प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 ६/१ पृ. १८-२३
  • रिस थाम्दै ‘खराबीलाई भलाइले जितिरहनुहोस्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रिस थाम्दै ‘खराबीलाई भलाइले जितिरहनुहोस्‌’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • रिसाहा संसारमा हामी बाँचिरहेका छौं
  • असल र खराब उदाहरणहरू
  • ख्रीष्टियान मनोभाव
  • सबैप्रति भला हुँदा राम्रो नतिजा हुन्छ
  • “मान्छेको सुझबुझले उसको रिस धीमा पार्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • बाइबलले रिसबारे के भन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • रिसले तपाईंलाई नपछारोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • के बदला लिनुमा कुनै खराबी छ र?
    ब्यूँझनुहोस्‌!—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 ६/१ पृ. १८-२३

रिस थाम्दै ‘खराबीलाई भलाइले जितिरहनुहोस्‌’

“हे प्रिय हो, बदला नलेओ, . . . तर खराबीलाई भलाइले जित।”—रोमी १२:१९, २१.

१, २. केही यात्री साक्षीले कस्तो राम्रो उदाहरण बसाले?

शाखा कार्यालय समर्पण कार्यक्रमको लागि ३४ जना यहोवाका साक्षीहरू यात्रा गरिरहेका थिए। इन्धन भर्न भनेर एक घण्टाको लागि रोकेको विमान यान्त्रिक गडबडीको कारण ४४ घण्टासम्म रोकियो र विमान उड्‌न ढिलो भयो। त्यहाँको एयरपोर्टमा पर्याप्त खानेकुरा, पानी र ट्‌वाइलेट थिएन। धेरै यात्रुहरू रिसले चूर भए र एयरपोर्टका कर्मचारीलाई कुटुँलाझैं गरे। तर हाम्रा भाइबहिनीहरू भने शान्त भएर बसे।

२ अन्तमा साक्षीहरू समर्पण कार्यक्रमको अन्तिम भागतिर पुगे। थकित भए तापनि तिनीहरू स्थानीय भाइबहिनीसित सङ्‌गतिको आनन्द उठाउनको लागि कार्यक्रम सकिएपछि पनि त्यहीं बसे। आफ्नो धीरज र आत्म-संयमको उदाहरण व्यर्थै गएन भनेर पछि तिनीहरूले बुझे। यात्रीहरूमध्ये एक जनाले विमान कम्पनीलाई भने: “यदि विमानमा ३४ जना ख्रीष्टियान नहुँदा हुन्‌ त विमानस्थलमा हुलदङ्‌गा मच्चिने थियो।”

रिसाहा संसारमा हामी बाँचिरहेका छौं

३, ४. (क) कसरी र कहिलेदेखि मानिसहरूलाई हिंसात्मक रिसले सताउँदै आएको छ? (ख) के कयिनले आफ्नो रिसलाई काबूमा राख्न सक्थ्यो? बताउनुहोस्‌।

३ यस दुष्ट रीतिरिवाजमा जीवनका चिन्ताहरूले मानिसहरूलाई रिसाहा बनाउन सक्छ। (व्यव. २८:३४) प्रायजसो यस्तो रिसले घृणा अनि हिंसातर्फ धकेल्छ। राष्ट्रहरूबीच र राष्ट्रहरूभित्र युद्ध भइरहेको छ अनि धेरै घरमा पारिवारिक तनावले झगडा छ। यस्तो रिस र हिंसाको इतिहास लामो छ। आदम र हव्वाको पहिलो छोरा कयिनले डाही रिसको कारण आफ्नो भाइ हाबिललाई माऱ्‍यो। यहोवाले कयिनलाई तिनका भावनाहरू वशमा राख्न आग्रह गर्नुभएको थियो र त्यसो गरेमा आशिष्‌ दिने प्रतिज्ञा गर्नुभएको थियो। तैपनि उसले त्यस्तो दुष्ट काम गऱ्‍यो।— उत्पत्ति ४:६-८ पढ्‌नुहोस्‌।

४ जन्मजातै असिद्ध भए तापनि कयिनसित त्यसबारे छनौट थियो। उसले रिस थाम्न सक्थ्यो। त्यसकारण ऊ आफ्नो हिंसात्मक कामको निम्ति पूर्णतया जिम्मेवार छ। त्यसैगरि रिस र रिसको झोकमा गरिने काम त्याग्न हाम्रो असिद्ध अवस्थाले गाह्रो बनाएको छ। साथै अरू गम्भीर समस्याहरूले गर्दा यो “आखिरी दिन”-मा दबाब थपिएको छ। (२ तिमो. ३:१) उदाहरणको लागि आर्थिक कठिनाइले हामीलाई चिन्तित बनाउन सक्छ। अर्थतन्त्रमा संकट आएकोले रिस र घरायसी हिंसा बढेको हो भनेर प्रहरी र पारिवारिक सहयोग संगठनहरू बताउँछन्‌।

५, ६. रिसप्रतिको कस्ता संसारिक मनोवृत्तिले हामीलाई असर गर्न सक्छ?

५ साथै “स्वार्थी,” “हठी” र “निष्ठूर” मानिसहरूसित हाम्रो हेलमेल भइरहने हुनाले यस्ता खराब आचरण हामीमा सजिलै विकास हुन्छ र हामीलाई रिसाहा बनाउँछ। (२ तिमो. ३:२-५) वास्तवमा चलचित्र र टिभी कार्यक्रमहरूले अक्सर बदला लिनुलाई प्रशंसनीय र आदरणीय रूपमा अनि हिंसालाई स्वाभाविक र न्यायसंगत समस्याको समाधानको रूपमा देखाउने गर्छ। कथावस्तुले दर्शकको मनमा खलनायकले “पाउनुपर्ने दण्ड” अर्थात्‌ नायकद्वारा हिंसात्मक शैलीमा मारिने दृश्‍य कहिले आउला भन्‍ने उत्सुकता जगाउँछ।

६ त्यस्तो झूटो प्रचारप्रसारले परमेश्‍वरको मार्गलाई होइन तर “संसारको आत्मा” अनि यसको रिसाहा शासक शैतानको मनोवृत्तिलाई फैलाउँछ। (१ कोरि. २:१२; एफि. २:२; प्रका. १२:१२) संसारको आत्माले असिद्ध शरीरको अभिलाषाबाट सन्तुष्टि पाउन प्रोत्साहन दिनुका साथै परमेश्‍वरको पवित्र आत्मा र यसको फलको घोर विरोध गर्छ। वास्तवमा ख्रीष्टियान धर्मको आधारभूत शिक्षाले रिसको झोकमा बदला लिनू भनेर सिकाउँदैन। ( मत्ती ५:३९, ४४, ४५ पढ्‌नुहोस्‌) त्यसोभए हामी येशूको शिक्षा कसरी अझ पूर्णतया पालन गर्न सक्छौं?

असल र खराब उदाहरणहरू

७. शिमोन र लेवीले आफ्नो रिस नथाम्दा परिणाम कस्तो भयो?

७ रिस थाम्नेबारे बाइबलमा थुप्रै सल्लाह छन्‌ र रिस थाम्दा अनि पोख्दा के हुन सक्छ भन्‍नेबारे व्यावहारिक उदाहरणहरू पनि छन्‌। बहिनी दीना बलात्कृत भएपछि याकूबका छोराहरू शिमोन र लेवीले शकेमसित बदला लिंदा के भएको थियो, विचार गर्नुहोस्‌। तिनीहरू “विचलित र क्रूद्ध भएका थिए।” (उत्प. ३४:७) त्यसपछि याकूबका अरू छोराहरूले शकेमको सहरमाथि आक्रमण गरे, लुटपाट गरे र स्त्री तथा बालबच्चालाई कैदी बनाए। तिनीहरूले यो सबै काम दीनाको कारणले मात्र होइन तर सायद आफ्नो इज्जत जोगाउन पनि गरेका थिए। तिनीहरू र बुबा याकूबको शकेमले अपमान गऱ्‍यो भन्‍ने तिनीहरूलाई लाग्यो। तर याकूबले तिनीहरूको कामलाई कसरी हेरे?

८. बदला लिने सन्दर्भमा शिमोन र लेवीको विवरणले के देखाउँछ?

