जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
© 2023 Watch Tower Bible and Tract Society of Pennsylvania
जनवरी २९–फेब्रुअरी ४
बहुमूल्य रत्न
it-2-E पृ. ८०८
गिल्ला
अय्युबले घोर गिल्लाको सामना गर्नुपर्दा पनि आफ्नो सत्यनिष्ठा कायमै राखे। तर एक पटक तिनले गलत धारणा राख्न पुगे, जसको कारण तिनलाई सच्याउनुपऱ्यो। एलिहुले तिनीबारे यसो भने: “घोर अपमानलाई पानीझैँ पिउने अय्युबजस्तो त को होला र?” (अयु ३४:७, फुटनोट) अय्युबले आफ्नो कुरामा बढ्तै ध्यान दिएकोले आफू ‘परमेश्वरभन्दा धर्मी छु’ भन्ने सोचाइ राखे। (अयु ३५:२; ३६:२४) तीन जना ‘साथीले’ घोर अपमान गर्दा अय्युबलाई उनीहरूले परमेश्वरको नभई तिनकै अपमान गरेको जस्तो लाग्यो। उनीहरूले गिल्ला अनि अपमान गर्दा अय्युबले त्यो खुसीसाथ स्विकारेको जस्तो देखियो। मानौँ, पानी घटघट पिएझैँ अय्युबले अपमान र गिल्ला पिइरहेका थिए। पछि परमेश्वरले अय्युबलाई ती गिल्ला गर्नेहरूले वास्तवमा परमेश्वरबारे सत्य कुरा बोलिरहेका थिएनन् भनेर बताउनुभयो। (अयु ४२:७) इस्राएलीहरूले राजाको माग गर्दा पनि यहोवाले भविष्यवक्ता समुएललाई यसो भन्नुभएको थियो: “तिनीहरूले तिमीलाई इन्कार गरेका होइनन् बरु मलाई नै आफ्नो राजा मान्न इन्कार गरेका हुन्।” (१स ८:७) साथै येसुले पनि आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “[तिमीहरूको आफ्नै कारणले होइन तर] मेरा चेला भएकाले सबै जातिले तिमीहरूलाई घृणा गर्नेछन्।” (मत्ति २४:९) यी कुराहरू मनमा राख्यौँ भने अरूले गिल्ला गर्दा हामी सही मनोवृत्ति कायम राख्दै सहनशील हुन सक्नेछौँ र इनाम पाउनेछौँ।—लुका ६:२२, २३.
फेब्रुअरी १२-१८
बहुमूल्य रत्न
it-1-E पृ. ९९५
चिहान
रोमी ३:१३ मा प्रेषित पावलले भजन ५:९ उद्धरण गर्दै दुष्ट अनि छली मानिसहरूको “घोक्रो खुला चिहान हो” भनेर बताए। जसरी खुला चिहान मरेका मानिसहरूको लास र अशुद्ध कुराहरूले भरिएको हुन्छ, त्यसरी नै ती दुष्टहरूको मुखबाट निस्कने बोली पनि हानिकारक अनि भ्रष्ट कुराहरूले भरिएको हुन्छ।—मत्ति १५:१८-२० तुलना गर्नुहोस्।
फेब्रुअरी २६–मार्च ३
बाइबलमा पाइने अनमोल धन | भजन ११-१५
परमेश्वरले ल्याउनुहुने शान्तिमय नयाँ संसारमा आफू पनि भएको कल्पना गर्नुहोस्
wp१६.४-E पृ. ११
के हिंसाविनाको संसार सम्भव छ?
परमेश्वरले यस संसारबाट हिंसा हटाउनुहुनेछ भनेर बाइबल बताउँछ। हिंसाले भरिएको यस संसारका “भक्तिहीन मानिसहरूको न्याय र विनाश हुने दिन” नजिकिँदै छ। (२ पत्रुस ३:५-७) त्यसपछि कसैले पनि हिंस्रक मानिसहरूबाट दुःख भोग्नुपर्ने छैन। परमेश्वरले हिंसालाई पूर्णतया हटाउनुहुनेछ भनेर हामी किन ढुक्क हुन सक्छौँ?
बाइबल भन्छ: “हत्याहिंसा मन पराउनेलाई [परमेश्वर] घृणा गर्नुहुन्छ।” (भजन ११:५) उहाँ न्याय अनि शान्ति मन पराउनुहुन्छ। (भज ३३:५; ३७:२८) त्यसैले उहाँ हिंस्रक मानिसहरूलाई कहिल्यै पनि सहनुहुन्न।