प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • परमेश्‍वरका सेवकहरूले असल बेहोरा देखाउनुपर्छ
    प्रहरीधरहरा—२००९ | नोभेम्बर १
    • १४, १५. बाइबल समयमा यहोवाका सेवकहरूले आफ्ना छोराछोरीलाई कसरी प्रशिक्षण दिन्थे?

      १४  छोराछोरीले घरैमा शिष्टता सिकेका छन्‌ कि छैनन्‌ भनी बाइबल समयका ईश्‍वरभीरु आमाबाबुले पक्का गर्थे। उत्पत्ति २२:७ मा बताइएअनुसार अब्राहाम र उनका छोरा इसहाकले आपसमा शिष्ट तरिकाले सम्बोधन गरेको कुरा विचार गर्नुहोस्‌। यूसुफले पनि आमाबाबुबाट असल प्रशिक्षण पाएको प्रमाण छ। झ्यालखानामा पर्दा सँगी कैदीसित समेत उनले शिष्ट व्यवहार गरे। (उत्प. ४०:८, १४) अधिकारमा बसेका व्यक्‍तिलाई सम्बोधन गर्ने उचित तरिका उनले सिकेका थिए भनेर फिरऊनसित गरेको कुराकानीबाट देखिन्छ।—उत्प. ४१:१६, ३३, ३४.

  • सानी केटी ठूलो मनकी
    प्रहरीधरहरा—२००९ | नोभेम्बर १
    • सानी केटी ठूलो मनकी

      ब्राजिलकी नौ वर्षकी केटीले जम्मा गरेको पैसा हालै दुई भागमा छुट्याइन्‌। एउटा भागमा लगभग ने.रू. १३८३ छुट्याइन्‌ भने अर्कोमा ने.रू. १९२१ छुट्याइन्‌। सानो भागचाहिं मण्डलीको खर्चको लागि स्थानीय राज्यभवनको अनुदान बाकसमा खसालिन्‌। अनि ठूलो भाग एउटा छोटो पत्रसहित यहोवाका साक्षीहरूको शाखा कार्यालयमा पठाइन्‌। पत्रमा उनले लेखेकी थिइन्‌: “विश्‍वव्यापी कार्यको लागि म यो अनुदान दिन्छु। सुसमाचार प्रचार गर्न संसारभरिका थुप्रै भाइबहिनीलाई मदत गर्न चाहन्छु। यहोवालाई धेरै माया गरेर म यो अनुदान दिंदैछु।”

      बुबाआमाले यी सानी केटीलाई राज्यप्रचार कार्यमा भाग लिनुपर्ने महत्त्वबारे सिकाएका छन्‌। उनीहरूले छोरीलाई ‘आफ्नो धन-सम्पत्तिले यहोवाको आदर गर्नुपर्छ’ भनेर पनि छाप पारेका छन्‌। (हितो. ३:९) यी सानी केटीले जस्तै हामी सबैले स्थानीय र विश्‍वव्यापी तवरमा राज्य गतिविधिलाई बढाउन जोसिलो भई भाग लिन सकौं! ( w09 11/15)

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने