प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • th अध्या. ६ पृ. ९
  • शास्त्रपद प्रयोग गर्नुको कारण प्रस्ट पार्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शास्त्रपद प्रयोग गर्नुको कारण प्रस्ट पार्ने
  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • शास्त्रपदको प्रभावकारी परिचय
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • बाइबल पदको उपयोगिता बताउनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • प्रभावकारी समापन
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • व्यावहारिकता प्रस्ट पार्ने
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
थप हेर्नुहोस्
पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
th अध्या. ६ पृ. ९

बुँदा ६

शास्त्रपद प्रयोग गर्नुको कारण प्रस्ट पार्ने

उल्लिखित शास्त्रपद

युहन्‍ना १०:३३-३६

सारांश: शास्त्रपद पढेपछि तुरुन्तै अर्को बुँदामा नजानुहोस्‌। तपाईँले पढ्‌नुभएको शास्त्रपद र जोड दिन खोज्नुभएको बुँदाबीचको सम्बन्ध श्रोताले बुझे कि बुझेनन्‌, पक्का गर्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • मुख्य शब्दहरू खुट्ट्याउनुहोस्‌। शास्त्रपद पढेपछि त्यसको जुन भाग मुख्य बुँदासित सम्बन्धित छ, त्यसैमा जोड दिनुहोस्‌। सम्बन्धित शब्दहरू दोहोऱ्‍याउनुभयो वा प्रश्‍न सोध्नुभयो भने श्रोताले मुख्य शब्दहरू खुट्ट्याउन सक्नेछन्‌।

    व्यावहारिक सुझाव

    तपाईँले शास्त्रपदको कुरा व्याख्या गर्न फरक शब्दहरू प्रयोग गर्नुभयो भने पनि श्रोताले मुख्य बुँदासित बाइबलका शब्दहरू कसरी सम्बन्धित छन्‌, सजिलै बुझ्नुपर्छ।

  • मुख्य बुँदामा जोड दिनुहोस्‌। तपाईँले शास्त्रपद पढ्‌नुको कारणबारे पहिल्यै प्रस्ट पार्नुभएको छ भने शास्त्रपदका मुख्य शब्दहरूले त्यसलाई कसरी समर्थन गर्छ, व्याख्या गर्नुहोस्‌।

    व्यावहारिक सुझाव

    शास्त्रपदको व्याख्या गर्दा बाइबल खुल्लै राख्नुहोस्‌। यसो गर्दा तपाईँले भन्‍नुभएको कुरा र भर्खरै पढ्‌नुभएको शास्त्रपदको सम्बन्ध बुझ्न श्रोतालाई सजिलो हुन्छ।

  • सरल तरिकामा बुझाउनुहोस्‌। मुख्य बुँदासित कुनै सम्बन्ध नभएको भागको व्याख्या नगर्नुहोस्‌। छलफल गरिएको विषयबारे तपाईँका श्रोतालाई के-कति थाह छ, त्यो विचार गर्नुहोस्‌। त्यसपछि शास्त्रपदको कुरा सरल र स्पष्ट तरिकामा बताउन श्रोतालाई कति जानकारी दिनुपर्छ भनेर निर्णय गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने