प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwbr21 सेप्टेम्बर पृ. १-५
  • जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
  • जीवन र सेवा अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री—२०२१
  • उपशीर्षकहरू
  • सेप्टेम्बर ६-१२
  • सेप्टेम्बर २०-२६
  • अक्टोबर ४-१०
  • अक्टोबर ११-१७
  • अक्टोबर १८-२४
  • अक्टोबर २५-३१
जीवन र सेवा अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री—२०२१
mwbr21 सेप्टेम्बर पृ. १-५

जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

सेप्टेम्बर ६-१२

बाइबलमा पाइने अनमोल धन | व्यवस्था ३३-३४

“‘सधैँ थामिरहने यहोवाको बाहुलीमा’ शरण लिनुहोस्‌”

it-2-E पृ. ५१

यसुरुन

यो इस्राएललाई सम्मान गर्दै दिइएको उपाधि हो। ग्रीक सेप्टुआजिन्ट-मा यसुरुनलाई माया गर्दै बोलाउने शब्दको रूपमा प्रयोग गरिएको छ। यसले “प्यारो” भन्‍ने अर्थ दिन्छ। “यसुरुन” भन्‍ने उपाधिले इस्राएलीहरूलाई तिनीहरू यहोवासित करारमा बाँधिएका जाति हुन्‌ र तिनीहरू स्वच्छ अर्थात्‌ सोझो रहनुपर्छ भनेर सम्झाउनुपर्थ्यो। (व्य ३३:५, २६; यसै ४४:२) व्यवस्था ३२:१५ मा यसुरुन नाम व्यङ्‌ग्यात्मक तरिकामा प्रयोग गरिएको छ। इस्राएलीहरूले यसुरुन नामको अर्थअनुसार जीवन बिताउनुपर्थ्यो। तर तिनीहरू विद्रोही भए, तिनीहरूले आफूलाई बनाउनुहुने परमेश्‍वरलाई त्यागे र तिनीहरूलाई उद्धार गर्नुहुनेलाई तुच्छ ठाने।

सेप्टेम्बर २०-२६

बाइबलमा पाइने अनमोल धन | यहोसु ३-५

“कामबाट विश्‍वास देखाउँदा यहोवा आशिष्‌ दिनुहुन्छ”

it-2-E पृ. १०५

यर्दन नदी

गालिल समुद्रको दक्षिणतिर पर्ने यर्दन नदीको केही भाग लगभग १ देखि ३ मिटर (३ देखि १० फिट) गहिरो र लगभग २७ देखि ३० मिटर (९० देखि १०० फिट) चौडा छ। तर वसन्त ऋतुमा यर्दन नदी किनारासम्मै उर्लेर आउँछ र अझ धेरै चौडा अनि गहिरो हुन्छ। (यहो ३:१५) बाढी आउने समयमा विशेषगरि यरिहोनजिकै पर्ने यर्दन नदीको भागमा इस्राएलीहरूको लागि यो नदी तर्नु खतरा हुने थियो। त्यहाँको बहाब एकदमै तीव्र भएकोले हालै मात्र पनि त्यहाँ नुहाउन आउनेहरूलाई बगाएर लगेको छ। तर यहोवा परमेश्‍वरले चमत्कारपूर्ण तरिकामा यर्दन नदीलाई रोक्नुभयो र सबै इस्राएलीले सुख्खा ठाउँबाट नदी पार गरे। (यहो ३:१४-१७) शताब्दियौँपछि एलिया एलिसासित हुँदा र एकचोटि एलिसा एक्लै हुँदा यस्तै चमत्कार भएको थियो।—२रा २:७, ८, १३, १४.

अक्टोबर ४-१०

बाइबलमा पाइने अनमोल धन | यहोसु ८-९

“गिबोनीहरूको विवरणबाट सिक्न सकिने पाठहरू”

it-1-E पृ. ९३०-९३१

गिबोन

यहोसुसित गरिएका सम्झौताहरू। यहोसुको समयमा गिबोनमा हिव्वी जातिका मानिसहरू बसोबास गर्थे। तिनीहरू कनानका नाश गर्नुपर्ने सात जातिमध्ये एक थिए। (व्य ७:१, २; यहो ९:३-७) गिबोनीहरूलाई एमोरीहरू पनि भनिन्थ्यो साथै सबै कनानीलाई बुझाउन पनि कुनै-कुनै बेला एमोरीहरू भनिन्थ्यो जस्तो देखिन्छ। (२स २१:२; उत्प १०:१५-१८; १५:१६ तुलना गर्नुहोस्‌।) कनानमा बस्ने अरू जातिजस्तो नभई गिबोनीहरूले आफ्नो सहर र सेना शक्‍तिशाली भए तापनि यहोवा परमेश्‍वर इस्राएलको तर्फबाट लड्‌नुभएकोले तिनीहरू सफल हुनेछैनन्‌ भनेर बुझे। त्यसैले यरिहो र ऐ सहरको विनाशपछि गिबोनका मानिसहरूले गिलगालमा भएका यहोसुसँग शान्ति-सम्झौता गर्न प्रतिनिधिहरू पठाए। ती मानिसहरूले सम्भवतः अन्य तीन सहर कफिराह, बेरोथ र किर्यथ-येरिमको पनि प्रतिनिधित्व गरेका हुन सक्छन्‌। (यहो ९:१७) गिबोनी राजदूतहरूले आफूहरू टाढा देशबाट आएको जस्तो देखाउन तिनीहरूले पुरानो र टालटुल गरेको जुत्ता अनि थोत्रो लुगा लगाए, पुराना र टालेका मशक बोके अनि सुकेको र कक्रक्क परिसकेको रोटी बोके। यसो गर्दा तिनीहरूले इस्राएलको विजययात्रामा बाधा पुऱ्‍याउन खोजेको होइन जस्तो देखियो। तिनीहरूले मिश्र अनि एमोरी राजाहरू सिहोन र ओगको पतनमा यहोवा परमेश्‍वरको हात थियो भनेर मानिलिए। तर तिनीहरूले जानाजानी यरिहो र ऐ सहरको विनाशबारे केही उल्लेख गरेनन्‌ किनभने तिनीहरू आएको ‘टाढा देशसम्म’ यो समाचार पुगिसकेको हुँदैनथ्यो। इस्राएलका प्रतिनिधिहरूले गिबोनीहरूले देखाएका कुराहरू जाँचेर हेरेपछि तिनीहरूको कुरा पत्याए अनि तिनीहरूलाई जीवितै राख्ने वाचा बाँधे।—यहो ९:३-१५.

बहुमूल्य रत्न

it-1-E पृ. १०३०

झुन्ड्याउनु

यहोवाले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थाअनुसार केही अपराधीहरूलाई मृत्युदण्ड दिएपछि खम्बामा झुन्ड्याइन्थ्यो। तिनीहरू “परमेश्‍वरबाट श्रापित” हुन्थे र तिनीहरूको लास अरूले पनि देख्नेगरि चेतावनीको रूपमा झुन्ड्याइन्थ्यो। तर खम्बामा झुन्ड्याएको व्यक्‍तिको लास रात पर्नुअघि नै झारेर गाड्‌नुपर्थ्यो। लासलाई रातभरि खम्बामा झुन्ड्याइँदा यहोवाले इस्राएलीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुभएको देशलाई अशुद्ध पारिरहेको हुने थियो। (व्य २१:२२, २३) मृत्युदण्ड पाएको व्यक्‍ति गैर-इस्राएली भए तापनि इस्राएलीहरूले यो आज्ञा पालन गर्थे।—यहो ८:२९; १०:२६, २७.

अक्टोबर ११-१७

बाइबलमा पाइने अनमोल धन | यहोसु १०-११

“यहोवा परमेश्‍वर इस्राएलीहरूको तर्फबाट लड्‌नुहुन्छ”

it-1-E पृ. ५०

अदोनि-सेदेक

इस्राएलीहरूले प्रतिज्ञा गरिएको देश कब्जा गर्ने बेला अदोनि-सेदेक यरुसलेमका राजा थिए। यहोसुको विजययात्रालाई रोक्न अदोनि-सेदेकले यर्दनको पश्‍चिममा पर्ने अन्य साना राज्यहरूसित गठबन्धन गरे। (यहो ९:१-३) तर गिबोनमा बस्ने हिव्वीहरूले भने यहोसुसित शान्ति-सम्झौता गरे। अरू पनि शत्रुसित नमिलून्‌ भनेर अदोनि-सेदेक अरू चार जना एमोरी राजासँग एकजुट भए अनि गिबोनीहरूसित लडाइँ गर्न छाउनी हाले। यहोसुले गिबोनीहरूलाई आश्‍चर्यलाग्दो तरिकामा बचाए। एकजुट भएका सेनाले नराम्रो हार भोगेपछि पाँच जना एमोरी राजा भागेर मक्केदाहको गुफामा लुके र तिनीहरू त्यही गुफामा थुनिए। यहोसु आफैले आफ्नो सेनासामु अदोनि-सेदेक र अरू चार राजालाई मारेर खम्बामा झुन्ड्याए। तिनीहरूको लास तिनीहरू लुकेकै गुफामा फालियो र त्यो नै तिनीहरूको चिहान बन्यो।—यहो १०:१-२७.

it-1-E पृ. १०२०

असिना

यहोवाले प्रयोग गर्नुभएको। यहोवा परमेश्‍वरले आफ्नो वचन पूरा गर्न र आफ्नो असीमित बल प्रकट गर्न समय-समयमा असिना प्रयोग गर्नुभयो। (भज १४८:१, ८; यसै ३०:३०) उहाँले पुरातन मिश्रमा असिना बर्साएर सातौँ विपत्ति ल्याउनुभएको नै असिना प्रयोग गर्नुभएको पहिलो विवरण हो। ती ठूलठूला असिनाले सबै वनस्पति अनि रूखहरू नष्ट गरिदिए र घरबाहिर भएका सबै मानिस अनि जनावर मरे। तर असिनाले गोसेनमा बसोबास गर्ने इस्राएलीहरूलाई भने असर गरेन। (प्रस्थ ९:१८-२६; भज ७८:४७, ४८; १०५:३२, ३३) पछि प्रतिज्ञा गरिएको देशमा गिबोनीहरूलाई पाँच एमोरी राजाको गठबन्धनले आक्रमण गर्न आउँदा यहोसुको नेतृत्वमा इस्राएलीहरूले तिनीहरूलाई मदत गरे। त्यतिबेला पनि यहोवाले एमोरीहरूविरुद्ध ठूलठूला असिना बर्साउनुभयो। त्यसबेला इस्राएलीहरूको तरबारले भन्दा असिनाले मर्नेहरूको सङ्‌ख्या धेरै थियो।—यहो १०:३-७, ११.

बहुमूल्य रत्न

w०९-E ३/१५ पृ. ३२ अनु. ५

पाठकहरूको प्रश्‍न

बाइबलमा केही किताबबारे उल्लेख गरिएको छ र ती उपयोगी स्रोतहरू हुन्‌ भन्दैमा ती किताबहरू परमेश्‍वरको प्रेरणाद्वारा लेखिएका हुन्‌ भन्‍ने निष्कर्षमा पुग्न मिल्दैन। तर ‘परमेश्‍वरका वचनका’ लेखोटहरू उहाँले जोगाइराख्नुभएको छ र ती ‘सदासर्वदै रहिरहन्छन्‌।’ (यसै. ४०:८) यहोवा परमेश्‍वरले बाइबलका ६६ वटा किताबमा जे-जति कुराहरू समावेश गर्नुभयो, ती हामीलाई “पूर्णतया योग्य र हरेक असल कामका लागि पूर्ण रूपमा तयार” बनाउन यथेष्ट छ।—२ तिमो. ३:१६, १७.

अक्टोबर १८-२४

बाइबलमा पाइने अनमोल धन | यहोसु १२-१४

बहुमूल्य रत्न

it-1-E पृ. ९०२-९०३

गेबाल

यहोसुको समयमा इस्राएलीहरूले कब्जा गर्न बाँकी इलाकाहरूमा यहोवाले “गेबालीहरूको इलाका” पनि समावेश गर्नुभएको थियो। (यहो १३:१-५) केही आलोचकहरूले बाइबलमा एकरूपता छैन भनेर देखाउन यो कुरा पनि उठाउँछन्‌ किनभने गेबाल इस्राएलको उत्तरतर्फ (दानको लगभग १०० किलोमिटर उत्तर) पर्थ्यो र सम्भवतः इस्राएलीहरूले यो सहर कहिल्यै कब्जा गरेनन्‌। केही शास्त्रविद्‌हरू यस पदमा हिब्रू अक्षरहरू बिग्रिएका हुन सक्छन्‌ भनेर बताउँछन्‌ र मूल लेखोटमा “लेबनानसँगैको इलाका” वा ‘गेबालीहरूको सिमानासम्म’ लेखिएको हुनुपर्छ भनेर पनि बताउँछन्‌। तर यहोसु १३:२-७ मा यहोवाले गर्नुभएको प्रतिज्ञा इस्राएलीहरू वफादार रहेको खण्डमा मात्र उहाँले पूरा गर्नुहुने थियो भनेर पनि याद गर्नुपर्छ। त्यसैले अवफादार भएकोले इस्राएलीहरूले गेबाल कहिल्यै कब्जा नगरेको पनि हुन सक्छ।—यहो २३:१२, १३ तुलना गर्नुहोस्‌।

अक्टोबर २५-३१

बाइबलमा पाइने अनमोल धन | यहोसु १५-१७

“आफ्नो अनमोल सम्पत्ति जोगाउनुहोस्‌”

it-1-E पृ. १०८३ अनु. ३

हेब्रोन

इस्राएलीहरूले कनानको दक्षिणी इलाकातिर आक्रमण गर्दा तिनीहरूले हेब्रोनका राजा (सम्भवतः होहामका उत्तराधिकारी) र त्यहाँका बासिन्दाहरूलाई मारे। (यहो १०:३६, ३७) यहोसुको नेतृत्वमा इस्राएलीहरूले कनानीहरूलाई हराए तापनि उनीहरूले त्यहाँ तुरुन्तै सैन्य चौकीहरू खडा गरेनन्‌ जस्तो देखिन्छ। इस्राएलीहरू अरू ठाउँमा लडाइँ गरिरहेको बेला अनाकीहरू फेरि त्यहाँ आएर बसोबास गरेको हुनुपर्छ। त्यसैले केही समयपछि कालेबले (वा कालेबको नेतृत्वमा यहुदाको कुलका मानिसहरू) तिनीहरूसित फेरि लडाइँ गर्नुपऱ्‍यो। (यहो ११:२१-२३; १४:१२-१५; १५:१३, १४; न्या १:१०) हेब्रोन सुरुमा यहुदाको कुलको कालेबलाई दिइएको थियो र पछि त्यस सहरलाई शरणनगरको रूपमा अलग्गै छुट्ट्याइयो। त्यो सहर पुजारीहरूको लागि पनि छुट्ट्याइयो। तर “[हेब्रोन] सहरको खुला मैदान” र “वरपरका बस्तीहरू” कालेबलाई पैतृक सम्पत्तिको रूपमा दिइएको थियो।—यहो १४:१३, १४; २०:७; २१:९-१३.

it-1-E पृ. ८४८

जबरजस्ती मजदुरी

बाइबलकालीन समयमा लडाइँमा हराएका मानिसहरूलाई “जबरजस्ती मजदुरी” (हिब्रू, मास) गर्न लगाउनु सामान्य कुरा थियो। (व्य २०:११; यहो १६:१०; १७:१३; एस्त १०:१; यसै ३१:८; विला १:१) इस्राएलीहरूलाई जबरजस्ती काममा जोताउन नियुक्‍त भएका नाइकेहरूले तिनीहरूसित कठोर व्यवहार गरे। दासको रूपमा दलाइएका इस्राएलीहरूले पिथोन र रामसेसमा अन्‍न अनि सरसामान जम्मा गर्ने गोदामहरू बनाए। (प्रस्थ १:११-१४) इस्राएलीहरूले प्रतिज्ञा गरिएको देशमा प्रवेश गरेपछि यहोवा परमेश्‍वरको आज्ञा मान्दै कनानीहरूलाई धपाउनुपर्ने अनि नाश गर्नुपर्ने थियो। तर त्यसो गर्नुको साटो तिनीहरूले उनीहरूलाई जबरजस्ती मजदुरी गर्न लगाए। यसले गर्दा इस्राएलीहरू बहकिए र झूटा देवताहरूलाई पुज्न थाले। (यहो १६:१०; न्या १:२८; २:३, ११, १२) पछि राजा सुलेमानले पनि कनानीहरूका सन्तान अर्थात्‌ एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबुसीहरूलाई दास बनाए र मजदुरी गर्न लगाए।—१रा ९:२०, २१.

it-1-E पृ. ४०२ अनु. ३

कनान

हुनत धेरैजसो कनानीहरू इस्राएलीहरूसित हारेर उनीहरूको अधीनमा बस्नु परेन तैपनि “यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई पूरै देश दिनुभयो” भन्‍न सकिन्छ, “जुन देश दिन्छु भनी उहाँले तिनीहरूका पुर्खाहरूसित कसम खानुभएको थियो।” “उहाँले तिनीहरूलाई शान्ति दिनुभयो” र “यहोवा परमेश्‍वरले इस्राएलीहरूसित गर्नुभएको असल-असल प्रतिज्ञामध्ये एउटा पनि अपूरो रहेन। उहाँका सबै प्रतिज्ञा पूरा भए।” (यहो २१:४३-४५) इस्राएल वरपरका शत्रुहरू तिनीहरूदेखि त्रसित थिए र इस्राएलीहरूलाई उनीहरूदेखि खतरा थिएन। यहोवाले कनानीहरूलाई ‘अलिअलि गर्दै धपाउनेछु’ भन्‍नुभएको थियो। यसो गर्दा अचानक सुनसान भएको त्यो ठाउँमा जङ्‌गली जनावरको बिगबिगी हुने थिएन। (प्रस्थ २३:२९, ३०; व्य ७:२२) कनानीहरूसित पाङ्‌ग्रामा धारिलो हतियार जडान गरिएका रथजस्ता खतरनाक हतियारहरू थिए अनि इस्राएलीहरूले कुनै-कुनै ठाउँ कब्जा गर्न पनि सकेनन्‌। तर त्यसो भन्दैमा यहोवा आफ्नो प्रतिज्ञा पूरा गर्न चुक्नुभयो भन्‍न मिल्दैन। (यहो १७:१६-१८; न्या ४:१३) बरु विवरण हेर्ने हो भने इस्राएलीहरू अवफादार भएकोले उनीहरूले हार बेहोर्नुपरेको थियो।—गन १४:४४, ४५; यहो ७:१-१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने