प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g16 सङ्‌ख्या १ पृ. १६
  • घाउ निको पार्न सक्ने मानव शरीरको क्षमता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घाउ निको पार्न सक्ने मानव शरीरको क्षमता
  • ब्यूँझनुहोस्‌!—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • एक शल्यचिकित्सक आफ्नो विश्‍वासबारे बताउँछन्‌
    ब्यूँझनुहोस्‌!—२०१४
  • मुटुको रोग—जीवनलाई खतरा
    ब्यूँझनुहोस्‌!—१९९७
  • ईश्‍वरमाथि भरोसा राख्दा कस्तो फाइदा हुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • युद्धका चोटहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१६
g16 सङ्‌ख्या १ पृ. १६
एक जना चित्रकारले बनाएको रक्‍त कोषको चित्र

सृष्टि या संयोग?

घाउ निको पार्न सक्ने मानव शरीरको क्षमता

हातमा टेप लगाएको

मानव जीवन सम्भव बनाउने विभिन्‍न प्रक्रियामध्ये घाउ निको पार्न सक्ने अनि क्षति पुगेको कोषलाई नवीकरण गर्न सक्ने क्षमता एउटा हो। घाउ हुनेबित्तिकै यो प्रक्रियाले काम गर्न थाल्छ।

विचार गर्नुहोस्‌: कोषले निरन्तर काम गर्ने भएकोले निको हुने प्रक्रिया सम्भव हुन्छ। तल दिइएका बुँदाहरू विचार गरौं।

  • प्लेट्‌लेट्‌सले घाउ वरपर रगत जम्न मदत गर्छ अनि क्षति भएको रक्‍त नलीलाई पनि बन्द गरिदिन्छ।

  • सुन्‍निएको भागले सङ्‌क्रमणबाट बचाउँछ अनि घाउको कारण भएको फोहोर कुराहरू हटाइदिन्छ।

  • केही दिनमै शरीरले क्षति पुगेको कोषको ठाउँमा नयाँ कोषहरू बनाउन थाल्छ, घाउ सुकाउन थाल्छ अनि क्षति भएको रक्‍त नलीलाई सामान्य अवस्थामा ल्याउँछ।

  • अन्तमा खत बस्छ र क्षति पुगेको भाग राम्रो हुँदै जान्छ।

रगत जम्ने प्रक्रियाबाट उत्प्रेरित भएर अनुसन्धानकर्ताहरूले यस्तो किसिमको प्लास्टिक बनाउँदै छन्‌ जसमा कुनै क्षति भयो भने त्यो फेरि पहिलाकै अवस्थामा आउन सक्छ। यी प्लास्टिकहरूमा स-साना नली राखिन्छन्‌। ती नलीहरूमा दुई किसिमको रासायनिक पदार्थ हुन्छ। अनि ती नलीहरूमा क्षति पुग्नेबित्तिकै त्यसबाट रासायनिक पदार्थ बग्न थाल्छ। दुई किसिमको रासायनिक पदार्थ मिसिएपछि एक प्रकारको जेल बन्छ र क्षति भएको भागमा फैलिन्छ। त्यसले क्षति पुगेको भागहरू पुर्न थाल्छ। जेल पूरै कडा भएपछि क्षति भएको भाग पहिलेकै अवस्थामा आउँछ। एक जना अनुसन्धानकर्ताअनुसार क्षति भएको भागलाई फेरि पहिलेकै अवस्थामा ल्याउन सक्ने जुन कृत्रिम वस्तु सृजना गरिंदै छ, यो प्रकृतिमा पहिल्यै भएको कुराको नकल मात्र हो।

तपाईंलाई कस्तो लाग्छ? घाउ निको पार्न सक्ने मानव शरीरको क्षमता क्रमविकासको उपज हो या सृष्टि? (g15-E 12)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने