प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp20 सङ्‌ख्या २ पृ. ६-७
  • ईश्‍वरको राज्यको राजा को हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरको राज्यको राजा को हो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येसु ख्रिष्ट योग्य र आदर्श राजा
  • परमेश्‍वरको राज्य के हो? त्यो आएको चाहन्छौं भनी कसरी देखाउन सक्छौं?
    महान्‌ शिक्षकबाट सिकौं
  • परमेश्‍वरको राज्यबारे सत्य कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • येशूले परमेश्‍वरको राज्यको विषयमा सिकाएको कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • पूरै पृथ्वीमा परिवर्तन ल्याउने एउटा राज्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
wp20 सङ्‌ख्या २ पृ. ६-७
येसु एउटी वृद्धालाई निको पार्दै हुनुहुन्छ। हरेक उमेरका मानिसहरू उहाँकहाँ आउँदै छन्‌।

ईश्‍वरको राज्यको राजा को हो?

ईश्‍वरले विभिन्‍न बाइबल लेखकहरूलाई भविष्यमा यस संसारमाथि शासन गर्ने आदर्श राजाबारे थुप्रै कुरा लेख्न लगाउनुभयो। उहाँ यस्तो शासक हुनुहुने थियो:

  • ईश्‍वरले रोज्नुभएको। “मैले रोजेको राजालाई म आफैले . . . बसालेको छु। म जातिजातिका मानिसलाई तिम्रो सम्पत्ति तुल्याइदिनेछु अनि सारा पृथ्वी तिमीलाई सुम्पनेछु।”—भजन २:६, ८.

  • पुरातन इस्राएलको राजा दाउदको उत्तराधिकारी। “हाम्रो निम्ति एउटा बालकको जन्म भएको छ। हाम्रो लागि एउटा छोरा दिइएको छ। . . . तिनको शासन सबैतिर फैलँदै जानेछ र तिनको शासनकालमा सधैँ शान्ति छाउनेछ। दाउदको सिंहासनमा बसेर तिनले शासन गर्नेछन्‌। आफ्नो शासनलाई बलियो बनाएर कायमै राख्न तिनले . . . शासन गर्नेछन्‌।”—यसैया ९:६, ७.

  • बेतलेहेममा जन्मेको: “हे बेतलेहेम . . . तिमीबाट मेरो निम्ति एक जना आउनेछ, जसले इस्राएलमा शासन गर्नेछ, . . . तिनको महानता पृथ्वीको कुनाकुनासम्म फैलिनेछ।”—मिका ५:२, ४.

  • मानिसहरूले तिरस्कार गरेको र मृत्युदण्ड भोगेको: “मानिसहरूले उसलाई घृणा गरे, उसको वास्तै गरेनन्‌। . . . हाम्रो अपराधको लागि उसको शरीर छेडियो। हाम्रो पापको लागि ऊ घायल भयो।”—यसैया ५३:३, ५.

  • मृत्युबाट जीवित र महिमित पारिएको: “तपाईँले मलाई चिहानमा छोड्‌नुहुनेछैन, तपाईँले आफ्नो वफादार जनलाई खाडलमा पर्न दिनुहुनेछैन। . . . तपाईँको दाहिने बाहुलीमा रहँदा म सदा आनन्दित हुन्छु।”—भजन १६:१०, ११.

येसु ख्रिष्ट योग्य र आदर्श राजा

इतिहास केलाउने हो भने आदर्श राजामा हुनुपर्ने यी सबै योग्यता एक जना व्यक्‍तिमा मात्र पाइन्छ। उहाँ येसु ख्रिष्ट हुनुहुन्छ। एक जना स्वर्गदूतले उहाँकी आमा मरियमलाई यसो भनेका थिए: “यहोवा परमेश्‍वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। . . . उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।”—लुका १:३१-३३.

येसु पृथ्वीमा हुनुहुँदा राजा हुनुभएन। बरु उहाँले ईश्‍वरको राज्यको राजाको हैसियतमा स्वर्गबाट सम्पूर्ण मानिसजातिमाथि शासन गर्नुहुनेछ। उहाँ किन आदर्श राजा हुनुहुन्छ? पृथ्वीमा हुनुहुँदा उहाँले कस्तो व्यक्‍तित्व झल्काउनुभयो, त्यसबारे विचार गर्नुहोस्‌:

  • येसुले मानिसहरूको ख्याल राख्नुभयो। उहाँले विभिन्‍न पृष्ठभूमिका वा सामाजिक स्तरका पुरुष, स्त्री, युवा र वृद्धलाई मदत गर्नुभयो। (मत्ति ९:३६; मर्कुस १०:१६) एक जना कुष्ठरोगीले उहाँसित “तपाईँले मलाई शुद्ध पार्न सक्नुहुन्छ। तपाईँले इच्छा गर्नुभए पुग्छ” भनेर बिन्ती गर्दा उहाँ टिठाउनुभयो र उसलाई निको पार्नुभयो।—मर्कुस १:४०-४२.

  • येसुले ईश्‍वरलाई खुसी पार्ने तरिका सिकाउनुभयो। उहाँले यसो भन्‍नुभयो: “कोही पनि दुई मालिकको दास बन्‍न सक्दैन।” उहाँले हामी अरूबाट जस्तो व्यवहारको आशा गर्छौँ, तिनीहरूलाई पनि त्यस्तै व्यवहार गर्नुपर्छ भनी सिकाउनुभयो। यो सिद्धान्तलाई सुनौलो नियम भनिन्छ। साथै उहाँले ईश्‍वर हाम्रो काममा मात्र नभई हाम्रो सोचाइ र भावनामा पनि चासो राख्नुहुन्छ भनी बताउनुभयो। त्यसैले उहाँलाई खुसी पार्न हामीले आफ्नो भावनालाई काबूमा राख्नुपर्छ। (मत्ति ५:२८; ६:२४; ७:१२) येसुले हामी आनन्दित हुन चाहन्छौँ भने ईश्‍वरको इच्छा थाह पाउनुपर्छ अनि त्यसैअनुसार काम गर्नुपर्छ भनेर सिकाउनुभयो।—लुका ११:२८.

  • येसुले अरूलाई प्रेम गर्न सिकाउनुभयो। उहाँको कुरा र व्यवहारले मानिसहरूमा गहिरो प्रभाव पाऱ्‍यो। “उहाँको सिकाउने तरिका देखेर भीड छक्क पऱ्‍यो किनकि उहाँले . . . परमेश्‍वरबाट अख्तियार पाएको व्यक्‍तिले जस्तोगरि सिकाइरहनुभएको थियो।” (मत्ति ७:२८, २९) उहाँले “आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो” भनेर सिकाउनुभयो। जसले गर्दा उहाँले मृत्युदण्ड पाउनुभएको थियो, तिनीहरूको लागि पनि उहाँले यसो भनेर प्रार्थना गर्नुभयो: “हे बुबा, तिनीहरूलाई क्षमा गर्नुहोस्‌। किनकि तिनीहरू जे गर्दै छन्‌, त्यो तिनीहरू जान्दैनन्‌।”—मत्ति ५:४४; लुका २३:३४.

येसु मदतगार र दयालु हुनुभएकोले यस संसारको प्रभावशाली शासक बन्‍न पूर्णतया योग्य हुनुहुन्छ। तर उहाँले कहिलेदेखि शासन गर्न थाल्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने