प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तपाईंको जिब्रो “करुणाले भरिएको” होस्‌
    प्रहरीधरहरा—२०१० | अगस्त १
    • १८, १९. सँगी उपासकहरूसित व्यवहार गर्दा करुणाले भरिएको बोली बोल्न किन छोड्‌नुहुँदैन?

      १८ यहोवाको उपासना गर्ने सँगी उपासकहरूसित व्यवहार गर्दा हामीले सधैं वफादार प्रेम देखाउनुपर्छ। गाह्रोसाह्रो परिस्थिति आइपर्दासमेत करुणाले भरिएको बोली बोल्न छोड्‌नुहुँदैन। इस्राएलको करुणा “बिलिजाने शीतजस्तै” भएकोले यहोवा दुःखी हुनुभयो। (होशे ६:४, ६) अर्कोतर्फ, करुणा देखाइरहँदा यहोवा प्रसन्‍न हुनुहुन्छ। त्यसैले करुणा देखाइरहनेहरूलाई उहाँले कत्ति धेरै आशिष्‌ दिनुहुनेछ, सोच्नुहोस्‌ त।

  • किन समयनिष्ठ हुने?
    प्रहरीधरहरा—२०१० | अगस्त १
    • किन समयनिष्ठ हुने?

      समयनिष्ठ हुनु अथवा समयमै पुग्नु सधैं सजिलो हुँदैन। त्यसको लागि हामीले विभिन्‍न चुनौतीको सामना गर्नुपर्ने हुन्छ। जस्तै: लामो दूरीको यात्रा, ट्राफिक जाम अनि व्यस्त तालिका। तैपनि, समयमै पुग्नु महत्त्वपूर्ण छ। उदाहरणको लागि, काम गर्ने ठाउँमा समयनिष्ठ व्यक्‍तिलाई मानिसहरू भरपर्दो र लगनशील व्यक्‍तिको रूपमा हेर्ने गर्छन्‌। अर्कोतिर, ढिलो पुग्ने व्यक्‍तिले अरूको कामलाई अनि उत्पादन तथा सेवाको गुणस्तरलाई असर गर्न सक्छ। ढिलो पुग्ने विद्यार्थीको पढाइ छुट्‌न सक्छ र त्यसले गर्दा उसको शैक्षिक उन्‍नतिमा बाधा पुग्छ। चिकित्सा वा दन्त सेवासम्बन्धी उपचारको लागि दिइएको समयभन्दा ढिलो पुग्दा सेवा पाउने व्यक्‍तिको उपचारलाई असर गर्न सक्छ।

      तर कुनै-कुनै ठाउँमा समयनिष्ठ हुनुलाई त्यत्ति महत्त्व दिंइदैन। त्यस्तो वातावरणले गर्दा हामीमा पनि ढिलो गर्ने बानी सजिलै बस्न सक्छ। यदि त्यसो हो भने समयनिष्ठ हुने इच्छा खेती गर्नु महत्त्वपूर्ण छ। समयनिष्ठ हुनुको महत्त्वलाई बुझ्यौं भने त्यसले हामीलाई समयनिष्ठ हुन पक्कै मदत गर्नेछ। समयनिष्ठ हुनुपर्ने केही कारण के-के हुन्‌? समयनिष्ठ हुनदेखि अवरोध खडा गर्ने कुराहरूलाई हामी कसरी पन्छाउन सक्छौं? अनि समयमै पुग्दा कस्ता लाभहरू पाउने आशा गर्न सक्छौं?

      यहोवा—समयनिष्ठ परमेश्‍वर

      आफूले उपासना गर्ने परमेश्‍वरको हामी अनुकरण गर्न चाहन्छौं अनि यो नै हामी समयनिष्ठ हुन चाहनुको सबैभन्दा ठूलो कारण हो। (एफि. ५:१) समयनिष्ठ हुने सन्दर्भमा यहोवाले एकदमै राम्रो उदाहरण बसाल्नुहुन्छ। उहाँ कहिल्यै ढिलो गर्नुहुन्‍न। आफ्नो उद्देश्‍य पूरा गर्न उहाँ

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने