प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • rr पृ. १९४-१९५
  • १८क यहोवा ठूलो लडाइँको चेतावनी दिनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १८क यहोवा ठूलो लडाइँको चेतावनी दिनुहुन्छ
  • यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पुरातन इस्राएलमा
  • इस्वी संवत्‌ प्रथम शताब्दीमा
  • आधुनिक समयमा
  • “मेरो क्रोध दन्कनेछ”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • योद्धा राजा आरमागेडोनमा विजयी हुनुहुन्छ
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • “परमेश्‍वरको उपासना गर”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • परमेश्‍वरको राज्यले शत्रुहरूलाई नामेट पार्नेछ
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
rr पृ. १९४-१९५
यहोवाका भविष्यवक्‍ता

शिक्षण पेटी १८क

यहोवा ठूलो लडाइँको चेतावनी दिनुहुन्छ

बाइबलमा भविष्यमा हुने निर्णायक लडाइँबारे थुप्रै भविष्यवाणी गरिएको छ, जुन लडाइँमा यहोवा परमेश्‍वरले उहाँ र उहाँका मानिसहरूको विरोध गर्ने सबैलाई नाश गर्नुहुनेछ। तल त्यस्तै केही भविष्यवाणी उल्लेख गरिएका छन्‌। ती चेतावनीहरूबीच के-कस्ता समानता छन्‌, याद गर्नुहोस्‌ अनि यहोवाले ती चेतावनीहरू सबै मानिसले सुन्‍न पाऊन्‌ र तिनीहरूले कदम चाल्न सकून्‌ भनेर के गर्नुभएको छ, त्यो पनि याद गर्नुहोस्‌।

पुरातन इस्राएलमा

इजकिएल: ‘ “म आफ्ना सबै पहाडमा गोगविरुद्ध तरबार चलाउने आदेश दिनेछु,” ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।’—इज. ३८:१८-२३.

यर्मिया: “[यहोवा] आफैले हरेक मानिसको इन्साफ गर्नुहुनेछ अनि दुष्टहरूलाई भने तरबारले प्रहार गर्नुहुनेछ।”—यर्मि. २५:३१-३३.

दानिएल: “स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ, . . . त्यसले यी सबै राज्यलाई चकनाचुर पारिदिनेछ र तिनीहरूको नामोनिसान मेटिदिनेछ।”—दानि. २:४४.

इस्वी संवत्‌ प्रथम शताब्दीमा

येसु: “त्यतिखेर यस्तो महासङ्‌कष्ट हुनेछ, जुन संसारको सुरुवातदेखि अहिलेसम्म भएको छैन।”—मत्ति २४:२१, २२.

पावल: “येसु आफ्ना शक्‍तिशाली स्वर्गदूतहरूसित . . . प्रकट हुनुहुनेछ र ज-जसले परमेश्‍वरलाई चिन्दैनन्‌ . . . तिनीहरूसित बदला लिनुहुनेछ।”—२ थिस्स. १:६-९.

पत्रुस: “यहोवा परमेश्‍वरको दिन चोर आएझैँ आउनेछ। . . . अनि पृथ्वी र त्यहाँ गरिएका कामहरू पर्दाफास हुनेछन्‌।”—२ पत्रु. ३:१०.

युहन्‍ना: “राष्ट्रहरूलाई प्रहार गर्न [येसुको] मुखबाट लामो धारिलो तरबार निस्कन्छ।”—प्रका. १९:११-१८.

आधुनिक समयमा

बाइबल अहिलेसम्मकै सबैभन्दा धेरै भाषामा अनुवाद र वितरण भएको किताब हो

यहोवाका आधुनिक समयका सेवकहरू . . .

  • सयौँ भाषामा अरबौँ प्रति बाइबलआधारित साहित्यहरू वितरण गर्छन्‌

  • प्रचारकार्यमा प्रत्येक वर्ष करोडौँ घण्टा बिताउँछन्‌

यहोवाका साक्षीहरू एक दम्पतीलाई बाइबल अध्ययन गराउँदै

अध्याय १८ को अनुच्छेद १३, १४ मा फर्कनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने