तिदायी ढङ्गमा यसो गर्न विवेक चाहिन्छ। एक जना क्षेत्रीय निरीक्षकले यसो भने: “थोरै तर अटुट रूपले साक्षी दिएर नातेदारहरूको कौतूहलता जगाउने व्यक्तिहरूले राम्रो नतिजा प्राप्त गर्छन्।” हामी कसरी यसो गर्न सक्छौं?
२. नातेदारहरूप्रतिको निष्कपट चासोले कसरी हामीलाई उनीहरूको कौतूहलता जगाउन मदत गर्न सक्छ?
२ उनीहरूको कौतूहलता जगाउने: आफ्ना नातेदारहरूको कसरी चासो जगाउन सकिन्छ होसियारीसाथ पहिल्यै विचार गर्नुहोस्। (हितो. १५:२८) उनीहरूको कुन-कुन कुरामा चासो छ? उनीहरूले कस्ता चुनौतीहरू सामना गरिरहेका छन्? तपाईं उनीहरूलाई विशेष रुचि भएको विषयसित सम्बन्धित लेख देखाउन वा मन छुने शास्त्रपद उल्लेख गर्न सक्नुहुन्छ होला। तपाईंका नातेदारहरू नजिकै बस्दैनन् भने तपाईं पत्रमा अथवा टेलिफोनमार्फत यसो गर्न सक्नुहुन्छ। उनीहरूलाई दिक्क नपारीकन सत्यको बीउ रोप्नुहोस् र ती बीउहरूलाई बढाउन यहोवाको मदत खोज्नुहोस्।—१ कोरि. ३:६.
३. हाम्रा नातेदारहरूले हामीमा राख्ने चासोले कसरी साक्षी दिने बाटो खोल्न सक्छ?
३ थुप्रै भूतहरू निकालिदिएको एक जना मानिसलाई येशूले यस्तो निर्देशन दिनुभयो: “ ‘तिमी आफ्नो घरमा गएर तिम्रा मित्रहरूलाई सुनाइदेऊ, कि परमप्रभुले तिम्रो निम्ति कत्ति ठूलो काम गऱ्यो, र तिमीलाई दया देखायो।’ ” (मर्कू. ५:१९) यस घटनाले त्यस मानिसका नातेदारहरूमा कस्तो छाप पाऱ्यो होला, कल्पना गर्नुहोस्! तपाईंले त्यस्तो कुनै नाटकीय कुरा भएको महसुस नगर्नुभए तापनि तपाईंका नातेदारहरूले तपाईं वा तपाईंका छोराछोरीले गर्ने गतिविधिमा चासो राखिरहेका हुन सक्छन्। ईश्वरतान्त्रिक सेवकाई स्कूलमा तपाईंले दिनुभएको भाषण, तपाईं उपस्थित हुनुभएको अधिवेशन, बेथेलको भ्रमण अथवा कुनै महत्त्वपूर्ण घटनाबारे बताउँदा त्यसले उनीहरूलाई यहोवा र उहाँको संगठनबारे अझ थप कुरा बताउने बाटो खोल्न सक्छ।
४. नातेदारहरूलाई साक्षी दिंदा कस्ता खतराहरूबाट हामी जोगिनुपर्छ?
४ विवेकी हुनुहोस्: नातेदारहरूलाई साक्षी दिंदा एकै पटकमा तीनथुप्रो कुरा नभन्नुहोस्। बाइबल अध्ययन गर्न थाल्दाको समय सम्झँदै एक जना भाइले यस प्रकार मानिलिए: “त्यतिखेर बाइबलबाट सिकेका प्रायः सबै कुराको घण्टौं व्याख्या गरेर मैले मेरी आमालाई धुरुक्कै बनाएको थिएँ र यसले गर्दा अक्सर विशेष गरी बुबासित मेरो निकै भनाभन पनि हुन्थ्यो।” नातेदारले बाइबलको सन्देशमा चासो देखाउँदा समेत यस्तो किसिमले जवाफ दिनुहोस् ताकि उनलाई अझ बढी जान्न मन लागोस्। (हितो. २५:७) सेवकाईमा भेटिने अपरिचित व्यक्तिहरूसित कुरा गर्दाझैं सधैं आदर, दया र धीरज देखाउनुहोस्।—कल. ४:६.
५. नातेदारहरूलाई साक्षी दिंदा उनीहरूले राम्रो प्रतिक्रिया देखाएनन् भने हामीले के गर्नुपर्छ?
५ एक चोटि येशूका नातेदारहरूले उहाँको मन ठेगानमा छैन भन्ठाने। (मर्कू. ३:२१) तथापि, पछि कोही-कोही विश्वासीहरू भए। (प्रेरि. १:१४) आफ्ना नातेदारहरूलाई सच्चाइ सुनाउने आफ्नो सुरुको प्रयास सार्थक भएन भने पनि हरेस नखानुहोस्। परिस्थिति र मनोवृत्ति परिवर्तन हुन सक्छ। उनीहरूको कौतूहलता जगाउने खालको बुँदाबारे बताउने अर्को मौका खोजिरहनुहोस्। अनन्त जीवनको बाटोमा हिंड्न उनीहरूलाई मदत गर्दा तपाईंले आनन्द प्राप्त गर्न सक्नुहुनेछ।—मत्ती ७:१३, १४.
-
-
पत्रिकाहरूबारे के भन्नेराज्य सेवकाई—२००४ | डिसेम्बर
-
-
पत्रिकाहरूबारे के भन्ने
प्रहरीधरहरा डिसे. १५
“वर्षको यस समयमा विश्वभरका मानिसहरूले विभिन्न तरिकामा येशूको जन्मलाई सम्झने गर्छन्। बाइबल भविष्यवाणीले येशूको जन्मलाई चिरस्थायी शान्तिसित जोडेको छ भन्ने कुरा के तपाईंलाई थाह थियो? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि यशैया ९:६, ७ पढ्नुहोस्।] त्यस्तो शान्ति कसरी प्राप्त हुनेछ भनी यस पत्रिकाले बताउँछ।”
ब्यूँझनुहोस्! डिसे. ८
“आज छोराछोरीले सामना गर्ने दबाबहरूसामु दृढ रहन उनीहरूलाई डोऱ्याइ चाहिन्छ भन्ने कुरामा के तपाईं सहमत हुनुहुन्न र? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि एफिसी ६:४, NRV पढ्नुहोस्।] यस पत्रिकामा अनुशासनको साँचो अर्थबारे छलफल गरिएको छ। यसमा छोराछोरीलाई निरुत्साहित नबनाईकन आमाबाबुले कसरी डोऱ्याइ प्रदान गर्न र सुधार्न सक्छन् भन्ने कुरा पनि छलफल गरिएको छ।”
प्रहरीधरहरा जन. १
“मानिसले आफ्नो छिमेकीलाई प्रेम गर्नुपर्छ भनेर अधिकांश धर्महरूले सिकाउँछन्। [मत्ती २२:३९ पढ्नुहोस्।] त्यसोभए संसारमा हुने थुप्रै युद्ध तथा झैझगडामा धर्म नै मुछिनुको कारणचाहिं के हो जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] प्रहरीधरहरा-को यस अंकले के धर्मले मानिसजातिलाई एकतामा बाँध्न सक्छ? भन्ने प्रश्नमाथि छलफल गर्छ।”
ब्यूँझनुहोस्! जन. ८
“गत २० वर्षमा एड्सबारे बुझ्ने र एड्सको उपचार गर्ने सन्दर्भमा उल्लेख्य प्रगति भएको छ। यद्यपि थुप्रै मानिसहरूलाई यसबारे अझै पनि केही थाह छैन। [“एड्सबारे गलत धारणाहरू” भन्ने पेटी देखाउनुहोस् र जवाफ दिने मौका दिनुहोस्।] यस पत्रिकामा आमाबाबुले कसरी आफ्ना छोराछोरीलाई जोगाउन सक्छन् भन्ने विषयमा छलफल गरिएको छ।” व्यवस्था ६:६, ७ पढ्नुहोस्।
-