८ दीनाको दुःखद्‌ अनुभवले याकूब ज्यादै शोकित भएको हुनुपर्छ। तैपनि उनले आफ्ना छोराहरूले लिएको बदलाको निन्दा गरे। शिमोन र लेवीले आफ्नो कामको सफाइ दिने कोसिस गर्दै भने: “के त्यसले हाम्री बहिनीलाई वेश्‍याजस्तै तुल्याउनु हुन्छ त?” (उत्प. ३४:३१) तर कुरा यतिकैमा सिद्धिदैन किनभने यहोवा अप्रसन्‍न हुनुभयो। धेरै वर्षपछि याकूबले शिमोन र लेवीको हिंसात्मक र रिसाएर चालेको कदमको कारण तिनीहरूका सन्तान इस्राएली कुलमा तितर-बितर हुनेछन्‌ भनेर भविष्यवाणी गरे। ( उत्पत्ति ४९:५-७ पढ्‌नुहोस्‌) हो, तिनीहरूको अनियन्त्रित रिसले गर्दा तिनीहरूले परमेश्‍वर र आफ्ना बुबाबाट अनुग्रह गुमाए।

९. दाऊद कुन बेला रिसको वशमा झन्डै परेका थिए?

९ तर राजा दाऊद बिलकुलै फरक थिए। बदला लिने थुप्रै मौका पाएको भए तापनि उनले त्यसो गरेनन्‌। (१ शमू. २४:३-७) तर एक पटक उनी रिसको वशमा झन्डै परेका थिए। नाबाल नामको धनी मानिसले दाऊदका मानिसहरूलाई बेइज्जत हुनेगरि गाली गरे जबकि तिनीहरूले नाबालको बगाल र गोठालोको सुरक्षा गरेका थिए। सायद आफ्ना मानिसहरूको अपमान गरिएको ठानेर दाऊद हिंसात्मक रूपमा बदला लिन सुरिए। जब दाऊद र उनका मानिसहरू नाबाल र तिनको परिवारमाथि जाइलाग्न जाँदै थिए तब एक जना जवानले नाबालकी बुद्धिमती पत्नी अबीगेललाई उक्‍त घटनाबारे खबर दिए र रोक्नलाई अनुरोध गरे। अबीगेल तुरुन्तै प्रशस्त उपहार लिएर दाऊदलाई भेट्‌न गइन्‌। नाबालको अपमानजनक व्यवहारको लागि तिनले नम्र भई माफी मागिन्‌ र यहोवाप्रति डर राख्न दाऊदलाई बिन्ती गरिन्‌। दाऊद होसमा आए र भने: “तिमी धन्यकी हौ, किनभने आज तिमीले मलाई हत्या र प्रतिशोधको दोषदेखि जोगायौ।”—१ शमू. २५:२-३५.

ख्रीष्टियान मनोभाव

१०. ख्रीष्टियानले बदला लिने सन्दर्भमा कस्तो मनोभाव राख्नुपर्छ?

१० शिमोन र लेवी मुछिएको घटना अनि दाऊद र अबीगेलबीचको घटनाले यहोवा अनियन्त्रित रिस र हिंसाको विरोध गर्नुहुन्छ तर शान्तिको लागि गरिएको प्रयासमा आशिष्‌ दिनुहुन्छ भनेर स्पष्ट देखाउँछ। प्रेरित पावलले लेखे: “हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो। हे प्रिय हो, बदला नलेओ, तर परमेश्‍वरको क्रोधलाई स्थान देओ, किनभने लेखिएको छ, ‘बदला लिने काम मेरो हो,’ परमप्रभु भन्‍नुहुन्छ, ‘म बदला फेर्नेछु,’ ‘तर तिम्रो शत्रु भोकाउँछ भने, त्यसलाई खुवाऊ, तिर्खाउँछ भने पियाऊ, किनभने त्यसो गर्नाले तिमीले त्यसलाई औधी लज्जित तुल्याउनेछौ। खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।’ ”—रोमी १२:१८-२१.

११. एउटी बहिनीले कसरी रिस थाम्न सिकिन्‌?

११ हामी यो सल्लाह पालन गर्न सक्छौं। उदाहरणको लागि एउटी बहिनीले प्राचीनलाई उनको अफिसको नयाँ म्यानेजरबारे गुनासो गरिन्‌। उनले म्यानेजर पक्षपाती र कठोर भएको बताइन्‌। म्यानजेरसित रिस उठेको थियो र उनी काम छोड्‌न चाहन्थिन्‌। प्राचीनले हतारमा कुनै कदम नचाल्न आग्रह गरे। बहिनीले म्यानेजरको दुर्व्यवहारप्रति रिस पोख्नाले अवस्था झनै बिग्रन्छ भनेर प्राचीनले बुझे। (ती. ३:१-३) यदि उनले अर्को जागिर पाइन्‌ भने पनि कठोरताप्रति उनको प्रतिक्रिया परिवर्तन गर्नुपर्छ भनेर ती प्राचीनले औंल्याए। म्यानेजरले जस्तो व्यवहार गरेको उनी चाहन्छिन्‌ त्यस्तै व्यवहार म्यानेजरसित गर्न प्राचीनले ती बहिनीलाई सुझाव दिए जस्तो कि येशूले हामीलाई यसै गर्न सिकाउनुभएको थियो। ( लूका ६:३१ पढ्‌नुहोस्‌) ती बहिनी कोसिस गर्न राजी भइन्‌। परिणाम? केही समयपछि ती म्यानेजर निकै दयालु भइन्‌ र बहिनीलाई कामको लागि धन्यवाद पनि दिइन्‌।

१२. मण्डली भित्रकाहरूसित समस्या हुँदा किन झन्‌ पीडा हुन्छ?

१२ यस्ता समस्या ख्रीष्टियान मण्डली बाहिरका कसैमा विकास हुँदा अचम्म मान्‍नुपर्दैन। हामीलाई थाह छ कि शैतानको संसारमा अक्सर पक्षपात हुने गर्छ र दुष्टहरूले हामीलाई रिसाहा नबनाऊन्‌ भनेर हामी लड्‌नु जरुरी छ। (भज. ३७:१-११; उप. ८:१२, १३; १२:१३, १४) तथापि मण्डलीभित्रकै कसैसित समस्या हुँदा पीडा अझै गहिरो हुन सक्छ। एउटी बहिनी यसरी सम्झन्छिन्‌: “सच्चाइमा आउँदा यहोवाका जनहरू सिद्ध छैनन्‌ भनेर स्वीकार्नु मेरो लागि सबैभन्दा ठूलो अवरोध थियो।” ख्रीष्टियान मण्डलीमा सबैले एक-अर्कालाई दयालु व्यवहार गर्छन्‌ भन्‍ने आशा गरेर हामी कसैको वास्ता नगर्ने संसारबाट निस्केर आयौं। त्यसैले सँगी ख्रीष्टियानले विशेषतः मण्डलीको जिम्मेवार व्यक्‍तिले सोच-विचारै नगरी वा ख्रीष्टियानलाई नसुहाउने पारामा व्यवहार गर्दा हामीलाई चित्त दुख्न सक्छ वा रिस उठ्‌न सक्छ। हामीलाई सायद यस्तो लाग्न सक्छ: ‘यहोवाका जनहरूमाझ कसरी यस्ता कुराहरू हुन सक्छन्‌?’ वास्तवमा यस्ता कुराहरू प्रेरितहरूका दिनमा अभिषिक्‍त ख्रीष्टियानहरूमाझ पनि हुन्थ्यो। (गला. २:११-१४; ५:१५; याकू. ३:१४, १५) हामीलाई त्यस्तै हुँदा कस्तो प्रतिक्रिया देखाउनुपर्छ?

१३. किन र कसरी हामीले समस्याको समाधान गर्नुपर्छ?

१३ ती बहिनीले भनिन्‌: “चित्त दुखाउने जोसुकैको लागि प्रार्थना गर्न सिकें। यसो गर्नु सधैं मदतकारी साबित हुन्छ।” हामीले अघि पढिसक्यौं, येशूले हाम्रो खेदो गर्नेहरूका लागि प्रार्थना गर्न सिकाउनुभयो। (मत्ती ५:४४) उसोभए हाम्रा आध्यात्मिक भाइबहिनीको लागि झन्‌ कत्ति धेरै प्रार्थना गर्नुपर्छ! आफ्नो छोराछोरीले एक-अर्कालाई माया गरून्‌ भनेर एक जना बुबाले चाहेजस्तै यहोवाले पनि आफ्ना सेवकहरूले यस पृथ्वीमा आपसमा राम्रो सम्बन्ध राखून भन्‍ने चाहनुहुन्छ। हामी भविष्यमा शान्तिपूर्वक अनि खुसीसाथ सधैं सँगै बाँच्ने जीवनको प्रतिक्षामा छौं र त्यसै गर्न अहिले यहोवा हामीलाई सिकाउँदै हुनुहुन्छ। उहाँ हामीले उहाँको महान्‌ काममा सघाएको चाहनुहुन्छ। त्यसैले समस्याको समाधान गरौं र दोषको ‘वास्ता नगरी’ एकतामा रहिरहौं। ( हितोपदेश १९:११ पढ्‌नुहोस्‌) समस्या उत्पन्‍न हुँदा हाम्रा भाइबहिनीदेखि टाढिनुभन्दा यहोवाको “बाहु”-मा सधैंभरि सुरक्षित रहेका परमेश्‍वरका जनहरूमाझ रहन एक-अर्कालाई मदत गर्नुपर्छ।—व्यव. ३३:२७.

सबैप्रति भला हुँदा राम्रो नतिजा हुन्छ

१४. शैतानको फुट ल्याउने प्रभाव विरुद्ध हामी कसरी युद्ध गर्न सक्छौं?

१४ सुसमाचार फैलाउन हामीलाई बाधा दिन शैतान र त्यसका प्रेतहरू सुखी परिवार र मण्डली फुटाउन सक्रिय भई लागेको छ। तिनीहरूलाई थाह छ भित्र-भित्रै फुट हुनु विनाशकारी हुन्छ। त्यसैले तिनीहरू फुट गराउने कोसिस गर्छन्‌। (मत्ती १२:२५) दुष्ट प्रभावविरुद्ध युद्ध गर्न हामीले पावलको यो सल्लाह पालन गर्नु बेस: “प्रभुका सेवकले झगडा गर्नु हुँदैन, तर सबैप्रति भला” हुनुपर्छ। (२ तिमो. २:२४) नबिर्सनुहोस्‌, हाम्रो युद्ध “मनिसहरूका विरुद्धमा होइन, तर . . . दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्धमा हो।” यो युद्ध जित्न “मिलापको सुसमाचार”-ले सुसज्जित हुनुका साथै आध्यात्मिक हातहतियार धारण गर्नु आवश्‍यक छ।—एफि. ६:१२-१८.

१५. मण्डली बाहिरबाट आक्रमण हुँदा हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ?

१५ मण्डली बाहिरबाट यहोवाका शत्रुहरूले शान्तिप्रिय जनहरूमाथि हिंसात्मक आक्रमण गर्छन्‌। ती शत्रुहरूमध्ये केहीले यहोवाका साक्षीहरूमाथि शारीरिक रूपमा आक्रमण गर्छन्‌। अरूले चाहिं प्रेसद्वारा वा अदालतमा हाम्रो निन्दा गर्छन्‌। येशूले आफ्ना अनुयायीहरूलाई यस्तै कुराको आशा गर्नू भन्‍नुभयो। (मत्ती ५:११, १२) यस्तो बेला हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ? हामीले कहिल्यै पनि “खराबको बदला खराब” बोल्नु वा गर्नु हुँदै हुँदैन।—रोमी १२:१७; १ पत्रुस ३:१६ पढ्‌नुहोस्‌।

१६, १७. एउटा मण्डलीले कस्तो परिक्षा सामना गऱ्‍यो?

१६ शैतानले हामीमाथि जे-जस्तो सतावाट ल्याए तापनि ‘खराबीलाई भलाइले जितेर’ हामी राम्रो साक्षी दिन सक्छौं। उदाहरणको लागि प्रशान्त टापुमा एउटा मण्डलीले स्मरणार्थ उत्सवको लागि हल भाडामा लियो। यो कुरा थाह पाएर त्यहाँको चर्चका अधिकारीहरूले आफ्ना सदस्यहरूलाई त्यो हलमा चर्चको कार्यक्रम गर्न हाम्रो स्मरणार्थ उत्सव हुने समयमै जम्मा हुनलाई भने। तर प्रहरी प्रमुखले चर्चका अधिकारीहरूलाई हाम्रो लागि हल छोड्‌न आदेश दिए। जब समय भयो हल चर्चका सदस्यहरूले भरियो र तिनीहरूको कार्यक्रम सुरु भयो।

१७ प्रहरीले बल प्रयोग गरेर हल खाली गर्न लाग्दा चर्चका अध्यक्षले हाम्रा एक प्राचीनकहाँ आएर सोधे: “आज साँझ तपाईंहरूको कुनै विशेष योजना थियो कि?” उक्‍त भाइले स्मरणार्थबारे बताए। ती व्यक्‍तिले जवाफ दिए: “ए! मलाई त थाहै भएन!” प्रत्युत्तरमा एक प्रहरीले झोकिंदै भने: “हामीले तपाईंलाई आज बिहान मात्रै भनेको होइन?” प्राचीनतिर फर्केर व्यङ्‌ग्यात्मक तरिकाले मुस्कुराउँदै चर्चका ती व्यक्‍तिले भने: “त्यसोभए अब तपाईंहरू के गर्नुहुन्छ त? हलभरि मान्छे छन्‌, हामीलाई यहाँबाट प्रहरी लगाएर लघार्ने विचार छ कि?” ती व्यक्‍तिले कुरालाई घुमाइफिराइ साक्षीहरू नै सताउनेहरू हुन्‌ जस्तो देखाए। हाम्रा भाइहरूले कस्तो प्रतिक्रिया देखाए?

१८. रिसउठ्‌दो कामप्रति हाम्रा भाइहरूले कस्तो प्रतिक्रिया देखाए र नतिजा कस्तो भयो?

१८ हाम्रा भाइहरूले चर्चलाई आधा घण्टा कार्यक्रम चलाउन दिए। त्यसपछि स्मरणार्थ सुरु गर्नु थियो। तर चर्चको कार्यक्रम तोकेको भन्दा बढी समयसम्म चल्यो। चर्चका सदस्यहरूले हल छोडेपछि स्मरणार्थ सुरु भयो। भोलिपल्ट सरकारले अनुसन्धान समितिको बैठक बोलायो। तथ्यहरू विचार गरिसकेपछि समितिले समस्याको कारण साक्षीहरू नभई चर्चको अध्यक्ष हो भनेर चर्चलाई घोषणा गर्न लगायो। उक्‍त समितिले यहोवाका साक्षीहरूलाई तिनीहरूले कठिन परिस्थिति सँभाल्न देखाएको धीरजको लागि धन्यवाद पनि दियो। ‘सबै मानिसहरूसँग शान्तिमा रहन’ ती साक्षीहरूले गरेको कोसिसले राम्रो नतिजा निकाल्यो।

१९. अर्को कुन कुराले शान्तिपूर्ण सम्बन्ध कायम गर्न मदत गर्न सक्छ?

१९ अरूसित शान्तिपूर्ण सम्बन्ध कायम राख्ने अर्को तरिका दयालु बोली बोलेर हो। दयालु बोली भनेको के हो र हामी कसरी यस्तो बोली खेती गर्न सक्छौं अनि प्रयोग गर्न सक्छौं, त्यस विषयमा यसपछिको लेखमा छलफल गरिनेछ। ( w10 -E 06/15)

के तपाईं बुझाउन सक्नुहुन्छ?

• आजको संसारका मानिसहरू किन साह्रै रिसाहा छन्‌?

• रिस थाम्दा र पोख्दाको नतिजाबारे बाइबल उदाहरणहरूले के देखाउँछ?

• सँगी ख्रीष्टियानले हाम्रो चित्त दुखाएमा कस्तो प्रतिक्रिया देखाउनुपर्छ?

• मण्डली बाहिरकाहरूले आक्रमण गर्दा हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ?

[पृष्ठ २०-मा भएको चित्र]

शिमोन र लेवी फर्के—तर रिसको झोकमा काम गरिसकेपछि

[पृष्ठ २२-मा भएका चित्रहरू]

दयालु व्यवहार देखाउँदा अरूको मनोवृत्ति कोमल हुन सक्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने