गीत ४२
परमेश्वरको सेवकको प्रार्थना
छापिएको संस्करण
१. हे यहोवा परमप्रभु महा,
होस् है तिम्रो नाउँको सदा अर्चना।
बन्न सक्छौ जे पनि तिमी।
आओस् राज्य गर्छौँ सधैँ बिन्ती।
छाओस् खुसीको लाली।
देख्न पाऔँ त्यो शान्ति।
२. धन्यवाद छ हे दयालु बुबा।
हरदिन दिन्छौ हामीलाई असल कुरा।
हौ जीवन र ज्ञानका मूल तिमी।
पायौँ तिमीबाट ज्ञान र बुद्धि
हे याह छौँ आभारी।
सुन हाम्रो यो बिन्ती।
३. संसारमा छ दुःख र निराशा।
तिमीमा छ हाम्रो सारा भरोसा।
बिसाउँछौँ यो भारी तिमीमा।
अघि बढ्नलाई देऊ बल र इच्छा।
गर्छौँ यो बिन्ती सदा
गर्नलाई वाचा पूरा।
(भज. ३६:९; ५०:१४; युह. १६:३३; याकु. १:५ पनि हेर्नुहोस्)