जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
मे ४-१०
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. ६७८
एदोम
(एदोम) [रातो], एदोमीहरू (एदोमीहरू)
एदोम याकुबको जुम्ल्याहा दाइ एसावलाई दिइएको अर्को नाम हो। (उत्प ३६:१) तिनले याकुबलाई रातो सुरुवाको सट्टा आफ्नो ज्येष्ठ अधिकार बेचे। त्यसैले तिनलाई यो नाम दिइयो। (उत्प २५:३०-३४) संयोगवश एसाव जन्मँदा रातो वर्णका थिए (उत्प २५:२५) अनि पछि तिनी र तिनका वंश बसोबास गरेको ठाउँको केही भाग पनि यही रङ्गको थियो।
it-1-E पृ. ५६१-५६२
हिफाजत
कुनै गोठालो वा गाईवस्तु चराउने मानिसले बगालको हेरचाह गर्ने वाचा गर्दा तिनले कानुनी आधारमा गाईवस्तुको हिफाजत गर्ने जिम्मा लिइरहेका हुन्थे। तिनले मालिकलाई ती जनावरहरू चराउने र तिनीहरूलाई चोरहरूदेखि जोगाउने ग्यारेन्टी दिइरहेका हुन्थे। त्यसो गर्न चुकेमा तिनले क्षतिपूर्ति तिर्नुपर्थ्यो। तर जङ्गली जनावरको आक्रमणजस्तै मानिसको नियन्त्रणबाहिरको कुनै घटना घट्दा तिनीमाथि दोष लाग्ने थिएन। तर त्यसको लागि तिनले प्रमाण पेस गर्नुपर्ने हुन्थ्यो, जस्तै: मारिएको जनावरको बचेखुचेको भाग। मालिकले प्रमाण जाँचेपछि तिनले हिफाजतकर्तालाई निर्दोष ठहराउन सक्थे।
यही सिद्धान्त कसैको सम्पत्तिको हेरचाह गर्ने सन्दर्भमा पनि लागू हुन्थ्यो। त्यतिमात्र होइन, परिवारमा समेत यो लागू हुन्थ्यो। उदाहरणको लागि, जेठो छोरालाई कानुनी रूपमा आफ्नो भाइबहिनीको अभिभावक ठानिन्थ्यो। त्यसैले उत्पत्ति ३७:१८-३० मा उल्लेख गरिएजस्तै अरू भाइहरूले युसुफको ज्यान लिने कुरा गर्दा जेठा दाइ रुबेनले तिनलाई बचाउन खोज्नुको कारण बुझ्न सकिन्छ। “रुबेनले यसो भन्दै युसुफलाई बचाउन खोजे: ‘त्यसको ज्यानचाहिँ नलेऔँ। . . . बेकारमा त्यसको रगत किन बगाउने? बरु त्यसलाई यही खाडलमा फालौँ, त्यसलाई मार्नचाहिँ नमारौँ।’ युसुफलाई तिनीहरूको हातबाट बचाएर बुबाकहाँ फर्काउने विचारले रुबेनले त्यसो भनेका थिए।” रुबेनले आफ्नो भाइ युसुफलाई नदेखेपछि तिनी यत्ति दुःखी भए कि तिनले आफ्नो “लुगा च्याते” अनि यसो भने: “लौ! भाइ त छैन! अब म के गरूँ?” युसुफको मृत्युको दोषबाट मुक्त हुन ती भाइहरूले युसुफलाई जङ्गली जनावरले मारेको भान पार्ने गरी प्रमाण बनाए। तिनीहरूले युसुफको लुगा बोकाको रगतमा चोपे। त्यसपछि तिनीहरूले त्यो लुगा प्रमाणस्वरूप आफ्नो बुबा याकुबकहाँ पठाए, जो कुलपिता र न्यायकर्ता थिए। याकुबले युसुफको रगताम्मे लुगा देखेर तिनी मारिएको हुनुपर्छ भन्ने निष्कर्ष निकाले अनि रुबेनलाई निर्दोष ठहराए।—उत्प ३७:३१-३३.
मे ११-१७
बहुमूल्य रत्न खोजौँ
it-2-E पृ. ५५५
ओनान
(ओनान) [मूल अर्थ “उत्पादनशील; अथाह शक्ति”]।
यहुदाले कनानी सुआकी छोरीबाट जन्माएका माइलो छोरा। (उत्प ३८:२-४; १इ २:३) यहोवाको नजरमा दुष्ट काम गरेकोले उहाँले तिनका निस्सन्तान दाइ एरलाई मृत्युदण्ड दिनुभयो। त्यसपछि यहुदाले ओनानलाई आफ्नी विधवा भाउजू तामारसित विवाह गरेर देवरको कर्तव्य पूरा गर्न भने। ओनानले छोरा जन्माएको खण्डमा त्यस सन्तानले ओनानको वंश थाम्ने थिएन बरु ऊ पहिलो सन्तानको हैसियतमा एरको उत्तराधिकारी हुने थियो। तर सन्तान नजन्मेको खण्डमा ओनान आफैले दाइको अंश पाउने थिए। त्यसैकारण आफ्नो भाउजू तामारसित सम्बन्ध राख्दा “तिनी आफ्नो वीर्य भुईँमा झार्थे।” ओनानले हस्तमैथुन गरिरहेका थिएनन् किनभने विवरणअनुसार “भाउजूसित सम्बन्ध राख्दा” तिनी आफ्नो वीर्य बाहिर झार्थे। यो वीर्यपतन गरेको मामिला हुन सक्छ किनभने ओनानले जानाजानी वीर्य तामारको योनिमा पर्न दिएनन्। तिनले आफूविरुद्ध पाप गरेका थिएनन् बरु तिनी आफ्नो बुबाप्रति अनाज्ञाकारी भएकाले, लोभी भएकाले अनि परमेश्वरले विवाहको लागि गर्नुभएको प्रबन्ध नस्विकारेर पाप गरेकाले उहाँले तिनलाई मृत्युदण्ड दिनुभयो। ओनान पनि निस्सन्तान मरे।—उत्प ३८:६-१०; ४६:१२; गन २६:१९.
मे १८-२४
बहुमूल्य रत्न खोजौँ
w१५-E ११/१ पृ. ९ अनु. १-३
के तपाईँलाई थाह थियो?
युसुफले फारोलाई भेट्नुअघि किन दाह्री खौरे?
उत्पत्तिको विवरणअनुसार फारोले विचलित पार्ने सपनाहरू देखे अनि तिनले हिब्रू कैदी युसुफलाई सपनाहरूको अर्थ खोल्न तुरुन्तै बोलाउन हुकुम गरे। यतिबेलासम्म युसुफले झ्यालखानामा केही वर्ष काटिसकेका थिए। फारोले तिनलाई तुरुन्तै हाजिर हुने आज्ञा दिए तापनि तिनी दाह्री खौरेपछि मात्र गए। (उत्पत्ति ३९:२०-२३; ४१:१, १४) लेखकले विवरणमा यस्तो सानो जानकारी पनि समावेश गर्नुले तिनीसित मिश्रीहरूको चलनसम्बन्धी राम्रो ज्ञान थियो जस्तो देखिन्छ।
प्राचीनकालका हिब्रूलगायत धेरैजसो जातिका मानिसहरू दाह्री पाल्ने गर्थे। अर्कोतर्फ “प्राचीनकालका मध्यपूर्वी राष्ट्रका मानिसहरूमध्ये मिश्रीहरूले मात्र दाह्री पाल्दैनथे,” भनी म्याकक्लिनटक र स्ट्रङको साइक्लोपीडिया अफ बिब्लिकल, थिओलोजिकल एण्ड एक्लेजियास्टीकल लिटरेचर-मा लेखिएको छ।
त्यसोभए के दाह्री मात्र खौरनु पर्याप्त थियो? बिब्लिकल आर्कियोलोजी रिभ्यु पत्रिकामा केही मिश्री परम्पराअनुसार कुनै मानिस फारोसामु हाजिर हुनुअघि तयारी गर्नुपर्थ्यो किनभने तिनीहरूको लागि त्यहाँ जानु भनेको मन्दिरमा प्रवेश गर्नुसरह थियो भनेर उल्लेख गरिएको छ। त्यसैले युसुफले आफ्नो शिरको केश र शरीरको रौँ खौरनुपर्थ्यो।
मे २५-३१
बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ४२-४३
“युसुफ आत्मसंयम देखाउँछन्”
it-2-E पृ. १०८ अनु. ४
युसुफ
युसुफका सौतेनी दाइहरूले यी घटनाहरू विचार गरेर वर्षौँअघि युसुफलाई दासको रूपमा बेचेकोले परमेश्वरले आफूहरूलाई सजाय दिँदै हुनुहुन्छ भन्ने निष्कर्ष निकाले। त्यतिबेलासम्म तिनीहरूले आफ्नो भाइलाई चिनेका थिएनन्। तिनीहरूले युसुफकै अगाडि आफ्नो गल्तीबारे कुरा गरिरहेका थिए। युसुफ तिनीहरूको कुराकानीमा पश्चात्तापको भाव झल्केको देखेर भावुक भए। तिनी त्यहाँ बस्नै सकेनन् अनि अन्तै गएर रोए। युसुफ फर्केर आएपछि सिमियोनलाई बाँध्ने आदेश दिए अनि तिनीहरूले आफ्नो कान्छो भाइलाई नल्याएसम्म उनलाई नछोड्ने कुरा बताए।—उत्प ४२:२१-२४.
बहुमूल्य रत्न खोजौँ
it-2-E पृ. ७९५
रुबेन
रुबेनले युसुफलाई सुक्खा खाडलमा फाल्नुपर्छ भनेर आफ्ना नौ जना भाइलाई मनाउँदा तिनका केही सद्गुणहरू झल्किए। पछि तिनी सुटुक्क गएर युसुफलाई त्यहाँबाट निकाल्न चाहन्थे। (उत्प ३७:१८-३०) त्यो घटना घटेको २० वर्षभन्दा लामो समय बितिसकेपछि रुबेनका यी भाइहरूले तिनीहरूलाई मिश्रको जासुसी गरेको आरोप लाग्नुको कारण तिनीहरूले युसुफसित दुर्व्यवहार गरेकोले हो भनेर तर्क गरे। तिनीहरूले युसुफविरुद्ध रचेको षड्यन्त्रमा आफू भागीदार नभएको कुर रुबेनले सम्झना गराए। (उत्प ४२:९-१४, २१, २२) दोस्रो पटक मिश्र जान लाग्दा याकुबले बिन्यामिनलाई दाइहरूसित जान दिन मानेनन्। त्यसैले रुबेनले आफ्ना दुई जना छोरालाई यसो भनेर धरौटी राखे: “उसलाई [बिन्यामिनलाई] फर्काएर ल्याइनँ भने मेरा दुई छोराको ज्यान लिनुहोस्।”—उत्प ४२:३७.