प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwbr23 जनवरी पृ. १-२
  • जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
  • जीवन र सेवा अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री—२०२३
  • उपशीर्षकहरू
  • जनवरी १६-२२
जीवन र सेवा अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री—२०२३
mwbr23 जनवरी पृ. १-२

जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

© 2022 Christian Congregation of Jehovah’s Witnesses

जनवरी १६-२२

बाइबलमा पाइने अनमोल धन | १ इतिहास १-३

“बाइबल—काल्पनिक होइन, वास्तविक घटनाले भरिएको किताब”

w०९-E ९/१ पृ. १४ अनु. १

आदम र हव्वा—के तिनीहरू वास्तविक व्यक्‍ति थिए?

बाइबलमा पहिलो इतिहास अध्याय १ देखि ९ र लुकाको किताब अध्याय ३ मा पाइने यहुदीहरूको वंशावली विचार गर्नुहोस्‌। पहिलो इतिहासका यी अध्यायहरूमा ४८ वटा पुस्ताबारे र लुकाको अध्याय ३ मा ७५ वटा पुस्ताबारे विस्तृत रूपमा बताइएको छ। लुकाले येसु ख्रिष्टको वंशावली विवरण रेकर्ड गरेका छन्‌ अनि इतिहासको किताबमा चाहिँ इस्राएल राष्ट्रका राजा र पुजारीहरूको वंशावली पाउँछौँ। यी दुवै विवरणमा चिरपरिचित व्यक्‍तिहरूको नाम लेखिएको छ। जस्तै: सुलेमान, दाउद, याकुब, इसहाक, अब्राहाम, नुह र आदम। यी दुवै वंशावलीमा पाइने व्यक्‍तिहरू वास्तविक व्यक्‍ति हुन्‌। त्यसैले यी दुवै सूचीमा पाइने आदम पनि वास्तविक व्यक्‍ति हुन्‌ भनेर हामी पक्का हुन सक्छौँ।

w०९-E ९/१ पृ. १४-१५

आदम र हव्वा—के तिनीहरू वास्तविक व्यक्‍ति थिए?

चर्च जाने धेरैजसो मानिसलाई फिरौतीको बलिदानको शिक्षा असाध्यै मन पर्छ। यस शिक्षाअनुसार येसु ख्रिष्टले मानिसहरूलाई पापबाट मुक्‍त गर्न आफ्नो त्रुटिरहित जीवन फिरौतीस्वरूप चढाउनुभयो। (मत्ति २०:२८; युहन्‍ना ३:१६) हामी सबैलाई थाह भएकै कुरा हो, फिरौती भनेको आफूले गुमाएको वा त्यागेको कुनै कुरा फिर्ता पाउनको लागि तिरिने त्यही बराबरको मोल हो। त्यसैकारण त बाइबलमा येसुले “सबैका लागि फिरौतीस्वरूप आफूलाई अर्पण गर्नुभयो” भनिएको छ। (१ तिमोथि २:६) फिरौतीको बलिदानले गर्दा के सम्भव भयो? बाइबल यस्तो जवाफ दिन्छ: “जसरी आदमले गर्दा सबै मर्दै छन्‌, त्यसरी नै ख्रिष्टले गर्दा सबैलाई जीवित पारिनेछ।” (१ कोरिन्थी १५:२२) येसु ख्रिष्टले आज्ञाकारी मानिसहरूलाई छुटकारा दिन चढाउनुभएको त्रुटिरहित जीवन र आदमले अदनको बगैँचामा पाप गरेपछि गुमाएको त्रुटिरहित जीवनको मोल बराबर थियो। (रोमी ५:१२) त्यसैले कुरा स्पष्ट छ, यदि आदम वास्तविक व्यक्‍ति थिएनन्‌ भने ख्रिष्टले चढाउनुभएको फिरौतीको बलिदानको पनि कुनै अर्थ रहने थिएन।

बहुमूल्य रत्न

it-1-E पृ. ९११ अनु. ३-४

वंशावली

स्त्रीहरूको नाम। कहिलेकाहीँ वंशावलीमा स्त्रीहरूको नाम लेखिनुमा ऐतिहासिक कारण मुछिएको हुन्थ्यो। उत्पत्ति ११:२९, ३० मा साराईको (अर्थात्‌ सारा) नाम उल्लेख गरिनुको कारण प्रतिज्ञा गरिएको सन्तान तिनीबाटै आउने थिए, अब्राहामको अर्की पत्नीबाट होइन भनेर थियो। सोही पदमा मिल्काहबारे पनि उल्लेख गरिएको छ। किनभने तिनी इसहाककी पत्नी रिबेकाकी हजुरआमा थिइन्‌। यसबाट रिबेका पनि अब्राहामकै नातेदार थिइन्‌ भन्‍ने देखिन्छ। अनि इसहाकलाई अरू कुनै राष्ट्रकी केटीसित विवाह नगर्नू भनेर आज्ञा दिइएको थियो। (उत्प २२:२०-२३; २४:२-४) उत्पत्ति २५:१ मा अब्राहामको अर्की पत्नी केतुराहबारे बताइएको पाउँछौँ। यसबाट साराको मृत्युपछि अब्राहामले फेरि विवाह गरे भनेर देखिन्छ। साथै केतुराहबाट तिनका छोराछोरी जन्मिनुले यहोवाले ४० वर्षभन्दाअघि चमत्कारपूर्ण ढङ्‌गमा सक्रिय तुल्याइदिनुभएको तिनको प्रजनन क्षमताले अझै पनि सक्रिय थियो भनेर प्रस्ट हुन्छ। (रोमी ४:१९; उत्प २४:६७; २५:२०) यसबाट मिद्यानी र अरू अरबी कुलहरूसित इस्राएलीहरूको कस्तो नाता पर्थ्यो भनेर पनि प्रस्ट हुन्छ।

वंशावलीमा लेआ, राहेल र याकुबका उपपत्नीहरू र तिनीहरूले जन्माएका छोराहरूको नाम पनि लेखिएको छ। (उत्प ३५:२१-२६) यसबाट यहोवाले ती छोराहरूसित गर्नुभएको व्यवहारबारे बुझ्न सक्छौँ। यस्तै कारणहरूले गर्दा वंशावलीमा अरू स्त्रीहरूको नाम पनि लेखिएको छ। छोरीहरूलाई पैतृक सम्पत्ति दिइएको अवस्थामा पनि तिनीहरूको नाम वंशावलीमा लेखिएको थियो। (गन २६:३३) वंशावलीमा तामार, राहाब र रुथको नाम उल्लेख गरिनु पनि रोचक छ। यी स्त्रीहरूले मसीह अर्थात्‌ येसु ख्रिष्टको पुर्खा बन्‍ने सुअवसर पाएका थिए। (उत्प ३८; रुथ १:३-५; ४:१३-१५; मत्ति १:१-५) वंशावलीमा स्त्रीहरूको नाम लेखिएका अरू विवरणहरू १ इतिहास २:३५, ४८, ४९; ३:१-३, ५ मा पाउँछौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने