जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
जून ५-११
बाइबलमा पाइने अनमोल धन | यर्मिया ५१–५२
“यहोवाको प्रत्येक वचन पूरा हुन्छ”
it-2-E पृ. ३६० अनु. २-३
मादी, मादीहरू
फारससित मिलेर बेबिलोनलाई हराए। यहोवाले ईसापूर्व आठौं शताब्दीमा बेबिलोनको विरूद्धमा मादीलाई खडा गर्नेछु भनेर यशैयामार्फत भविष्यवाणी गर्नुभयो। “म मादीहरूलाई तिनीहरूका विरूद्धमा उठाउनेछु। तिनीहरूले चाँदीको पर्वाह गर्नेछैनन्, औ सुनको लालच पनि गर्नेछैनन्। जवान मानिसहरू तिनीहरूका काँडहरूले छिल्लिबिल्ली हुनेछन्।” (यशै १३:१७-१९; २१:२) यहाँ चलाइएको “मादी” शब्दले मादी र फारस दुवैलाई बुझाउँछ। पुरातन युनानी इतिहासकारहरूले पनि यी दुवैलाई बुझाउन मादी शब्द चलाउँथे। तिनीहरूले सुन चाँदीको पर्वाह गर्नेछैनन् भन्ने कुरालाई विचार गर्दा तिनीहरूको मुख्य उद्देश्य बेबिलोनमाथि विजय हासिल गर्नुथियो भन्ने प्रस्ट हुन्छ। फारसीहरूले जस्तै मादीहरू पनि प्रमुख हतियारको रूपमा धनु चलाउँथे। तिनीहरू काठबाट धनु बनाउँथे। तर कहिलेकाहीं त्यसलाई फलाम वा तामाले मोर्थे। (भज १८:३४ तुलना गर्नुहोस्) अनि गहिरो चोट पुऱ्याउन सकोस् भनेर तिनीहरूले काँडलाई खुब तिखार्थे। बेबिलोनका ‘जवान मानिसहरूलाई छिल्लिबिल्ली पार्न’ तिनीहरूले सायद यस्तै काँडहरूको प्रयोग गरेको हुन सक्छ।—यर्मि ५१:११
यर्मिया ५१:११, २८-मा बेबिलोनलाई हमला गर्नेहरूबारे बताउँदा “मादीहरूका राजाहरू” भनेको छ। राजाहरू भन्ने बहुवचनले त्यतिबेला एकभन्दा धेरै मादी राजाहरू कोरेसको अधीनमा थिए भन्ने बुझिन्छ। प्राचीन समयमा यस्तो हुनु कुनै नौलो कुरा थिएन। (यर्मि २५:२५ तुलना गर्नुहोस्) यसप्रकार मादी, फारस, एलामी र आसपासका सेनाहरू मिलेर बेबिलोनलाई आक्रमण गरे। अनि दारा नामको मादीलाई ‘कल्दीहरूको राजा नियुक्त’ गरियो। सायद फारसको कोरेसले नै तिनलाई नियुक्त गरेको हुन सक्छ।—दा ५:३१; ९:१. दारा न. १ हेर्नुहोस्।
it-2-E पृ. ४५९ अनु. ४
नाबोनिडस
रोचक कुरा नाबोनिडसको इतिहासअनुसार “कोरेसका सिपाहीहरूले युद्ध नलडिकनै बाबेलभित्र प्रवेश गरे।” ‘बाबेलका योद्धाहरूले युद्ध लड्ने छैनन्’ भन्ने यर्मियाको भविष्यवाणी ठ्याक्कै पूरा भयो।—यर्मि ५१:३०.
it-1-E पृ. २३७ अनु. १
बेबिलोन
ईसापूर्व ५३९ देखि बेबिलोनको गौरव बिस्तारै ओझेलमा पर्दै गयो। बेबिलोनले फारसी सम्राट् दारा प्रथम (हिस्तास्पिस)-को दुई पटक विद्रोह गरे तर दोस्रो पल्ट विद्रोह गर्दा भने नाश भयो। पछि बेबिलोन सहरको केही भागमा मानिसहरू बसोबास गर्न थाले। तर तिनीहरूले पनि जारसेज प्रथमको विद्रोह गरेकोले तिनले आक्रमण गरे अनि लुटे। पछि महान् सिकन्दरले बेबिलोन सहरलाई राजधानी बनाउन खोजे तर तिनको पनि ईसापूर्व ३२३ मा अचानक मृत्यु भयो। त्यसको केही वर्षपछि ईसापूर्व ३१२-मा निकेटरले बेबिलोन सहर कब्जा गरे। त्यस सहरमा भएका सारा धनमाल लुटेर तिनी सेल्युसियामा आफ्नो राजधानी बनाउनको लागि टाइग्रिस नदीको किनारातिर लागे। तर प्रथम शताब्दीसम्म यहूदीहरूको समूह अझै बेबिलोनमा थिए। किनभने पत्रुसले आफ्नो पत्रमा उल्लेख गरेझैं तिनीहरूलाई भेट्न त्यहाँ गएका थिए। (१प ५:१३) अनि शिलालेखहरूमा उल्लेख गरिएअनुसार बेबिलोनको बाल देवताको मन्दिर इस्वी संवत् ७५ सम्मै अस्तित्वमा थियो। तर चौथो शताब्दीसम्ममा यो सहर पूरै खण्डहर भइसकेको थियो। यसप्रकार बेबिलोन सहर अस्तित्वबाट मेटिएर गयो। साँच्चै! भविष्यवाणीअनुसार नै “बाबेल उजाडको ढेर” हुन गयो।—यर्मि ५१:३७.
बहुमूल्य रत्न खोजौं
it-2-E पृ. ४४४ अनु. ९
पहाड
शासकहरूलाई चित्रण गर्छ। बाइबलमा अक्सर राज्य अथवा सरकारहरूलाई बुझाउन पहाड शब्द चलाएको पाउँछौं। (दा २:३५, ४४, ४५; तुलना गर्नुहोस् यशै ४१:१५; प्रका १७:९-११, १८) बेबिलोनले थुप्रै देशहरूलाई लडाइँ गरेर उजाड पारेकाले त्यसलाई “नाश गर्ने पहाड” भनिएको हो। (यर्मि ५१:२४, २५) युद्ध लड्नेहरूको विरुद्ध यहोवाले कस्तो कदम चाल्नुहुन्छ, त्यसबारे एउटा भजनमा यसरी बताइएको छ: “शिकारले भरिएको पहाडभन्दा तपाईं महिमायुक्त र उत्तम हुनुहुन्छ।” (भज ७६:४) “शिकारले भरिएको पहाड”-ले क्रूर राज्यहरूलाई बुझाउँछ। (नहू २:११-१३ तुलना गर्नुहोस्) दाऊदले यहोवाबारे यसो भने: “तपाईंले मेरो पहाड बलियो तुल्याउनुभयो।” यसको अर्थ यहोवाले तिनको शासनलाई बलियोसँग स्थापित गर्नुभयो भन्न खोजिएको हुन सक्छ। (भज ३०:७; तुलना गर्नुहोस् २श ५:१२) पहाडहरूले राज्यहरूलाई चित्रण गर्छ भन्ने कुरालाई विचार गर्दा यसले हामीलाई प्रकाश ८:८ मा उल्लेख गरिएको “आगो सल्किरहेको ठूलो पहाड”-को अर्थ बुझ्न मदत गर्छ। आगो सल्किरहेको ठूलो पहाडले आगो जस्तै विनाशकारी शक्ति भएको शासकलाई बुझाउँछ।
it-2-E पृ. ८८२ अनु. ३
समुद्र
शक्तिशाली सेनाहरू। यर्मियाले आक्रमण गर्नेहरूको आवाज “समुद्रको गर्जनझैं छ” भनी बताउँछन्। (यर्मि ५०:४२) बेबिलोनमाथि “समुद्र” उर्लेर आउनेछ भन्नुको अर्थ मादी र फारसका शक्तिशाली सेनाहरूले तिनीहरूलाई आक्रमण गर्नेछन् भन्ने कुरा बुझ्न सक्छौं।—यर्मि ५१:४२; तुलना गर्नुहोस् दा ९:२६.
जून १२-१८
बाइबलमा पाइने अनमोल धन | विलाप १-५
“पर्खने मनोवृत्तिले सहनशील हुन मदत गर्छ”
w१२-E ६/१ पृ. १४ अनु. ३-४
‘तपाईं . . . मलाई मदत गर्न निहुरिनुहुनेछ’
दुःखको घडीमा यर्मियाले आशा मारेनन्। तिनले यहोवालाई यसो भन्दै पुकारे: “तपाईंले अवश्य पनि मलाई सम्झनुहुनेछ अनि मलाई मदत गर्न निहुरिनुहुनेछ।” (पद २०) यहोवाले तिनलाई र पश्चात्तापीहरूलाई त्याग्नुहुनेछैन भनेर तिनी ढुक्क थिए। तर सर्वशक्तिमान् परमेश्वरले के साँच्चै मदत गर्नुहुनेथियो?—प्रकाश १५:३.
यहोवाले ‘निहुरेर’ साँचो पश्चात्तापीहरूलाई मदत गर्नुहुनेछ भन्ने कुरामा यर्मिया विश्वस्त थिए। यी शब्दहरू पढ्दा यहोवा “सारा पृथ्वीमा सर्वोच्च” हुनुभए तापनि उहाँ निहुरेर आफ्ना सेवकहरूलाई मदत गर्नुभएको र तिनीहरूलाई अनुमोदन दिनुभएको चित्र मनमा आउँछ। (भजन ८३:१८) यस्तो आशाले यर्मियालाई कठिन अवस्थामा लङ्गरले जस्तै थाम्यो, तिनले सान्त्वना पाए। त्यसैकारण यहोवाले आफ्ना पश्चात्तापी सेवकहरूलाई छुटकारा दिनुहुने समयको यर्मियाले प्रतीक्षा गरे।—पद २१.
जून १९-२५
बाइबलमा पाइने अनमोल धन | इजकिएल १-५
“परमेश्वरको सन्देश सुनाउन इजकिएल रमाए”
it-1-E पृ. १२१४
आन्द्रा
आन्द्रामा खानेकुरा पचाउने काम हुन्छ। इजकिएलले देखेको दर्शनमा पाचन प्रक्रियालाई आध्यात्मिक कुरा राम्रोसित बुझेर लाभ उठाउने सन्दर्भमा उदाहरणको रूपमा चलाएको छ। त्यस दर्शनमा इजकिएललाई बेरुवा खाएर आफ्नो आन्द्रा अर्थात् पेट भर्ने (हिब्रू. मेइम) आज्ञा दिइएको थियो। यसको अर्थ तिनले बेरुवा पढेर त्यसलाई मनन गरेर आफ्नो मनमस्तिष्क भर्नु पर्थ्यो र त्यसबाट तिनले आध्यात्मिक बल पाउने थिए। अनि तिनी साहसी भई मानिसहरूलाई यहोवाको सन्देश सुनाउन सक्ने थिए।—इज ३:१-६; तुलना गर्नुहोस् प्रका १०:८-१०.