-
मदतको लागि पुकार्नेहरूलाई कसले छुटकारा दिन सक्छ?प्रहरीधरहरा—२०१० | अगस्त १
-
-
१९, २०. (क) भजन ७२ ले सङ्केत गरेझैं परमेश्वरको राज्यले कुन-कुन समस्या समाधान गर्नेछ? (ख) ख्रीष्टको शासनको लागि मुख्यतया कसलाई श्रेय जान्छ र त्यसले पूर्ति गर्ने कुराप्रति तपाईं कस्तो महसुस गर्नुहुन्छ?
१९ महान् सुलेमानले शासन गर्ने परमेश्वरको नयाँ संसारमा धर्मी मानिसहरूको भविष्यलाई एकछिन फेरि कल्पना गर्ने प्रयत्न गर्नुहोस्। हामीलाई यस्तो प्रतिज्ञा गरिएको छ: “देशभरि अन्न भरिपूर्ण होस्, डाँडाका टाकुराहरूमा त्यो लहलह होस्।” (भज. ७२:१६, NRV) साधारणतया पहाडका टाकुराहरूमा अन्न नफल्ने भएकोले यी शब्दहरूले पृथ्वी कत्तिको उत्पादनशील हुनेछ, त्यो कुरालाई जोड दिन्छ। सुलेमानको शासनकालमा प्रशस्त उत्पादन गर्ने “लबानोन” प्रदेशमा झैं उत्पादन हुनेछ। एकछिन सोच्नुहोस् त! त्यतिबेला कुनै खाद्यान्न अभाव हुनेछैन, कसैलाई कुपोषण हुनेछैन अनि कोही पनि भोकमरीको चपेटामा पर्नेछैनन्! सबैले “मीठा-मीठा थोकहरू” खान पाउनेछन्।—यशै. २५:६-८; ३५:१, २.
२० यी सम्पूर्ण आशिष्हरूको श्रेय कसलाई जान्छ? मुख्यतया अनन्त राजा र ब्रह्माण्डका शासक यहोवा परमेश्वरलाई। वास्तवमा, यो सुन्दर अनि मन छुने भजनको अन्तिम भागमा हामीले पनि आनन्दित भई सोरमा सोर मिलाउन सक्नेछौं: “उसको [अर्थात् राजा येशू ख्रीष्टको] नाउँ सदा रहिरहनेछ। उसको कीर्ति सूर्यझैं निरन्तर रहनेछ। र मानिसहरू उसमा आशीर्वादी हुनेछन्। सारा जातिहरूले उसलाई आशीर्वादी भन्नेछन्। परमप्रभु, इस्राएलका परमेश्वर धन्यका होऊन्, उहाँले मात्र उदेकको काम गर्नुहुन्छ। उहाँको पराक्रमी नाउँ सदासर्वदै धन्यको होस्। सारा पृथ्वी उहाँको महिमाले भरपूर होस्। आमेन, आमेन।”—भज. ७२:१७-१९. ( w10 -E 08/15)
-
-
के तपाईंकहाँ पनि कोही आएको मन पराउनुहुन्छ?प्रहरीधरहरा—२०१० | अगस्त १
-
-
के तपाईंकहाँ पनि कोही आएको मन पराउनुहुन्छ?
यस सङ्कटग्रस्त संसारमा पनि परमेश्वरबारे बाइबलमा पाइने सही ज्ञान, उहाँको राज्य र मानिसजातिका लागि उहाँको अद्भुत उद्देश्य जानेर तपाईं आनन्दित हुन सक्नुहुन्छ। यसबारे थप जानकारी वा निश्शुल्क गृह बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने कृपया यहोवाका साक्षीहरूलाई पृष्ठ ४ मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै ठेगानामा लेख्नुहोस्।
-